काठमाडौं- सरकारी स्वामित्व रहेको कृषि विकास बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर दिने भएको छ।
बैंकको साधारणसभा र बोनस प्रयोजनका लागि माघ १५ गतेदेखि सेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ। तसर्थ माघ १४ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले साधारणसभामा सहभागिता जनाउने पाउनेछन्।
बैंकले माघ २९ गते ११औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकले चुक्ता पुजी ७ अर्ब ८ करोड ७६ लाख ८० हजार रुपैयाँको २० प्रतिशतले हुन आउने १ अर्ब ४१ करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्न लागेको हो।
त्यस्तै साधारणसभाले कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।