काठमाडौं– उद्यमी मनिष अग्रवालको निधन भएको छ। ब्लड क्यान्सरबाट पीडित अग्रवालको ४५ वर्षको उमेरमा आइतवार विहान भारतको राजधानी दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको हो।
अग्रवाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्य तथा निर्यात प्रवद्र्धन समितीका सभापति थिए। सुगर मिल, प्लास्टिक उद्योग, मेडिकल कलेज, घ्यू÷ तेलमका उद्योगमा लगानी गरेका उनी महासंघको रोजगारदाता परिषद्को सभापति भएर समेत काम गरेका थिए।
अग्रवालको निधनप्रति व्यवसायीहरुले दुःख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।