काठमाडौं- सानिमा बैंकले चालु आर्थिक वर्ष २०७४/०७५ को दोस्रो त्रैमासिकमा खुद मुनाफा ३२ दशमलव ५१ प्रतिशतले बढाएको छ। बैंकले ८२ करोड ४७ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको पुसमा बैंकको नाफा ६२ करोड २४ लाख रुपैयाँ थियो।
बैंकले १ अर्ब २४ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ। जुन गत वर्षभन्दा ३० दशमलव ६२ प्रतिशतले बढी हो।
त्यस्तै, खुद ब्याज आम्दानीमा २२ दशमलव १७ प्रतिशत बढाएर १ अर्ब ३३ करोड रुपैयाँ कमाएको छ। गत वर्ष आम्दानी १ अर्ब ९ करोड रुपैयाँ थियो। बैंकले ६८ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६० अर्ब ५२ करोड रुपैयाँ ऋण लगानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा ३ दशमलव शून्य ९ रुपैयाँले घटेर २० रुपैयाँ ५६ पैसा पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १ सय २३ रुपैयाँ ५८ पैसा छ। पुसको अन्तिम दिन सेयर बजारमा बैंकको मूल्य प्रतिसेयर ३ सय ४० रुपैयाँ थियो। बैंकको पुँजी कोष अनुपात १३ दशमलव ४२ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।