काठमाडौं- सिद्धार्थ बैंकको चालु आर्थिक वर्ष २०७४/०७५ को दोस्रो त्रैमासिकमा खुद मुनाफा ६ दशमलव ४४ प्रतिशतले बढेको छ। ७ अर्ब ५ करोड ६५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले ७७ करोड २८ लाख रुपैयाँ नाफा गरेको हो। गत वर्ष दोस्रो त्रैमासिकमा बैंकले ७२ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको सञ्चालन मुनाफा भने शून्य दशमलव ५३ प्रतिशतले घटेको छ। बैंकले अघिल्लो वर्षको दोस्रो त्रैमासमा ८७ करोड १५ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने अहिले यो रकम घटेर ८६ करोड ६९ लाख रुपैयाँमा झरेको छ।
बैंकको व्याज आम्दानी १ अर्ब ३९ करोड रुपैयाँ छ। जुन गत वर्षभन्दा ६ दशमलव ९ प्रतिशतले बढी हो।
बैंकले ८५ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिमा ७४ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी थियो।
बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६४ पैसा छ। पुँजी कोष अनुपात १२/४२ प्रतिशत छ। निस्क्रिय कर्जा १ दशमलव ५ प्रतिशत छ भने खराब कर्जा पनि १ दशमलव ५ प्रतिशत नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।