• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

तराईको 'कम्बल राजनीति' : जस लिन खोज्नेहरुका कारण शीतलहर पीडितको कन्तबिजोक!

64x64
नेपाल लाइभ आइतबार, माघ ७, २०७४  ११:१८
1140x725

राजविराज– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव गत पुस २९ मा आफ्नो निर्वाचन क्षेत्र सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ स्थित दलित बस्तीमा कम्बल वितरण गरेर काठमाडौं फर्किए।

करिब १ सय ५० मुसहर परिवारलाई कम्बल दिँदै गर्दा ‘पाहुनाका लागि साँचेर नराख्न र यही जाडोमा उपयोग गर्न’ उनले सुझाव दिए। जनप्रतिनिधि भएका कारण उनको यो सुझावमा मानवीयता स्पष्ट झल्कियो। राहत सामग्री पाउने अधिकांशले न्यानो कपडा पाहुनाका लागि भन्दै साँचेर राख्दा आफैं चिसोको चपेटामा पर्ने गरेको अवस्था बुझेर यादवले त्यसरी सुझाएका हुन्।

यति भन्दै गर्दा उनले कम्बल वितरणको जस लिन पनि छुटाएनन्। सरकारी राहतको भ्रम नपरोस् भन्ने उद्देश्यले त्यसलाई स्पष्ट पार्न उनले उद्घोषकतर्फ संकेत गरे। पार्टीका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले कम्बल बाँड्नुपूर्व ‘यो राहत सामग्री सरकारले दिएको होइन, माननीयको तर्फबाट हो’ भनेर प्रस्ट्याए।

चिसोले मान्छेको मृत्यु हुन थालेपछि माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले पनि माघ २ मा जिल्लाका विभिन्न स्थानमा गरी १ सय ५० कम्बल र १ सयको हाराहारीमा ज्याकेट वितरण गर्‍यो। धनुषामा माओवादी केन्द्रका नेता मातृका यादव तथा नेकपा एमालेका नेता रघुवीर महासेठ लगायतका नेता पनि कम्बल वितरणमा अग्रपंक्तिमै देखिए। युवा संघ नेपालले पनि शीतलहरबाट प्रभावित सिरहा, महोत्तरी र सप्तरीमा लत्ताकपडा र कम्बल लगायतका सामग्री वितरण गर्दै छ। 

सप्तरी, सिरहा लगायत तराईका जिल्लामा शीतलहर पीडितलाई कम्बल र न्यानो कपडा वितरण कार्य जारी नै छ। यति मात्रै होइन, विभिन्न निकायले पनि तराईका जिल्लामा जस लिन कम्बल राजनीति सुरु गरेको जानकारहरु बताउँछन्।

‘सिंगो परिवारमा एउटा कम्बल बाँडेर जस लिन खोज्नेहरुका कारण पीडितहरु झन् समस्यामा छन्’, उनीहरु भन्छन्, ‘यो त समस्याबाट राज्यको ध्यान हटाउने काम मात्रै भइरहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

शीतलहरका कारण यतिबेला सिंगो तराई आक्रान्त छ। दिनदिनै चिसो बढेपछि जनजीवन कष्टकर भएको छ भने कठ्यांग्रिएर मृत्यु हुनेको संख्या सप्तरीमा मात्रै २४ नाघेको छ। बालबालिका, वृद्धवृद्धा तथा अशक्तहरु शीतलहरको चपेटामा परेका छन्। झुप्रोभित्रको परालको ओछ्यान र सुकुलको ओढ्नेले चिसो थेग्न नसक्दा कतिपय भूमिहीन र सुकुम्बासीको कन्तबिजोक छ।

यस वर्ष पुसको दोस्रो सातादेखि सुरु भएको शीतलहर तराईका जिल्लामा नौलो विषय होइन। जगजाहेर छ–पुसको सुरुवातसँगै हरेक वर्ष शीतलहर सुरु हुन्छ र मान्छेको जीवन हर्छ। सरकारी निकाय, राजनीतिक दल, गैरसरकारी संघ–संस्था र जनताका प्रतिनिधिले यो विषय नबुझेका पनि होइनन्। तर, शीतलहरलाई नियमित मौसमको असरका रुपमा बुझेर यसको असर न्यूनीकरण गर्नेतर्फ पहल नहुँदा परिणाम भने हरेक वर्ष अकल्पनीय हुने गरेको छ।

वर्षका १० महिना कानमा तेल हालेर बस्ने अनि शीतलहर सुरु हुनासाथ दौडादौड गर्ने एकप्रकारको संस्कार तराईमा प्रसस्त देख्न पाइन्छ। राजनीतिक दल, जनप्रतिनिधि, सरकारी कर्मचारी, एनजिओकर्मी, सेना, प्रहरी, समाजसेवी यो दौडमा संलग्न हुन्छन्। शीतलहरबाट गरिब, विपन्न जनतालाई जोगाउने दीर्घकालीन उपाय खोज्ने, जनचेतना जगाउने जस्ता काममा फिटिक्कै ध्यान नदिने राजनीतिक दलका नेताहरु जाडोमा केही थान कम्बल बोकेर आफ्नो उपस्थिति जनाउँदै आएका छन्।

यस्ता क्षणिक गतिविधि हेर्दा लाग्छ, उनीहरुका लागि समाचारमा छाउनु, फोटा छापिनु र स्थानीय जनताबीच चर्चा हुनु नै ठूलो उपलब्धी हो। समस्याको समयमै समाधान नखोज्ने अनि राहत छरेर जस लिन खोज्ने यही प्रवृत्तिका कारण शीतलहर, आगलागी, बाढी लगायतका प्रकोपले बर्सेनि तराईबासीलाई रुवाएर जाने गरेको अधिकारकर्मी मनोहर पोखरेलको बुझाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फितलो पूर्वतयारी

पुस २४ मा बसेको दैवी प्रकोप व्यवस्थापन समितिको बैठकले सप्तरीबासीलाई शीतलहरबाट जोगाउन कम्बल तथा लुगा व्यवस्थापनका लागि एनजिओ र दातृ निकायलाई गुहार गर्‍यो। जिल्ला वन कार्यालयलाई दाउरा व्यवस्थापन र जनस्वास्थ्यलाई सम्बन्धित ठाउँमा स्वास्थ्य टोली खटाउन निर्देशन जारी गर्यो। समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गर्नु पूर्व नै शीतलहरबाट १७ जनाले ज्यान गुमाइसकेका थिए।

‘शीतलहरका कारण सप्तरीमा बर्सेनि दुई दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाउने गरेको स्वीकार गर्ने सरोकारवाला निकाय यति गैरजिम्मेवार कसरी भए?’ सर्वसाधारणको मनमा यतिबेला उठेको प्रश्न हो यो।

प्रश्नको एकमुष्ट उत्तर पनि समितिको निर्णय नै हो, ‘सरोकारवाला निकायसँग न त शीतलहरबाट प्रभावित हुनेहरुको यकिन विवरण छ, न त समस्या आइपर्दा अपनाउने अपतकालीन व्यवस्था।’ यो कुरा सरोकारवालाहरु आफैं पनि स्वीकार गर्छन्। रेडक्रस सोसाइटीका सभापति जोगेन्द्र भगत भन्छन्, ‘पूर्वतयारी हुँदै नभएको चाहिँ होइन, प्रभावकारी नभएको चाहिँ हो।’

यता, जिल्लामा कम्बल बाँड्नेको तँछाड–मछाड छ, तर त्यसको हिसाब कसैसँग छैन। सप्तरीमा विभिन्न दातृसंस्थाको १३ हजार र दैवी प्रकोप व्यवस्थापन समितिको २ हजार गरी करिब १५ हजार कम्बल बाँडिसकेको प्रमुख जिल्ला अधिकारी पाण्डेय बताउँछन्।

तर, कम्बल कसले पायो भन्ने विवरण समितिसँग पनि छैन। ‘सबै क्षेत्रबाट आएका कम्बल ओछ्याउँदै जाने हो भने राजमार्ग तयार हुन्छ,’ पीडितहरु नै गुनासो गर्दै भन्छन् ‘तर, वितरण प्रणाली र वास्तविक पीडितको पहिचान हुन नसक्दा कहाँ गयो, गयो१’ यो प्रक्रियाले वास्तविक पीडितको उद्वार र समस्याको समाधान दुवै नहुने उनीहरुको तर्क छ।

पूर्वतयारी नहुँदा समिति आफैंले भने शीतलहर पीडितका लागि माघ ३ देखि मात्रै कम्बल वितरण सुरु गरेको छ। माघ ३ कै बैठकपछि १८ वटै स्थानीय तहमा ९ सय ५० वटा कम्बल पठाइएको बैठकका सहभागीले बताए। यसअघि वितरण नभएका स्थानलाई मापदण्ड बनाएर कतै बढी र कतै कम कम्बल पठाइएको उनको भनाइ छ।

सप्तरीमा विपद व्यवस्थापनका लागि पूर्वतयारी हुँदै नभएको भने होइन। युनिसेफ, अक्सफाम जिबी, क्यारिटास, सेभ द चिल्ड्रेन लगायतका संस्थाको सहयोगमा विभिन्नखाले योजना बनाउनेदेखि उद्दारका लागि अभ्यास गर्ने काम पनि हुँदै आएका छन्। रकम पनि प्रसस्तै खर्च हुने गरेको छ। यसका अलावा स्थानीय निकायले पनि कुल बजेटको ५ प्रतिशत रकम विपद् व्यवस्थापनका लागि छुट्याएको छ। तर, व्यवहारमा भने त्यसको उपलब्धि देखिएको छैन।

प्रकाशित मिति: आइतबार, माघ ७, २०७४  ११:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्