काठमाडौं- यो साता धितोपत्र बजारमा एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्चेन्जका अनुसार कुल १ सय ७० कम्पनीको २४ लाख ६१ हजार ६ कित्ता सेयर कारोबार भएको छ।
कारोबार रकम गत साताको भन्दा ३५ दशमलब ९८ प्रतिशत कम हो। गत साता १ सय ७४ कम्पनीको एक अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरका ४१ लाख पाँच हजार २१० कित्ता सेयर खरिद-बिक्री भएका थिए।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलब ५८ अंकले घटेर अन्तिम दिन १४०६ दशमलब ५२ अंकमा पुगेको छ। यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ।
नेप्से परिसूचक साताको पहिलो दिनको तुलनामा पाँच दशमलब ३४ अंकले घटेर २९६ दशमलब ८६ अंकमा आइपुगेको छ। यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ। सो कम्पनीको रु १९ करोड आठ लाख १० हजार बराबरको शेयर कारोबार भएको थियो।
कारोबार रकमका आधारमा सानिमा हाइड्रोपावर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा थिए।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो। यस साता ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार नभएको स्टकले जनाएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।