complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सप्तरीमा धान उत्पादन बर्सेनि घट्दै, खेती गर्नेभन्दा पासपोर्ट बोक्ने धेरै

64x64
नेपाल लाइभ शनिबार, माघ ६, २०७४  १३:३४
1140x725

राजविराज– सप्तरीमा धान उत्पादन बर्सेनि घट्न थालेको छ। जिल्ला कृषि विकास कार्यालय सप्तरीको तथ्यांक अनुसार विगत ४ वर्षदेखि जिल्लामा लगातार धान उत्पादन घट्दो क्रममा छ।

कुल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये यस वर्ष ५४ हजार ५ सय हेक्टरमा धान बाली लगाइएको थियो। रोपाइँको समयमा पर्याप्त सिँचाइ नहुँदा ७ हजार हेक्टर जमिन बाँझै रह्यो। रोपाइँ भएको धानबाली समेत साउनको दोश्रो र तेस्रो साताको बाढीले पुरेपछि कतिपय किसानले धानबाली उठाउनै पाएनन्।

करिब ८ हजार ५ सय हेक्टर धानबाली बाढीले बगाएको र बाँकी रहेको बालीवाट किसानले कुल १ लाख ४९ हजार ८ सय ७५ मेट्रिकटन धान उत्पादन गरेको जिल्ला कृषि विकास कार्यालय सप्तरीले जनाएको छ। यस वर्ष सरदर २ दशमल ७५ मेट्रिकटन प्रतिहेक्टरका दरले धान उत्पादन भएको कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिए।

सप्तरीमा धानबालीमा क्षति भएको र उत्पादन घटेको यो पहिलो वर्ष भने होइन। कृषि विकास कार्यालयको तथ्यांक हेर्दा हरेक वर्ष धानको उत्पादकत्व घट्दो दरमा छ। आर्थिक वर्ष ०७०/०७१ र ०७१/७२ मा जिल्लामा औसत ३ दशमलव ५ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो। आव २०७३/०७४ उत्पादकत्व घटेर २ दशमलव ५ मैट्रिकटन प्रतिहेक्टरमा पुगेको कार्यालयले जनाएको छ।

‘धान उत्पादनको यो दर अत्यन्तै निरासाजनक हो,’ कृषि विकास अधिकृत यादव भन्छन्, ‘खेती प्रणालीलाई वैज्ञानिकीकरण गर्दै सिँचाइ, मल लगायत आवश्यक व्यवस्था गर्न सके सप्तरीमा धान उत्पादनको दर प्रतिहेक्टर ४ देखि ५ मेट्रिकटनसम्म पुर्‍याउन सकिन्छ।’ 

रोपाइँको समयमा सिँचाइ अभाव, त्यसपछिको बाढी अनि पानीको आवश्यक पर्ने समयमा लगातार खडेरी पर्दा धानको उत्पादन घट्दै गएको उनी बताउँछन्। हरेक वर्ष सिँचाइ प्रणालीमा कुनै न कुनै समस्या आउने, समयमा वर्षा नहुने र विभिन्न विकल्प अपनाएर रोपाइँ गरिहाले पनि मल–खादको समस्या तथा बाढी र खडेरीका कारण उत्पादनमा असर गर्ने समस्याले सप्तरीका किसान पीडित छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सप्तरीमा ५६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनलाई सिञ्चित क्षेत्र मानिन्छ। जिल्लामा चन्द्रनहर, कोसी पश्चिमी नहर र कोसी पम्पनहर प्रणाली गरी तीन वटा ठूला सिँचाइ प्रणाली र ग्रामीण पूर्वाधार विकास कार्यक्रम तथा सिँचाइ सेक्टर अन्तर्गतका अन्य साना–तिना सिँचाइ पूर्वाधार पनि छन्। तर, अधिकांश सिँचाइ प्रणालीको अवस्था जीर्ण र अस्तव्यस्त हुँदा हरेक वर्ष सिँचाइ अभावकै कारण १० देखि ४० हजार हेक्टरसम्म खेतीयोग्य जमिन बाँझो रहन्छ। 

कृषि विकास कार्यालयकै तथ्यांक अनुसार आर्थिक वर्ष ०७०/०७१ मा ६० हजार २ सय हेक्टर, ०७१/०७२ मा ४२ हजार हेक्टर र ०७२/०७३ मा ३२ हजार ९ सय हेक्टरमा मात्रै धान बाली लगाइएको थियो। यसरी हेर्दा आव ०७०/७१ मा ९ हजार ८ सय हेक्टर,०७१/०७२ मा २८ हजार हेक्टर र ०७२/०७३ मा ३७ हजार १ सय हेक्टर जमिन बाँझो रहेका कारण पनि उत्पादन घटेको कृषि विकास कार्यालयले जनाएको छ।

धान उत्पादनमा कमि आउन थालेपछि सप्तरीका किसान निरास छन्। खासगरी जिल्लाको पश्चिम–दक्षिण भेगका किसानहरु खडेरीको मारमा पर्ने गरेका छन् भने भने पूर्वी र दक्षिणी भेगका किसानलाई हरेक वर्ष बाढीले सताउने गरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘सिँचाइ सुविधा छैन, समयमा वर्षा पनि हुँदैन। जसोतसो रोपेको धान पनि कि त बाढीले लान्छ, कि त खडेरीले डढाउँछ,’ राजविराज–१३, भेल्हीका वल्लीप्रसाद यादव भन्छन्, ‘अब त खेतीप्रतिको मोह नै हरायो।’

अनेक समस्या खेपेर लगाइएको धानखेतीबाट सन्तोषजनक उत्पादन नभएपछि पछिल्लो पुस्ताले खेती गरेर जिविका चलाउने सोच नै परिवर्तन गरेको उनको बुझाइ छ। ‘गाउँका युवा खेती गर्नुभन्दा पासपोर्ट बनाउन अघि सर्छन्,’ यादवले थपे, ‘श्रम गर्न सक्ने युवा विदेशिन लालायित भएपछि कसको भरमा खेती गर्नु? खेती गर्नेभन्दा पासपोर्ट बोकेर बिदेशिने धेरै भएपछि खेती त बाँझो हुने नै भयो।’

खेती प्रणालीमा देखिएका समस्याको समाधान, उत्पादनको उचित मूल्य र बजारीकरण तथा खेतीमै आत्मनिर्भर बन्न सक्ने वातावरण तयार नभए विस्तारै खेतीयोग्य जमिन बाँझै रहने र जीवन निर्वाहका लागि विदेशी भूमिमै पुग्नुपर्ने वाध्यताले सप्तरीलाई गाँज्ने यस क्षेत्रका जानकारहरु बताउँछन्।

प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्