फुजोउ/हाङजोग (चीन)- तलिम नामक आँधीका कारण चीनको फुजीआन र जेजिआङ प्रान्तबाट २ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन्।
यस क्षेत्रमा आएका यो १८ औँ आँधी भएको बताइएको छ। सो आँधी चीनको दक्षिणपूर्वी तटीय क्षेत्रतर्फ गइरहेको छ।
चीनको प्रान्तीय मौसम विज्ञान विभागका अनुसार तलिम १८० देखि २ सय किलोमिटर प्रति घन्टाको दरले आगामी दुई दिनसम्म आउने अनुमान गरिएको छ।
चीनको राष्ट्रिय मौसम निरीक्षणले बुधबार गरेको घोषणा अनुसार उत्तर-पश्चिमतर्फ सरेको यस आँधीले जेजीआङमा बिहीबार रातिबाट शुक्रबार बिहानसम्म भूस्खलनको सम्भावना रहेको छ।
आँधीका कारण १ लाख २० हजार व्यक्ति सुरक्षित स्थानतर्फ लगिएको र त्यसैगरी २० हजारलाई फुवीआनको शरणार्थी स्थलका लागि लगिएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।