• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

हिउँको गाउँ : रोमाञ्चक दृश्य, कठिन जिन्दगी (फोटो फिचर)

64x64
नेपाल लाइभ शनिबार, माघ ६, २०७४  ०८:१२
1140x725

एजेन्सी– संसारको कुनै एक गाउँ, जसको चिसो भन्ने शब्दसँग सम्बन्ध त छ तर लेनदेन छैन। हिउँ टाँसिएर आँखाका परेला बन्द हुन मान्दैनन्, मानौँ हिमपात हुनु सामान्य चिज हो। आवश्यक नहुँदा पनि ब्याट्रीको जीवन लामो होस् भन्न कारलाई चलाइराख्नुपर्छ। खाना बिग्रन्छ कि भन्ने कुनै शंका नै रहँदैन न त फ्रिज नै चाहिन्छ। 

हेर्दा यस्तो लाग्छ कि हिउँको बस्ती छ। हिउँकै घरहरु छन् र हिउँकै खेती गरिएको छ।

रसियाको साखा रिपब्लिक (याकुटिया) स्थित ओमियाकोन्स्की जिल्लाको एक गाउँ हो ओमियाकोन, जहाँ सरदर तापक्रम नै माइनस ५८ डिग्री सेल्सियस हुन्छ। इन्दिगिर्का नदीको किनारमा रहेको सो गाउँमा करिब ५ सय मानिस बस्छन् । रसियाको स्थानीय भाषामा ओमियाकोन भन्नाले नजमेको पानीको तह भन्ने बुझिन्छ, जहाँ माछाहरु हिउँद बिताउँछन् भन्ने अर्थ लाग्छ । तर भनिएजसरी यसको नाम र अवस्थामा कत्ति पनि मेल खाँदैन। 

यो साताको सुरुवातमा सोही साइबेरियन गाउँ ओमियाकोनमा तापक्रमले सीमा नै नाघ्यो।

त्यहाँ पर्यटकहरुलाई आकर्षण गर्नका लागि गाउँको बीचमा थर्मोमिटर राखिएको थियो। स्थिति यस्तो बन्यो कि उक्त थर्मोमिटरमा माइनस ६२ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएपछि त्यसले काम नै गर्न छोड्यो। तापक्रम नाप्ने क्रममा थर्मोमिटर नै फुट्यो। 

त्यहाँको तापक्रम माइनस ६७ डिग्री सेल्सियसभन्दा पनि तल झरेको साइबेरियन टाइम्सले लेखेको छ। विश्वकै सबैभन्दा बढी चिसो हुने आबादी क्षेत्र मानिने सो गाउँमा सन् १९३३ को फेब्रुअरी महिनामा सबैभन्दा कम तापक्रम माइनस ६७.७ डिग्री सेल्सियस मापन गरिएको थियो। उक्त तापक्रम हालसम्मकै अन्टार्कटिकाबाहेक विश्वमा आबादी रहेको कुनै पनि स्थानमा रेकर्ड गरिएको सबैभन्दा कम तापक्रम हो।

Ncell 2
Ncell 2
nimb
nimb

संसारको सबैभन्दा कम तापक्रम भने पूर्वी अन्टार्कटिकामा मापन गरिएको छ। त्यहाँको नासा स्याटेलाइट स्टेशनमा सन् २०१३ मा माइनस ९४.७ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

हालसम्म अन्टार्कटिकाबाहेक संसारका कुनकुन स्थान र समयमा सबैभन्दा कम तापक्रम मापन भएका छन् त? (तापक्रम माइनसमा)
१)  ६७.७ डिग्री सेल्सियस, रसिया (साइबेरिया), सन् १९३३
२) ६६.१ डिग्री सेल्सियस, ग्रिनल्यान्ड, सन् १९५४
३)  ६३.० डिग्री सेल्सियस, क्यानडा, सन् १९४७
४) ६२.२ डिग्री सेल्सियस, अमेरिका (अलास्का), सन् १९७१
५)  ५८.१ डिग्री सेल्सियस, रसिया, सन् १९७८
६)  ५७.० डिग्री सेल्सियस, अमेरिका (मोन्टाना), सन् १९५४
७) ५५.३ डिग्री सेल्सियस, मंगोलिया, सन् १९७६
८)  ५३.६ डिग्री सेल्सियस, किर्गिस्तान, सन् १९४५
९)  ५२.६ डिग्री सेल्सियस, स्वीडेन, सन् १९६६
१०)  ५१.५ डिग्री सेल्सियस, फिनल्यान्ड, सन् १९९९

ओमियाकोनका बासिन्दाको दैनिकी
जनवरी र फेब्रुअरीमा सर्वाधिक कम हुने यहाँको तापक्रम औसतमा माइनस ५८ डिग्री सेल्सियस रहन्छ। यतिबेला यहाँका स्थानीयलाई जीवित रहन पनि निकै मुस्किल पर्छ। सो समयमा उनीहरु पूरा दिन घरभित्रै दाउरा तथा कोइला बालेर बस्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आर्टिक सर्कलको नजिकै समुद्री सतहबाट ७ सय ५० मिटरको उचाइमा रहेको ओमियाकोन गाउँमा किनमेलका लागि केही पसलहरु भएको एउटा मात्रै बजार छ। तापक्रम माइनस ५२ डिग्री सेल्सियसबाट तल झरेपछि मात्रै त्यहाँका विद्यालय बन्द गरिन्छ। भारी हिमपातका कारण घरबाट बाहिर निस्केको केही समयमै शरीर एउटा हिउँको थुप्रो जस्तो देखिन्छ। यो समयमा उनीहरु खासै बाहिर निस्कँदैनन् । निस्कनु परे पनि छिट्टो यात्रा तय गर्छन्। यात्रा गर्ने बेला धेरैजसोले कार प्रयोग गर्छन्। कारलाई हिटर चलाइएको ग्यारेजमा राख्छन्। अत्यधिक चिसोले ब्याट्रीमा समस्या आउने हुँदा घरबाहिर राखिँदैन। 

केही दिनघि मात्रै एक जना घोडा पालक र उनका ४ साथीहरु मिलेर नदीको नजिकै रहेका जनावरहरुको स्वास्थ्य परीक्षण गर्न कार ड्राइभमा निस्किए। तर कार बीच बाटोमै बिग्रिएपछि उनीहरुले पैदलै जाने निधो गरे। साइबेरियन टाइम्सका अनुसार अत्यधिक चिसोका कारण यात्रामा भएका ५ मध्ये ३ जना मात्र घरमा फर्कन सके, बाँकी २ को बाटोमा नै मृत्यु हुन पुग्यो। 

दिसापिसाब गर्न उनीहरु घरभन्दा केही पर शौचालय बनाउँछन्। पाइपलाइन चिसोको कारण जम्ने हुँदा घरभित्र शौचालय बनाउन सम्भव हुँदैन। 

चिसोबाट बच्न प्रत्येक घरमा हिटरको व्यवस्था गरिएको हुन्छ। यसबाहेक दाउरा र कोइलाको समेत प्रयोग गरिन्छ, जसले उनीहरुको शरीरको तापक्रमलाई सन्तुलनमा ल्याउन सघाउ पुर्‍याउँछ।

 

याकुटिया प्रान्तका राज्यपालले सबै घर तथा पसलहरुमा सेन्ट्रल हिटिङ प्रणाली तथा पावर जेनेरेटरको व्यवस्था गरिदिएको जानकारी दिएका छन्।  
'पोल अफ कोल्ड' भनेर चिनिने यस गाउँमा धेरै टाढासम्म जमिनको सट्टा हिँउ मात्र देखिन्छ। हेर्दाहेर्दै पानी जम्ने सो ठाउँमा निकै कठिन जिन्दगी बिताउँन बाध्य छन् त्यहाँका बासिन्दा। तर उनीहरु सो ठाउँबाट बसाइँ सरेर पनि कतै जान मान्दैनन्। 

ओमियाकोनमै बस्नुको कारण


तस्बिरमा मानिसहरुको अवस्था हेर्दा जो कोहीलाई पनि लाग्छ कि यस्तो असामान्य दैनिकी किन काटिरहेछन् उनीहरु? यसको कारण ओमियाकोनको इतिहाससँग जोडिएर आउँछ। 

सन् १९२०–३० सम्म यो स्थान सुरक्षा फौज तथा लडाकुहरुको केही समय आराम गर्ने थलो थियो। 

तत्कालीन सोभियत सरकारले त्यहाँका नोमेडिक समुदायलाई नियन्त्रण गर्ने कोसिस गर्यो। तर सोभियत सरकार उनीहरुमाथि राज गर्न असफल भएपछि नोमेडिक समुदायलाई सधैँका लागि ओमियाकोनमा बस्न बाध्य बनाइयो। त्यस दिनदेखि आजसम्म पनि उनीहरु हिउँलाई नै आफ्नो जीवन ठानेर बाँचिरहेका छन्।

परिकार काँचै मासु
हिउँको गाउँ भएकोले पनि चिसोलाई माथ दिन यहाँका मानिसले आफ्नो मुख्य आहारा मासुलाई बनाउँछन्। त्यसमाथि जाडो महिनामा त उनीहरु काँचै पनि मासु खान मन पराउँछन्। अत्यधिक कम तापक्रमका कारण खानाबाट रोग लाग्ने तथा संक्रमण हुने भय निकै कम मात्र हुन्छ। यस्तो स्थान र समयमा फसल उब्जनीको सम्भावना नरहेका कारण पनि उनीहरु बढी मात्रामा मासुमै आश्रित हुनुपरेको हो।

समाचारहरुका अनुसार त्यहाँको क्षेत्रीय तथा रीतिरिवाज अनुसार लामो चाना हुने गरी बनाइएका माछा, विभिन्न जनावरका काँचो मासु, घोडाको जमेको कलेजो, घोडाको रगत मिसाइएको म्याक्रोनीको आइस क्युब लगायत खाना नै मुख्य बाँच्ने आधार हो।  

‘याकुटियनहरु चिसो खाना खान नै मन पराउँछन्। जमेको काँचो आर्टिक माछा, ह्वाइट सालमोन माछा, ह्वाइटफिस, घोडाको जमेको कलेजो लगायतका परिकार असाध्यै मिठो मान्छन्,' दि वेदर च्यानलसँग कुरा गर्दै स्थानीय बोलोत बोच्कारेभले भने,‘हामी दैनिक जीवनमा सुपसहितको मासु खान रुचाउँछौँ। हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुने भएकोले मासु अति नै प्रिय लाग्छ।’

पसलभित्रै होइन कि सबै प्रकारका मासुजन्य पदार्थहरु खुल्ला स्थानमा नै राखिएको देख्न सकिन्छ। कम चापक्रम भएकाले तिनलाई फ्रिजमा राख्नुपर्ने आवश्यकता नै पर्दैन। हेर्दा हाटबजार जस्तो देखिने धेरै पसलहरु भएको सो क्षेत्रमा पुग्दा माछा मात्रै धेरै भेट्न सकिन्छ। बोच्कारेभका अनुसार उनी अघिल्लो साता बजार पुग्दा हिटर चलाइरहेको अवस्थामा पनि माइनस ५६ डिग्री तापक्रम रहेको थियो।
 
फोटो मोह
आफ्नो स्थानको अवस्था जानकारी दिन तथा पर्यटकलाई आकर्षित गर्न सो गाउँका मानिसहरुले सेल्फी तथा फोटो खिच्दै सामाजिक सञ्जालहरुमा पोस्ट गर्ने गरेका छन्। गत जनवरी १४ मा विवाह सामग्री पसलमा काम गर्ने एक २४ वर्षीया युवती अनास्तासिया गुरुज्देभाले आफू र आफ्ना साथीहरुसँग खिचेको सेल्फी पोस्ट गरिन्। बाक्ला कपडा लगाएको तथा आधा अनुहार ढाकिएका ती फोटोहरुमा उनको परेलामा समेत कलात्मक ढंगबाट हिउँ जमेको देख्न सकिन्छ। फाटोको क्याप्सनअनुसार सो समयमा तापक्रम माइनस ५८ डिग्री सेल्सियस थियो। 

सो स्थानमा आउने पर्यटकहरुले पनि विशेषगरी गाउँको केन्द्रमा सडक किनारमै राखिएको थर्मोमिटर अगाडि उभिएर फोटो खिच्ने गरेको स्थानीयहरु बताउँछन्। गत साता माइनस ६२ डिग्री सेल्सियस तापक्रम पुग्दा पनि सो स्थानमा केही पर्यटकले फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

यो साता मात्रै तापक्रम माइनस ६५ डिग्रीभन्दा तल झरेको अवस्थामा पनि चिनियाँ पर्यटकहरुले अर्धनग्न भई नुहाएको भिडियो याकुटियन पत्रकार एलेना पोटोटेस्कायाले इन्स्टाग्राममा पोस्ट गरेका थिए। 

माइनस ४१ तापक्रममा मोडलको फोटोसुट
फोटोग्राफर पेटर चुगुनोभले मोडल बालेरिनाले दिएको निकै कलात्मक पोजमा फोटो खिचे माइनस ४१ डिग्री सेल्सियसमा। 

सामाजिक सञ्जालमा उक्त फोटो पोस्ट गर्दा धेरैले बालेरिनाको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन्। चुगुनोभका अनुसार न्यानो कोट तथा बुट जुत्ताको छेउमै व्यवस्था गरी सो फोटोसुट गरिएको थियो। 

सन् २०१६ मा ओमियाकोन पुगेका फोटो पत्रकार तथा खोजकर्ता अमोस च्यापलले ५ साता बसाइको आफ्नो अनुभव सुनाउँदै भनेका छन्,‘सो समय आफूलाई जिन्दगीदेखि नै थाकेको अनुभव भएको थियो।’

अधिकांश समय घरभित्र नै बस्ने गरेको र निस्कनै परे निकै कम समयका लागि मात्रै निस्कने उनले बताए। केहीबेर क्यामेरा थाम्न पनि उनलाई मुस्किल परेको थियो। ‘क्यामेरा आफैमा चिसो भएर फोटो सुट गर्न अप्ठेरो भएको थियो,’ उनको भनाइलाई उद्धृत गर्दै वासिङ्टन पोस्टले लेखेको छ।

यी सारा अनुभव र आफ्नो यात्रालाई च्यापलले छोटो वाक्यमा निकै प्रतीकात्मक ढंगबाट व्यक्त गरेका छन्। ‘ओठमा हिउँको पत्र जम्दा यस्तो लाग्थ्यो, हिउँको सुईले मेरो ओठमा चुम्बन गरेको छ। तर जब त्यहाँका स्थानीयलाई हेर्थें, उनीहरुको त पूरा जिन्दगीलाई हिउँको सुईले चुम्बनको सट्टा मात्र दुख्ने गरी घोचिरहेको छ।’

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा।)

प्रकाशित मिति: शनिबार, माघ ६, २०७४  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
रवि कैंची धाम पुगेको सेल्फी
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्