• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

लिबिया पुर्‍याउने ५ मानव तस्कर प्रहरीको फन्दामा, कहाँ पुग्यो कारबाही प्रक्रिया?

64x64
नेपाल लाइभ बुधबार, साउन १५, २०७६  १६:३१
1140x725

काठमाडौं- आकर्षक रोजगारीको प्रलोभन देखाई युवालाई युद्धग्रस्त अफ्रिकी देश लिबिया पुर्‍याउने क्रम बढिरहेको छ। आर्थिक वर्ष २०७५/०७६ मा मात्रै रोजगारीको प्रलोभनमा युद्धग्रस्त लिबिया पुर्‍याइएका ५० जनाभन्दा बढी युवालाई स्वदेश फर्काई सकिएको छ।

अन्तराष्ट्रिय आप्रवासी संगठन (आइएमओ), नेपाली शान्तिसेना, इजिप्टको कायरोस्थित नेपाली दूतावासलगायत संघसंस्थाको सहयोगमा नेपाल फर्काइएको हो। 

यसअघिका शृङ्खलामा हामीले आकर्षक काम र कमाइको प्रलोभनमा परी युवा कसरी मानव तस्करको पन्जामा पर्छन् र युद्धग्रस्त लिबियामा नेपाली युवाको भोगाइ प्रस्तुत गरिसकेका छौँ। यसरी प्रलोभनमा पारी मानव तस्करी गर्नेहरूलाई कस्तो कारबाही प्रक्रिया अघि बढाइँदैछ? पीडितहरू कहिले पाउलान् राहत? यी लगायतका विषय हामी यस शृङ्खलामा समेट्ने प्रयास गरेका छौँ।

000

लिबिया पुगेर फर्किएका युवाहरूसँग नेपाल लाइभले प्रतिक्रिया लिँदा अधिकांश युवालाई ‘लिबिया युद्धग्रस्त मुलुक हो र त्यहाँ जान नेपाल सरकारबाट प्रतिबन्ध लगाइएको छ’ भन्ने जानकारी नभएको पाइएको छ। 

एकपटक लिबिया पुगेपछि त्यहाँबाट अन्य विकसित युरोपेली मुलुक जान सकिने भन्दै एजेन्टले प्रतिकामदार ६ लाखसम्म रकम असुली गरेका थिए।

आफूलाई आकर्षक रोजगारीको प्रलोभन देखाई युद्धभूमिमा आफूहरूलाई अलपत्र पारी ठगी गरेको भन्दै पीडितहरूले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन्। 

प्रहरीको फन्दामा ५ मानव तस्कर
युवाहरूलाई आकर्षक प्रलोभनमा पारी युद्धग्रस्त लिबियामा पुर्‍याउने ५ जना मानव तस्कर प्रहरीको फन्दामा परेका छन्। यसरी रोजगारीको प्रलोभन देखाई युद्धग्रस्त लिबिया पुर्‍याउने अन्य गिरोहलाई पनि प्रहरीले खोजी गरिरहेको ब्युरोले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

लिबियाबाट उद्धार गरी नेपाल ल्याइएका पीडितले दिएको उजुरीका आधारमा खोजतलास गरी ब्युरोले ५ जना अभियुक्ति पक्राउ गरिसकेको ब्युरोका एसपी गोविन्द थपलियाले जानकारी दिए। 

पक्राउ पर्नेमा खोटाङ चिसापानीका ३६ वर्षीय राहुल गहतराज र तीर्थराज विश्वकर्मा भनेर आफूलाई चिनाउने राहुल थापा। यसैगरी संखुवासभाका ४४ वर्षीय कमल भनिने लोकमान राई, सैनामैना रुपन्देहीका अमरबहादुर बगाले मेनुका श्रेष्ठ र बोमो तामाङ छन्। 

उनीहरूले १५ जनाभन्दा बढी नेपालीलाई रोजगारीका लागि इटली पुर्‍याउने भन्दै लिबिया पुर्‍याएर अलपत्र पारेको आरोप लागेको छ। 

आफूलाई आकर्षक रोजगारीको प्रलोभनमा पारी लिबियाको युद्धमैदानमा अलपत्र पार्ने मानव तस्करलाई पीडितले रोजगारीका नाममा मानव बेचबिखन गरेको भन्दै उजुरी दिएका छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पीडितले कहिले पाउलान् न्याय?
पीडितहरूले रोजगारीका नाममा आफूहरूलाई लिबियामा बेचबिखन गरेको भन्दै उजुरी दिएका थिए। उनीहरूकै उजुरीका आधारमा यी ५ मानव तस्कर प्रहरीको फन्दामा परेका हुन्। अझैपनि केही गिरोह पक्राउ पर्न सकेका छैनन्। 

‘हामी बाँकी ती गिरोहलाई पनि खोजिरहेका छौँ,’ ब्युरोका प्रवक्ता एसपी थपलियाले भने। 

उनीहरूले १५ जनाभन्दा बढी नेपालीलाई रोजगारीका लागि इटली पुर्‍याउने भन्दै लिबिया पुर्‍याएर अलपत्र पारेको आरोप लागेको छ। 

प्रहरीले गिरोहलाई पक्राउ गरेको लामो समय बितिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको गुनासो पीडितले गरेका छन्। ‘हाम्रो साहुबाट सयकडा तीनका हिसाबले लिएको ऋणको ब्याज बढेको बढ्यैछ। हामीले न्याय र क्षतिपूर्ति कहिले पाउँछौँ?’ सैनामैना-१० रुपन्देही घर भई लिबियामा अलपत्र परेर फर्काइएका गणेशबहादुर थापा मगरले दुखेसो पोखे। लिबियाबाट उद्धार गरिएका धेरै पीडितको गुनासो गणेशको जस्तै छ। 

क्षतिपूर्तिका पीडितले ठगीसम्बन्धी उजुरी दिनुपर्छ : ब्युरो 
रोजगारीका नाममा आफूहरूलाई लिबिया पुर्‍याई गिरोहहरूले बेचबिखन गरेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा कारबाही प्रक्रिया अघि बढाइने मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। ‘पीडितको उजुरीका आधारमा हामीले कारबाही प्रक्रिया अघि बढाएका छौँ,’ एसपी थपलियाले भने।

पक्राउ परेका गिरोहहरुलाई मानव ओसारपसार उजुरीका आधारमा कारबाही प्रक्रिया सुरु गरिएको जनाइएको छ। ५ जना पक्राउ परेकाहरू प्रहरी हिरासतमा छन्। बाँकी मानव तस्करमा संलग्न व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

‘हामी मानव तस्करीलाई नियन्त्रण गर्न लागि परिरहेका छौँ, देशभित्रै तथा देशबाहिर विभिन्न देशमा रहेर मानवतस्करीमा संलग्न गिरोहलाई पनि हामी पक्राउ गरी कारबाही गर्छौँ,’ एसपी थपलियाले दाबी गरे। ‘गिरोह उपर कारबाहीका लागि अदालतीय प्रक्रिया अघि बढिसकेको छ। मंगलबार अदालतले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ, अदालतको फैसला अनुसार नै बाँकी कारबाही प्रक्रिया अघि बढाइन्छ,’ एसपी थपलियाले भने। 

जिल्ला अदालत काठमाडौंले मानव ओसारपसारमा संलग्न ५ गिरोहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। पीडितले आफूहरुले क्षतिपूर्ति नपाएको बताइरहँदा, क्षतिपूर्तिका सम्बन्धमा भने पीडितहरुले छुट्टै ठगी उजुरी दिनुपर्ने एसपी थपलियाले बताए। 

‘क्षतिपूर्तिका सम्बन्धमा पीडितले आफूले गिरोहलाई बुझाएको रकमको प्रमाणका आधारमा उजुरी दिन सक्छन्,’ एसपी थपलियाले भने। 

पीडितसँग छैन बुझाएको रकमको प्रमाण
लिबिया पुगेर अलपत्र परी उद्धार गरिएका पीडितसँग प्रतिव्यक्ति ५ लाखसम्म रकम असुली गरेको भएपनि धेरैजना कामदारसँग आफूहरूले एजेन्टहरूलाई बुझाएको रकम बराबर प्रमाण नभएको पीडितहरुले बताएका छन्।

लिबिया पुगेपछि पनि एजेन्टले मागेअनुसार रकम २ लाख बुझाए तर उनीसँग समेत आफूले बुझाएको रकमको प्रमाण छैन।

सैनामैना-१० रुपन्देहीका गणेशबहादुर थापा मगरले लिबिया जाँदा पटक-पटक गरेर ५ लाख रकम बुझाएका छन् तर उनीसँग १ लाख रकम बुझाएको प्रमाण मात्रै छ। अमरबहादुर बगाले नामका एजेन्टलाई उनले ५ लाख रकम बुझाएका थिए। 

‘अमरबहादुर बगाले ठूलोबुबा पर्नुहुन्छ, चिनजानकै मान्छे भएकाले पनि विश्वास गरेँ, पैसा बुझाएपछि प्रमाण लिने ख्याल नै गरिनँ,’ गणेशले भने।

गणेशजस्तै मानव तस्करको चंगुलमा परी युद्धग्रस्त लिबिया पुगेका सबै युवाले एजेन्टलाई ५ देखि ६ लाखसम्म बुझाएका छन्। तर रकम बुझाएको प्रमाण भने उनीहरुसँग छैन।  

धरानका सनम विश्वकर्माले पनि साहुबाट ऋण लिएर सुरुमा ३ लाख बुझाए। लिबिया पुगेपछि पनि एजेन्टले मागेअनुसार रकम २ लाख बुझाए तर उनीसँग समेत आफूले बुझाएको रकमको प्रमाण छैन। ‘लिबियामा केके न होला भन्ने सोचेर आँखा चिम्लिएर पैसा बुझाइयो। लिबिया नै पुगेपछि मात्रै थाहा भयो,’ सनमले सुनाए। 

पीडितसँग भएको प्रमाणको आधारमा मात्रै उनीहरुले क्षतिपूर्ति पाउने गरेका छन्। पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभनमा युवाबाट मोटो रकम लिने तर लिएजति रकमको प्रमाण उपलब्ध नगराउने समस्या बढ्दै गइरहेको छ। बुझाएजति रकमको प्रमाण नहुँदा ठगीएका युवा झनै मारमा पर्ने गरेका छन्। 

मानव ओसारपसारमा संलग्नलाई के हुन्छ कारबाही? 
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन-२०६४ को परिच्छेद ४ मा दण्ड, सजाय तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था छ। परिच्छेद ४ को दफा १५ मा भनिएको छ, ‘ किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लगिए निम्न बमोजिमको सजाय हुने उल्लेख छ। 

(१) विदेश लैजानेलाई १० वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना र बालबालिका लगेको भए १५ वर्षदेखि २० वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुनेछ। 

मानव ओसारपसार नियन्त्रण ऐनमा मानव बेचबिखन तथा ओसारपसारमा परेका पीडित व्यक्तिले मनासिव माफिकको क्षतिपूर्ति पनि पाउने व्यवस्था छ। तर मनासिव क्षतिपूर्ति पीडितले गिरोहहरुलाई बुझाएको रकम अनुसार पाउने क्षतिपूर्ति भने होइन। अदालतले कसुरदारलाई भराएको जरिवानाको ५० प्रतिशत बराबरको रकम पीडित पक्षले पाउने कानुनी व्यवस्था छ। 

मानव ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा १७ मा क्षतिपूर्तिसम्बन्धी व्यवस्था व्यवस्था गरिएको छ। दफा १७ मा यस्तो छ प्रावधान-

(१७) क्षतिपूर्ति : (१) अदालतले कसूरदारलाई भएको जरिवानाको पचास प्रतिशत बराबरको रकममा नघट्ने गरी निजबाट पीडितलाई मनासिब माफिकको क्षतिपूर्ति भराइदिनु पर्नेछ।

(१-क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसूरदारको न्यून आर्थिक हैसियत भएको वा अन्य कुनै कारणले कसूरदारबाट पीडितले क्षतिपूर्ति पाउन नसक्ने अवस्था देखिएमा अदालतले दफा १४ बमोजिम पुनर्स्थापना कोषबाट पीडितलाई मनासिव क्षतिपूर्ति भराई दिने आदेश गर्न सक्नेछ।

(२) उपदफा (१) वा (१-क) बमोजिमको क्षतिपूर्तिको रकम लिन नपाउँदै पीडितको मृत्यु भएमा त्यस्तो रकम तोकिए बमोजिम निजको नाबालक छोराछोरीलाई र त्यस्ता छोराछोरी नभए निजमा आश्रित बाबुआमालाई दिइनेछ।

(३) उपदफा (२) बमोजिम क्षतिपूर्तिको रकम पाउने पीडितको नाबालक छोराछोरी र आश्रित बाबुआमा नभएमा त्यस्तो रकम दफा १४ बमोजिमको पुनर्स्थापन कोषमा जम्मा गर्नु पर्नेछ।’ 

ऐनले गरेको मानव बेचबिखनसम्बन्धी परिभाषाले वैदेशिक रोजगारीका क्रममा हुने बेचबिखनको अवस्थालाई स्पष्ट रुपमा कसुरका रुपमा स्थपित गरिनसकेकाले संसोधनका कुराहरू समेत आइरहेका छन्। यद्यपि वैदेशिक रोजगारीसँग सम्बन्धित मानव बेचविखन तथा ओसारपसारका मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर भई पीडक पक्षलाई कारबाही प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित समाचार:

रोजगारीका नाममा तस्करी-२ : 'बाँचेर नेपाल फर्किन पाइएला भन्ने लागेकै थिएन'

रोजगारीका नाममा तस्करी-१ : नेपाली कामदार यसरी पुग्छन् युद्धग्रस्त लिबिया

थप समाचारः
लिबियामा मारिएका सन्तोषको अन्तिम फोन, भनेका थिए– इटाली पुगेर कल गर्छु है...

इटाली पुर्‍याउने सपना देखाएर १५ नेपालीलाई लिबियामा बन्धक बनाउने २ जना पक्राउ

युद्धग्रस्त लिबियामा ४ नेपालीको अपहरण, विद्रोही समूहले नङसमेत उप्काइदिए

अवैध रुपमा लिबिया पुर्‍याइएका १५ नेपालीकाे उद्धार, नेपाल फिर्तीकाे तयारी हुँदै

युद्धग्रस्त लिबियाबाट नेपालीको गुहार– हामी बाँच्न चाहन्छौं, नेपाल फर्काइदेऊ

युद्धग्रस्त लिबियामा फसेका १५ नेपाली काठमाडौं आइपुगे

रोजगारीका लागि लिबिया पुगेका राजन युद्धग्रस्त क्षेत्रबाट बाँचेर फर्किए

प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्