काठमाडौँ– आयोजना निर्माणकाे ठेक्का लिएर अलपत्र पारेकाे अभियाेगमा निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शर्मा एन्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका बडुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
आफूले लिएको ठेक्काकाे समयमा सम्पन्न नगरेको कसुरमा उनीहरूलाई उपस्थित गराइदिन सहरी विकास मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो । दुवै जनालाई प्रहरीले गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।