काठमाडौं- नेप्सेमा एकैदिन २ कम्पनीको ५५ लाख ८८ हजार ८५ कित्ता शेयर सूचीकृत भएको छ।
शुक्रबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ओम डेभलपमेन्ट बैंकको शेयर सूचीकृत भएको हो।
सूर्या लाइफको ६ लाख ५६ हजार २ सय ५० कित्ता बोनस शेयर सूचीकृत भएको छ भने ओम डेभलपमेन्ट बैंकको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हप्रकद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।