काठमाडौं- यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार अघिल्लो साताको तुलनामा ३५ दशमलव ९८ प्रतिशतले घटेको छ।
अघिल्लो सात १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा यस साता घटेर १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपैयाँको मात्र शेयर कारोबार भएको छ।
त्यस्तै यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा २४ दशमलव ५८ अंकले घटेर अन्तिम दिन १ हजार ४ सय ६ दशालव ५२ अंकमा पुगेको छ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५ दशमलव ३४ अंकले घटेर २ सय ९६ दशमलव ८६ अंकमा आइपुगेको छ। कम्पनीको १९ करोड ८ लाख १० हजार रुपैयाँको शेयर किनबेच भएको छ।
कारोबार रकमका आधारमा साताका उत्कृष्ट ५ कम्पनी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।