• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कमलविनायक-नगरकोट स्थलगत अनुगमनको सुइँको पाएपछि रातारात ग्राभेल

राजनीतिक आडमा अटेरी बन्दै शैलुङ कन्सट्रक्सन
64x64
नेपाल लाइभ सोमबार, साउन १३, २०७६  १३:३५
1140x725

काठमाडौं- प्रतिनिधि सभाअन्तर्गत विकास तथा प्रविधि समितिका १४ जना सांसदले आइतबार कमलविनायक–नगरकोट सडकखण्डको स्थलगत अनुगमन गरे। ठेकेदार कम्पनीले ठेक्का सम्झौताअनुसार काम नगरेको भन्दै गत जेठ २० गते चाँगुनारायण नगरपालिकाले विकास तथा प्रविधि समितिमा निवेदन दर्ता गराएको थियो। सोही निवेदनका आधारमा समितिका सांसदहरु स्थलगत निरीक्षणमा पुगेका हुन्।

विकास समितिले अनुगमन गर्ने भएपछि जिल्लाका सांसद तथा कर्मचारी, नगरपालिका प्रमुख लगायत सडक निर्माणस्थलमै पुगेका थिए। आयोजना चाँडो बनाउन दबाब दिने उद्देश्यले गठन भएका संघर्ष समितिका पदाधिकारी र स्थानीयको पनि ठूलो संख्यामा जमघट थियो। 

दिनभरजसो अनुगमन गरेपछि समिति सभापति कल्याणी कुमारी खड्काले जुनसुकै अवस्थामा पनि केही समयभित्रै आयोजना निर्माण सम्पनन भइसक्ने आश्वासन दिइन्। आयोजनामा ठेकेदार कम्पनी र सरकारी निकाय दुवैको गल्ती भएको भन्दै तत्काल काम सुरु गर्न निर्देशन दिइन्। आयोजना निर्माणमा पूर्वतयारी नपुगेको र ठेकेदार कम्पनीको बढी लापरबाही देखिएको निष्कर्ष समितिले निकाल्यो। आयोजनाको जिम्मा लिएर काम नगर्ने कुनै पनि ठेकेदार कम्पनीलाई बाँकी नराख्ने आश्वासन स्थानीयलाई दिँदै अनुगमन टोली फर्कियो। 

आयोजनाको अवस्था 
कमलविनायक–नगरकोट सडक खण्ड विस्तार र स्तरोन्नतिको काम सुरु भएको ५ वर्षभन्दा बढी समय भयो। यो सडकखण्ड विस्तारका लागि भारतीय निर्यात–आयात बैंक (एक्जिम बैंक) बाट १ प्रतिशत ब्याजमा सहुलियत ऋण लिइएको छ। 

नेपालले एक्जिम बैंकसँग सहुलियतपूर्ण ऋण लिँदा गरेको सम्झौताअनुसार उक्त सडकखण्डमा नेपाली निर्माण कम्पनीसँग मिलेर भारतीय निर्माण कम्पनीले पनि काम गर्नुपर्ने अनिवार्य सर्त थियो। सोही सर्त अनुसार सडक विभागले २०७० सालमा टेन्डर आह्वान गर्‍यो। 

सडक विस्तार तथा स्तरोन्नतिको ठेक्का नेपालको निर्माण कम्पनी शैलुङ कन्सट्रक्सन प्रालि र भारतीय निर्माण कम्पनी अरावली इन्फ्रा पावर लिमिटेडले संयुक्त रुपमा पाए। यो सडकखण्ड विस्तार गर्नका लागि सडक विभागले २०७१ असार २ गते ती २ वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। 

सडक विभाग अन्तर्गत ‘सडक स्तरोन्नति तथा विकास योजना (आइआरडिपी)–फेज २’, ‘प्याकेज एफ’ मा भक्तपुर–नगरकोट–सिपाघाट सडक खण्डको करिब १६ किलोमिटर सडकखण्ड विस्तारका लागि ठेकेदार कम्पनीसँग सम्झौता गर्दा सबै काम २०७३ असार ३ गतेभित्र सकिसक्नुपर्ने जनाइएको थियो। 

२०७३ असार ३ गते सडक निर्माण गरेर हस्तान्तरण गनुपर्ने गरी सम्झौता भएको भए पनि हालसम्म ३ पटक म्याद थप भइसकेको छ। भूकम्पको कारण आयोजना निर्माणमा ढिलाइ भएको कारण देखाउँदै २०७३ कात्तिक २० गते १ सय २५ दिनभित्र आयोजनाको काम गरिसक्ने गरी पहिलोपटक समय थप भयो। त्यसैगरी, दोस्रोपटक ३ सय ८० दिन र तेस्रोपटक २ सय २१ दिनभित्र सडक निर्माण गरिसक्ने समयसीमा दिँदै म्याद थप भएको देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो पटक २०७५ जेठमा चौथोपटक म्याद थपका लागि निर्माण कम्पनीले पहल गरेको थियो। तर सडक विभागले यथोचित कारण नरहेको भन्दै हालसम्म पनि म्याद थप गरेको छैन। पछिल्लो एक वर्षदेखि ठेकेदार कम्पनी ‘साइट’ मा छैन। सडकको दुरवस्था जस्ताको त्यस्तै छ।

आयोजना निर्माणका लागि सुरुमा ३१ करोड ५२ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। तर लागत पनि दुईपटक बढाइसकेको छ। पहिलोपटक कुल लागतको ८ दशमलव ३३ प्रतिशत ३४ करोड १५ लाख ६९ हजार पुर्‍याइएको छ भने दोस्रोपटक १३ दशमलव ७७ प्रतिशतले बढाएर ३५ करोड ८७ लाख १८ हजार १ सय ५४ रुपैयाँ पुर्‍याइएको छ।

अहिलेसम्म आयोजनामा ६५ प्रतिशत भौतिक प्रगति र ४२ प्रतिशत आर्थिक प्रगति भएको सडक विभागको भनाइ छ। आयोजना प्रमुख जगत प्रजापतिका अनुसार हालसम्म निर्माण व्यवसायीले १४ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ भने १३ प्रतिशत भेरिएसन अर्डर पनि पास भइसकेको छ। 

भुक्तानी नपाउँदा काम गर्न सकिएन : ठेकेदार कम्पनी
विकास तथा प्रविधि समितिले अनुगमन गर्दा शैलुङ कन्सट्रक्सनका तर्फबाट प्रतिनिधिका रुपमा सुदन गौली र भारतीय कम्पनी अरावली इन्फ्रा पावरका प्रतिनिधि लव मल्होत्रा निर्माण स्थलमा थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्थानीय र सांसदहरुले काम किन नगरेको र कहिलेसम्म गर्ने हो भन्दै र्‍याखर्‍याख्ती पारेपछि उनीहरुले अबको एक वर्षभित्रै काम सक्ने प्रतिबद्धता जनाए। तर समयमा भुक्तानी नहुने र सरकारी निकायमा फाइल अड्किने समस्या समाधान नभएसम्म कामले गति दिन नसक्ने ठेकेदार कम्पनीले बारम्बार दोहोर्‍याइरहे।

शैलुङ कस्ट्रक्सन प्रालिका प्रतिनिधि सुदन गौलीले ८ देखि ९ करोड रुपैयाँ भुक्तानी नपाउँदा काममा बाधा भएको कारण देखाएपछि ‘ठेकेदार कम्पनीलाई किन भुक्तानी नगरेको भन्दै सांसदहरुले आयोजना प्रमुखतर्फ प्रश्न तेर्स्याए। आयोजना प्रमुख प्रजापतिले तेस्रोपटकसम्म पनि म्याद थप गर्दा काम नगरेपछि भुक्तानी रोकिएको बताए। 

भारतीय कम्पनी अरावली इन्फ्रा पावर लिमिटेडका प्रतिनिधि लव मल्होत्राले पनि अघिल्लो आर्थिक वर्षमा काम गरेको साढे ३ करोड रुपैयाँ भुक्तानी नपाएको भन्दै स्थानीयले सबै दबाब ठेकेदार कम्पनीलाई मात्रै नभई सडक विभाग र सरकारी निकायलाई पनि दिनुपर्ने धारणा राखे। 

ठेकेदार कम्पनीले भेरिएसन अर्डर पास समयमा नहुनुलाई पनि कारणका रुपमा देखाएको छ। तर सडक विभागले भने १३ प्रतिशत भेरिएसन अर्डर पास भइसकेको जानकारी दिएको छ। 

शैलुङको शक्ति
शैलुङ कन्सट्रक्सन प्रालि निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको कम्पनी हो। उनी नेकपा अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका घरबेटी हुन्। राजनीतिक शक्तिकै आडमा शैलुङ ५ वर्षसम्म पनि काम नगरेर आयोजना बेवारिसे अवस्थामा छाडेको स्थानीयको आरोप छ। शैलुङ शक्तिशाली भएकै कारण कसैलाई नटेर्ने उनीहरु बताउँछन्।

भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेत अन्तिम र निर्णायक दबाब दिनका लागि विकास तथा प्रविधि समिति गुहारेको बताउँछन्। ‘भक्तपुरमा यो लगायत अन्य ५ वटा सडक ठेकेदारको लापरबाहीका कारण बन्न सकेका थिएनन्। अरु ४ वटालाई काम नगरे थुन्छौं भनेपछि सडक बने। तर शैलुङलाई सकिएन। जिल्ला तहको दबाबले उसले टेरेन। हाम्रो हैसियतले भेटाएन,' बस्नेतले भने। 

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र आफूले प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर यो आयोजनाको अवस्थाका बारेमा जानकारी गराएको बताउँछन्। दुवै जनाले ठेकेदार कम्पनीलाई भनेर तत्काल काम सुरु गर्न लगाउने प्रतिबद्धता जनाए पनि त्यो अहिलेसम्म पूरा नभएको मिश्रको भनाइ छ। 

रातारात ग्राभेल, २ घन्टामा हुने कामलाई २ वर्ष 
गत बिहीबार बसेको विकास तथा प्रविधि समितिको बैठकले उक्त सडकखण्डको स्थितिका बारेमा बुझ्न स्थलगत अनुगमन गर्ने निर्णय गरेको थियो। समितिले अनुगमन गर्ने चाल पाएपछि ठेकेदार कम्पनीले रातारात सडकका खाल्डा पुरेर ग्राभेल गरेको स्थानीयहरु बताउँछन्। अनुगमनका क्रममा अधिकांश ठाउँमा भर्खरैमात्र माटो पुरिएको देखिन्थ्यो। एक्स्काभेटरले भित्तामा खोस्रिएका डाम आलै थिए। 

निर्माण कम्पनीले सडक विस्तार सँगसँगै सडकको छेउबाट पानी जानेगरी कल्भर्ट बनाउनुपर्ने हो। तर उक्त सडकको छेउबाट पानी जानेगरी कहीँकतै कुलो बनाइएको थिएन। बनाइएको ठाउँमा पनि पुरिसेकेको अवस्थामा छ।

कलिकति वर्षा हुनेबित्तिकै सबै पानी बीच सडकबाटै बग्ने गरेको स्थानीयको भनाइ छ। माथिबाट आएको खहरे खोलाका लागि कल्भर्ट बनाइएको भए पनि त्यो पुरिएको अवस्थामा थियो। जसका कारण पानी बीच सकडबाटै बग्थ्यो। 

अनुगमन टोलीले कल्भर्ट किन नखालेको भन्दै ठेकेदार कम्पनीलाई प्रश्न गरे पनि प्रतिनिधि सुदन गौलीले त्यो २ घन्टाभित्रै खोलिसक्ने आश्वासन दिए। टोली नगरकोट पुगेर फर्किंदा भने त्यो बनिसकेको थियो। 

स्थानीयका अनुसार पछिल्लो २ वर्षदेखि नबनेको कल्भर्ट २ घन्टामै बनेको देखेपछि समिति सभापति कल्याणी कुमारी खड्काले प्रतिक्रिया दिइन्, 'ठेकेदारले नटेरेकै रहेछ, अब विकास समितिले छोड्दैन है भन्ने बुझेपछि काम गर्‍यो।’

खस्कँदो पर्यटन
नगरकोट काठमाडौं उपत्यकाबाट निकै नजिक पर्ने उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येको एक हो। हिमाल लगायत प्राकृतिक दृश्यावलोकन र सूर्योदय हेर्नका लागि नगरकोट प्रसिद्ध छ। तर, पछिल्लो समय सडकको दुरवस्थाकै कारण नगरकोटको पर्यटन खस्किँदो छ। 

आवतजावत गर्नका लागि बाटो नराम्रो भएकै कारण नगरकोटका होटल खाली हुन थालेको नगरकोट पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामा बताउँछन। जताजतै हिलो धुलोका कारण सुन्दर नगरकोट कुरुप हुँदै गएको सोही कारण पर्यटक पनि घट्दै गएको उनको भनाइ छ। 

सांसद महेश बस्नेत पनि गतवर्ष सरकारले गरेको बिम्स्टेक सम्मेलन र लगानी सम्मेलनका बेला विदेशी पाहुनालाई नगरकोट ल्याउन यही सडकले छेकेको बताउँछन्। ‘विश्व समुदायलाई नगरकोट चिनाउने दुई अवसर हामीले गुमाइसक्यौं। पर्यटन प्रवर्द्धनकै लागि भनेर मनाउन लागिएको भिजिट नेपाल २०२० लाई हामीले सफल पार्नुछ,' उनी भन्छन्, 'त्यसका लागि पनि केही समयभित्रै निर्माणको काम पूरा गरिनुपर्छ।’

यो पनि पढ्नुहोस्ः

प्रचण्डका घरबेटी पनि समयमै काम नगर्ने निर्माण व्यवसायीको सूचीमा, होला कारबाही?

प्रचण्डका घरबेटीका कारण सडक अस्तव्यस्त, दुर्घटनाको भयसँगै धुलोको सास्ती

बाटो हिँडेको पनि कर, विरक्त व्यवसायी

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्