• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रचण्डका घरबेटीका कारण सडक अस्तव्यस्त, दुर्घटनाको भयसँगै धुलोको सास्ती

64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०७५  २१:३३
1140x725

नगरकोट– अचेल नगरकोट पुग्नुभएको छ? छैन भने, अस्तव्यस्त सडकको सास्ती झेल्न तयार भएर जानुस्। देख्दै विरक्त लाग्दो निर्माण प्रक्रियाले भक्तपुर हुँदै नगरकोट नपुग्जेलसम्म तपाईंलाई दिक्क बनाइरहन्छ। 

काठमाडौंबाट जम्मा २४ किलोमिटर मात्र दूरीमा रहेको सडकको भौतिक संरचना ठाउँ-ठाउँमा भत्काइएको छ तर बनाइएको छैन। हेर्दै जीर्ण र अलपत्र देखिन्छ नगरकोट जाने सडक।

‘सडकको यस्तो हालत छ भनेको भए म यता नआएर अन्तै जान्थेँ’, अंग्रेजी नयाँ वर्षको छेको पारेर घुम्न आएका एक जना आन्तरिक पर्यटक हामीसँग गुनासो गर्दै थिए, ‘तपाईंहरु मिडियाको मान्छे, सडकको यस्तो हालत कसले बनायो भन्ने लेखिदिनुहोस् न।’ 

हामीले अघिल्लो श्रृंखलामा नगरकोट पुग्ने पर्यटकहरू करको कहरमा कसरी फस्छन् र यहाँका व्यवसायीहरु घट्दो व्यवसायका कारण निरास छन् भन्ने रिपोर्ट तयार पारेका थियौं। 

यसपटक भने, बेहाल सडकको नालीबेली केलाउँदैछौं। 

खाल्टै–खाल्टा, धुलै–धुलो 
नगरकोट जाने यात्रा मूलतः भक्तपुरको भत्केको पुलबाट सुरु हुन्छ। त्यहाँबाट करिब १६ किलोमिटर दूरीमा नगरकोट बसपार्क पुगिन्छ। 

तर, यही १६ किलोमिटर यात्रामा १६ सय हाराहारीमा खाल्डा होलान्। कतै पानी जमेका खाल्टा। कतै टिप्पर र ठूला बस चल्दा बनेका खाल्डा। कतै निर्माण कार्य गर्दा खनेर नपुरिएका खाल्टा।

खाल्टाखुल्टीको सास्तीसँगै यहाँ तपाईले धुलोको तनाव पनि झेल्नुपर्छ। मोटरसाइकलमा हुँदा वा पैदल हिंड्दा कुनै बस वा ट्रक/टिप्पर दायाँबायाँबाट ‘क्रस’ गरेको खण्डमा तपाईं या त धुलाम्मे हुनुहुन्छ, या हिलाम्मे। सडकको दायाँबायाँका घर पनि धुलोले खुट्याउँनै नसकिने देखिन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सडकको यही हालतका कारण भक्तपुर-नगरकोट सडकखण्डका बस्तीमा स्वास्थ्यको चिन्ता त छँदैछ, कतिपय सडक दुर्घटना समेत भएको अनुभव स्थानीयबासीको छ। ‘सडकको धुलो/धुवाँले रोग लागेर बच्चाहरूलाई उपचार गरेरै नधान्ने भएको छु,’ तेलकोटका स्थानीय नानीराम लामिछानेले हामीसँग भने, ‘धुलोका कारण मोटरसाइकललाई गाडी र ट्रकले ठक्कर दिएका घटना पनि छन्।’  

सडकमा पिच पनि भन्नुमात्रको छ। सडकको आधा भाग पिच उप्केर खाल्डा परेको छ। पिच जोगिएको भाग पनि खण्ड–खण्ड परेकाले सहज रूपमा सवारी चलाउन सक्ने अवस्था छैन। 

‘खाल्डा पुर्न र सडक स्तरोन्नति गर्न एक दिन डोजर आउँछ, अलिअलि पुर्छ, अनि पाँच दिन गायब हुन्छ, पुरेको खाल्डो उस्तै,’ लामिछाने भन्छन्। 

कसले बनायो यस्तो हालत? 
नगरकोट पुग्ने भक्तपुर-नगरकोट–सिपाघाट सडक स्तरोन्नती गर्न सरकारले असार २०७१ (सन् २०१४ नोभेम्बर)मा काम सुरु गर्‍यो। भारत सरकारको ऋण सहयोगमा सरकारले खडा गरेको सडक सुधार आयोजना अन्तर्गत यो सडक खण्डको पनि स्तरोन्नति थालिएको थियो।

Xtrem

Xtrem

दुई वर्षमा काम सम्पन्न गर्ने गरी १५ दशमलव ६६ किलोमिटर दूरीको उक्त सडकको ठेक्का सैलुङ कन्स्ट्रक्सनले पायो। सैलुङ कन्स्ट्रक्सन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट व्यावसायी शारदा अधिकारीको हो। प्रचण्ड परिवार बस्ने खुमलटारस्थित घर उनै व्यावसायी अधिकारीको हो।

अधिकारीको निर्माण कम्पनी (ठेकेदार)ले २७ करोड रुपैयाँमा यो सडक स्तरोन्नतिको ठेक्का पाएको थियो। सम्झौता भएको मितिले दुई वर्षमा सडक स्तरोन्नति पूरा गर्ने ठेक्का सम्झौतामा उल्लेख थियो। 

तर, ठेक्का सम्झौता भएको अहिले ४ वर्ष पुग्न लाग्यो, सडकको हालत उस्तै लथालिंग छ। 

हाल उक्त सडक खण्डको करिब ५२ प्रतिशत काम सम्पन्न भएको सो सडक सुधार आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर नरेशराम बाबुले बताए। तर, आयोजनाको दाबी अनुसार ‘फिल्ड’ मा काम भएको देखिँदैन। 

ठेकेदार कम्पनी हालसम्म पनि सडक आसपासमा पर्खाल लगाउने र नालीको काममै सीमित छ, फाट्ट-फुट्टबाहेक पिचको काम सुरु भएकै छैन। 

दैनिक डेढ लाख जरिवाना तिर्दै कम्पनी 
निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि केही समययता निर्माण कम्पनीले जरिवाना तिर्दै काम गरिरहेको छ। सुरुमा सरकारले नै उक्त सडकको काम सुचारु गर्ने प्रक्रियामा करिब ९ महिना ढिला गरेकोमा त्यसको पूर्ति गरेर ठेकेदार कम्पनीलाई समयावधि थपिसक्दा पनि काममा ढिलाइ भएपछि आयोजनाले जरिवाना तिरेर काम लगाइरहेको छ। 

सम्झौता अनुसार ठेकेदार कम्पनीले असार, ०७३ (सन् २०१६ जुन)मा काम सम्पन्न गरिसक्नुपर्ने थियो। तर, उक्त समयमा काम सम्पन्न नभएपछि आयोजनाले १ सय २५ दिन म्याद थपिदियो। उक्त अवधिमा पनि काम सम्पन्न हुन सकेन। अक्टोबर, २०१६ मा उक्त म्याद समाप्त भयो। त्यसपछि पनि आयोजनाले गत ३० जेठसम्मका लागि म्याद थप गरिदियो। 

तेस्रो पटक थपिएको समयावधिमा पनि काम सम्पन्न नभएपछि अहिले आयोजनाले ठेकेदार कम्पनीलाई जरिवाना तिराएको छ। 

‘थपिएको समयावधिमा पनि सम्झौता बमोजिम काम सम्पन्न नभएपछि अहिले जरिवाना तिरेर निर्माण कम्पनीले काम अघि बढाएको छ,’ आवासीय इन्जिनियर बाबुले भने। 

ठेकेदार कम्पनीले ढिलाई गरेबापत करिब ७ लाख रुपैयाँ पेनाल्टी तिरिसकेको छ। अहिले दैनिक डेढ लाख रुपैयाँ जरिवाना तिराएर काम अघि बढाइरहेको आयोजनाको भनाइ छ। उक्त जरिवाना निर्माण कम्पनीलाई ठेक्का बमोजिम काम सम्पन्न गरेबापतको सम्झौताको भुक्तानीमार्फत् हुनेछ। 

ठेक्काको सम्झौतामै जरिवाना तिरेर २ सय दिन काम गर्न सकिने व्यवस्था भए अनुरुप अहिले निर्माण कम्पनीले जरिवाना तिरेर काम अघि बढाएको हो। 

उक्त सडक आयोजनाको स्तरोन्नतिका लागि सुरुमा २७ करोड रुपैयाँमा सम्झौता भएपनि काम थप भएपछि आयोजनाको लागत ३० करोड रुपैयाँ पुर्‍याइएको छ। 

अझै आलटाल गर्दै ठेकेदार 
तेस्रो पटक थपिएको समयावधिमा पनि काम सम्पन्न नगर्ने सैलुङले अझै समय थप गर्ने दाउ खोजिरहेको छ। उसले आगामी असारमा काम सम्पन्न गर्ने बताएको छ। तर, परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर बाबु उक्त अवधिमा पनि काम सम्पन्न हुने छाँटकाँट देख्दैनन्। 

उनको कुरालाई पुष्टि गर्छिन् सडक स्तरोन्नति गतिविधिको निगरानी गर्न खटाइएकी सडक विभागकी सुपरभाइजर कविता लामिछाने। ‘न काम गर्ने कामदार छन्, न उपकरण, काम गर्न असाध्यै गाह्रो छ,’ ठेकेदार कम्पनीको लापरबाहीबारे उनी भन्छिन्, ‘एक दिन डोजर आउँछ, अनि तेल सकियो भन्दै ४ दिन बन्द हुन्छ, कसरी सकिन्छ निर्धारित समयमा काम?’ 

पटक–पटक म्याद थप्दा काम सम्पन्न नहुँदाका बावजुद पनि सोही कम्पनीसँगै काम लगाउने मनसायमा आयोजना छ। ‘समयमा काम सम्पन्न नगरेको खण्डमा कानूनी प्रक्रिया पुर्‍याएर नयाँ ठेक्कामा जान त सकिन्छ,’ बाबु भन्छन्, ‘तर, यतिका समय बितिसकेको र केही काम सम्पन्न पनि गरिसकेकाले मौजुदा ठेक्का तोडेर नयाँ प्रक्रिया बढाउनु लागत बढाउनु र थप समय गुजार्नु मात्र हो।’ 

ठेकेदारलाई हाइसन्चो, मारमा जनता, पीडित व्यवसायी 
समयमा सडक निर्माणको काम सम्पन्न नहुँदा त्यसको मारमा सडक आसपासका स्थानीयदेखि व्यवसायीसम्म परेका छन्। तेलकोटका स्थानीय नानीराम लामिछाने भन्छन्, ‘यो सडकले चैनसँग बस्न पनि दिएन।’

आम जनतालाई मात्र होइन, यो सडकले व्यवसायीलाई पनि सास्ती दिएको छ। भक्तपुर सल्लाघारीमा सञ्चालित ग्रिन पेन्ट्स रिर्सोटकी सञ्चालक संगिता लामा सडकको दुरवस्थाका कारण आउजाउ गर्नेहरू नै घटेको बताउँछिन्। ‘अहिले त दिनमा २/४ कप चिया बेच्न पनि मुस्किल छ,’ उनी भन्छिन्। उनका अनुसार २ वर्ष अघिसम्म पनि रिर्सोटमा आउनेहरूको भिडभाड नै हुन्थ्यो। 

लामाको जस्तै पीडा छ तेलकोटका व्यवसायी हरिजंग थापाको पनि। होटल नेपालीका सञ्चालक रहेका उनी सडकको दुरवस्थाकै कारण होटलमा आउने ग्राहक घटेको बताउँछन्। ‘गतिलो सडक नहुँदा आर्थिक गतिविधिमा नै नकारात्मक असर परेको छ,’ नगरकोटका व्यवसायी धिरज तामाङ भन्छन्। 

एउटा सडकका कारण स्थानीय जनतादेखि व्यवसायीसम्म प्रभावित भइरहँदा ठेकेदार कम्पनीलाई भने हाइसन्चो छ। निर्माण क्षेत्रमा सैलुङ कन्स्ट्रक्सन यस्तो कम्पनी हो, जसको हातमा दर्जनभन्दा बढी आयोजना छन्। उक्त कम्पनी निर्माण क्षेत्रको ‘क’ jर्गको कम्पनी पनि हो। तर, हात पारेका अधिकांश आयोजना न समयमा पूरा हुन्छन्, न निर्धारित समयमा काम नगरेकामा कारबाही नै हुन्छ। 

‘प्रचण्ड’का घरबेटी समेत रहेका उनी राजनीतिक रुपमा बलियो अवस्थामा रहेकाले उनलाई छुने आँट सडक विभागले गर्नै नसकेको दाबी गर्छन्, निर्माण व्यवसायी। 

उक्त सडकको स्तरोन्नतिमा भइरहेका गतिविधिका सम्बन्धमा सम्बन्धित निर्माण कम्पनीको प्रतिक्रिया बुझ्न पटक-पटक प्रयास गर्दा पनि सफल हुन सकेन।

यो पनि पढ्नुहोस्ः

बाटो हिँडेको पनि कर, विरक्त व्यवसायी

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
भूमि, वन र विपद्सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, असोज २१, २०८३
पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिद्वारा १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्