• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
प्रचण्डका घरबेटीका कारण सडक अस्तव्यस्त, दुर्घटनाको भयसँगै धुलोको सास्ती
64x64
नेपाल लाइभ सोमबार, पुस १६, २०७५  २१:३३
1140x725

नगरकोट– अचेल नगरकोट पुग्नुभएको छ? छैन भने, अस्तव्यस्त सडकको सास्ती झेल्न तयार भएर जानुस्। देख्दै विरक्त लाग्दो निर्माण प्रक्रियाले भक्तपुर हुँदै नगरकोट नपुग्जेलसम्म तपाईंलाई दिक्क बनाइरहन्छ। 

काठमाडौंबाट जम्मा २४ किलोमिटर मात्र दूरीमा रहेको सडकको भौतिक संरचना ठाउँ-ठाउँमा भत्काइएको छ तर बनाइएको छैन। हेर्दै जीर्ण र अलपत्र देखिन्छ नगरकोट जाने सडक।

‘सडकको यस्तो हालत छ भनेको भए म यता नआएर अन्तै जान्थेँ’, अंग्रेजी नयाँ वर्षको छेको पारेर घुम्न आएका एक जना आन्तरिक पर्यटक हामीसँग गुनासो गर्दै थिए, ‘तपाईंहरु मिडियाको मान्छे, सडकको यस्तो हालत कसले बनायो भन्ने लेखिदिनुहोस् न।’ 

हामीले अघिल्लो श्रृंखलामा नगरकोट पुग्ने पर्यटकहरू करको कहरमा कसरी फस्छन् र यहाँका व्यवसायीहरु घट्दो व्यवसायका कारण निरास छन् भन्ने रिपोर्ट तयार पारेका थियौं। 

यसपटक भने, बेहाल सडकको नालीबेली केलाउँदैछौं। 

खाल्टै–खाल्टा, धुलै–धुलो 
नगरकोट जाने यात्रा मूलतः भक्तपुरको भत्केको पुलबाट सुरु हुन्छ। त्यहाँबाट करिब १६ किलोमिटर दूरीमा नगरकोट बसपार्क पुगिन्छ। 

तर, यही १६ किलोमिटर यात्रामा १६ सय हाराहारीमा खाल्डा होलान्। कतै पानी जमेका खाल्टा। कतै टिप्पर र ठूला बस चल्दा बनेका खाल्डा। कतै निर्माण कार्य गर्दा खनेर नपुरिएका खाल्टा।

खाल्टाखुल्टीको सास्तीसँगै यहाँ तपाईले धुलोको तनाव पनि झेल्नुपर्छ। मोटरसाइकलमा हुँदा वा पैदल हिंड्दा कुनै बस वा ट्रक/टिप्पर दायाँबायाँबाट ‘क्रस’ गरेको खण्डमा तपाईं या त धुलाम्मे हुनुहुन्छ, या हिलाम्मे। सडकको दायाँबायाँका घर पनि धुलोले खुट्याउँनै नसकिने देखिन्छन्।

सडकको यही हालतका कारण भक्तपुर-नगरकोट सडकखण्डका बस्तीमा स्वास्थ्यको चिन्ता त छँदैछ, कतिपय सडक दुर्घटना समेत भएको अनुभव स्थानीयबासीको छ। ‘सडकको धुलो/धुवाँले रोग लागेर बच्चाहरूलाई उपचार गरेरै नधान्ने भएको छु,’ तेलकोटका स्थानीय नानीराम लामिछानेले हामीसँग भने, ‘धुलोका कारण मोटरसाइकललाई गाडी र ट्रकले ठक्कर दिएका घटना पनि छन्।’  

सडकमा पिच पनि भन्नुमात्रको छ। सडकको आधा भाग पिच उप्केर खाल्डा परेको छ। पिच जोगिएको भाग पनि खण्ड–खण्ड परेकाले सहज रूपमा सवारी चलाउन सक्ने अवस्था छैन। 

‘खाल्डा पुर्न र सडक स्तरोन्नति गर्न एक दिन डोजर आउँछ, अलिअलि पुर्छ, अनि पाँच दिन गायब हुन्छ, पुरेको खाल्डो उस्तै,’ लामिछाने भन्छन्। 

कसले बनायो यस्तो हालत? 
नगरकोट पुग्ने भक्तपुर-नगरकोट–सिपाघाट सडक स्तरोन्नती गर्न सरकारले असार २०७१ (सन् २०१४ नोभेम्बर)मा काम सुरु गर्‍यो। भारत सरकारको ऋण सहयोगमा सरकारले खडा गरेको सडक सुधार आयोजना अन्तर्गत यो सडक खण्डको पनि स्तरोन्नति थालिएको थियो।

दुई वर्षमा काम सम्पन्न गर्ने गरी १५ दशमलव ६६ किलोमिटर दूरीको उक्त सडकको ठेक्का सैलुङ कन्स्ट्रक्सनले पायो। सैलुङ कन्स्ट्रक्सन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट व्यावसायी शारदा अधिकारीको हो। प्रचण्ड परिवार बस्ने खुमलटारस्थित घर उनै व्यावसायी अधिकारीको हो।

अधिकारीको निर्माण कम्पनी (ठेकेदार)ले २७ करोड रुपैयाँमा यो सडक स्तरोन्नतिको ठेक्का पाएको थियो। सम्झौता भएको मितिले दुई वर्षमा सडक स्तरोन्नति पूरा गर्ने ठेक्का सम्झौतामा उल्लेख थियो। 

तर, ठेक्का सम्झौता भएको अहिले ४ वर्ष पुग्न लाग्यो, सडकको हालत उस्तै लथालिंग छ। 

हाल उक्त सडक खण्डको करिब ५२ प्रतिशत काम सम्पन्न भएको सो सडक सुधार आयोजनाका परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर नरेशराम बाबुले बताए। तर, आयोजनाको दाबी अनुसार ‘फिल्ड’ मा काम भएको देखिँदैन। 

ठेकेदार कम्पनी हालसम्म पनि सडक आसपासमा पर्खाल लगाउने र नालीको काममै सीमित छ, फाट्ट-फुट्टबाहेक पिचको काम सुरु भएकै छैन। 

दैनिक डेढ लाख जरिवाना तिर्दै कम्पनी 
निर्धारित समयमा काम सम्पन्न गर्न नसकेपछि केही समययता निर्माण कम्पनीले जरिवाना तिर्दै काम गरिरहेको छ। सुरुमा सरकारले नै उक्त सडकको काम सुचारु गर्ने प्रक्रियामा करिब ९ महिना ढिला गरेकोमा त्यसको पूर्ति गरेर ठेकेदार कम्पनीलाई समयावधि थपिसक्दा पनि काममा ढिलाइ भएपछि आयोजनाले जरिवाना तिरेर काम लगाइरहेको छ। 

सम्झौता अनुसार ठेकेदार कम्पनीले असार, ०७३ (सन् २०१६ जुन)मा काम सम्पन्न गरिसक्नुपर्ने थियो। तर, उक्त समयमा काम सम्पन्न नभएपछि आयोजनाले १ सय २५ दिन म्याद थपिदियो। उक्त अवधिमा पनि काम सम्पन्न हुन सकेन। अक्टोबर, २०१६ मा उक्त म्याद समाप्त भयो। त्यसपछि पनि आयोजनाले गत ३० जेठसम्मका लागि म्याद थप गरिदियो। 

तेस्रो पटक थपिएको समयावधिमा पनि काम सम्पन्न नभएपछि अहिले आयोजनाले ठेकेदार कम्पनीलाई जरिवाना तिराएको छ। 

‘थपिएको समयावधिमा पनि सम्झौता बमोजिम काम सम्पन्न नभएपछि अहिले जरिवाना तिरेर निर्माण कम्पनीले काम अघि बढाएको छ,’ आवासीय इन्जिनियर बाबुले भने। 

ठेकेदार कम्पनीले ढिलाई गरेबापत करिब ७ लाख रुपैयाँ पेनाल्टी तिरिसकेको छ। अहिले दैनिक डेढ लाख रुपैयाँ जरिवाना तिराएर काम अघि बढाइरहेको आयोजनाको भनाइ छ। उक्त जरिवाना निर्माण कम्पनीलाई ठेक्का बमोजिम काम सम्पन्न गरेबापतको सम्झौताको भुक्तानीमार्फत् हुनेछ। 

ठेक्काको सम्झौतामै जरिवाना तिरेर २ सय दिन काम गर्न सकिने व्यवस्था भए अनुरुप अहिले निर्माण कम्पनीले जरिवाना तिरेर काम अघि बढाएको हो। 

उक्त सडक आयोजनाको स्तरोन्नतिका लागि सुरुमा २७ करोड रुपैयाँमा सम्झौता भएपनि काम थप भएपछि आयोजनाको लागत ३० करोड रुपैयाँ पुर्‍याइएको छ। 

अझै आलटाल गर्दै ठेकेदार 
तेस्रो पटक थपिएको समयावधिमा पनि काम सम्पन्न नगर्ने सैलुङले अझै समय थप गर्ने दाउ खोजिरहेको छ। उसले आगामी असारमा काम सम्पन्न गर्ने बताएको छ। तर, परामर्शदाता कम्पनीका आवासीय इन्जिनियर बाबु उक्त अवधिमा पनि काम सम्पन्न हुने छाँटकाँट देख्दैनन्। 

उनको कुरालाई पुष्टि गर्छिन् सडक स्तरोन्नति गतिविधिको निगरानी गर्न खटाइएकी सडक विभागकी सुपरभाइजर कविता लामिछाने। ‘न काम गर्ने कामदार छन्, न उपकरण, काम गर्न असाध्यै गाह्रो छ,’ ठेकेदार कम्पनीको लापरबाहीबारे उनी भन्छिन्, ‘एक दिन डोजर आउँछ, अनि तेल सकियो भन्दै ४ दिन बन्द हुन्छ, कसरी सकिन्छ निर्धारित समयमा काम?’ 

पटक–पटक म्याद थप्दा काम सम्पन्न नहुँदाका बावजुद पनि सोही कम्पनीसँगै काम लगाउने मनसायमा आयोजना छ। ‘समयमा काम सम्पन्न नगरेको खण्डमा कानूनी प्रक्रिया पुर्‍याएर नयाँ ठेक्कामा जान त सकिन्छ,’ बाबु भन्छन्, ‘तर, यतिका समय बितिसकेको र केही काम सम्पन्न पनि गरिसकेकाले मौजुदा ठेक्का तोडेर नयाँ प्रक्रिया बढाउनु लागत बढाउनु र थप समय गुजार्नु मात्र हो।’ 

ठेकेदारलाई हाइसन्चो, मारमा जनता, पीडित व्यवसायी 
समयमा सडक निर्माणको काम सम्पन्न नहुँदा त्यसको मारमा सडक आसपासका स्थानीयदेखि व्यवसायीसम्म परेका छन्। तेलकोटका स्थानीय नानीराम लामिछाने भन्छन्, ‘यो सडकले चैनसँग बस्न पनि दिएन।’

आम जनतालाई मात्र होइन, यो सडकले व्यवसायीलाई पनि सास्ती दिएको छ। भक्तपुर सल्लाघारीमा सञ्चालित ग्रिन पेन्ट्स रिर्सोटकी सञ्चालक संगिता लामा सडकको दुरवस्थाका कारण आउजाउ गर्नेहरू नै घटेको बताउँछिन्। ‘अहिले त दिनमा २/४ कप चिया बेच्न पनि मुस्किल छ,’ उनी भन्छिन्। उनका अनुसार २ वर्ष अघिसम्म पनि रिर्सोटमा आउनेहरूको भिडभाड नै हुन्थ्यो। 

लामाको जस्तै पीडा छ तेलकोटका व्यवसायी हरिजंग थापाको पनि। होटल नेपालीका सञ्चालक रहेका उनी सडकको दुरवस्थाकै कारण होटलमा आउने ग्राहक घटेको बताउँछन्। ‘गतिलो सडक नहुँदा आर्थिक गतिविधिमा नै नकारात्मक असर परेको छ,’ नगरकोटका व्यवसायी धिरज तामाङ भन्छन्। 

एउटा सडकका कारण स्थानीय जनतादेखि व्यवसायीसम्म प्रभावित भइरहँदा ठेकेदार कम्पनीलाई भने हाइसन्चो छ। निर्माण क्षेत्रमा सैलुङ कन्स्ट्रक्सन यस्तो कम्पनी हो, जसको हातमा दर्जनभन्दा बढी आयोजना छन्। उक्त कम्पनी निर्माण क्षेत्रको ‘क’ jर्गको कम्पनी पनि हो। तर, हात पारेका अधिकांश आयोजना न समयमा पूरा हुन्छन्, न निर्धारित समयमा काम नगरेकामा कारबाही नै हुन्छ। 

‘प्रचण्ड’का घरबेटी समेत रहेका उनी राजनीतिक रुपमा बलियो अवस्थामा रहेकाले उनलाई छुने आँट सडक विभागले गर्नै नसकेको दाबी गर्छन्, निर्माण व्यवसायी। 

उक्त सडकको स्तरोन्नतिमा भइरहेका गतिविधिका सम्बन्धमा सम्बन्धित निर्माण कम्पनीको प्रतिक्रिया बुझ्न पटक-पटक प्रयास गर्दा पनि सफल हुन सकेन।

यो पनि पढ्नुहोस्ः

बाटो हिँडेको पनि कर, विरक्त व्यवसायी

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा सुरु, आज पनि रास्वपा र राप्रपाको अवरोध कायमै
जापानद्वारा  ‘जेडियस’ परियोजनाका लागि पाँच सय ७२ मिलियन जापानी येन अनुदान प्रदान
पश्चिमी युरोपमा गर्मीले जनजीवन प्रभावित
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रतिनिधिसभा सुरु, आज पनि रास्वपा र राप्रपाको अवरोध कायमै बुधबार, असार २५, २०८२
जापानद्वारा  ‘जेडियस’ परियोजनाका लागि पाँच सय ७२ मिलियन जापानी येन अनुदान प्रदान बुधबार, असार २५, २०८२
पश्चिमी युरोपमा गर्मीले जनजीवन प्रभावित बुधबार, असार २५, २०८२
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (तस्बिरहरु) बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्