• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

'सिरियल किलर' नसिम खाँ जेल चलान

64x64
नेपाल लाइभ मंगलबार, साउन ७, २०७६  २२:५७
1140x725

बुटवल- कर्तव्य ज्यान तथा डाकासम्बन्धी अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेका कपिलवस्तुका ४८ वर्षीय बादशाह भनिने नसिम खाँलाई जिल्ला अदालत कपिलवस्तुले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। कपिलवस्तु अदालतले मंगलबार खालाई जेल चलान गर्ने आदेश दिएको हो। 

कपिलवस्तुको मायादेवी गाउँपालिका-४ पिपराका खाँमाथि ८ वटा जघन्य अपराधका मुद्दा चलाइएको छ। खाँविरुद्ध ७ वटा कर्तव्य ज्यान र एउटा डाँकासम्बन्धी मुद्दा रहेको कपिलवस्तु प्रहरीले जनाएको छ।

जिल्ला न्यायाधीश भरतमणि खनालको एकल इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा ६७, सोही दफाको ८० अनुसार खाँलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको अदालतका श्रेस्तेदार लेखनाथ अर्यालले बताए।  

यसअघि खाँलाई अदालतले डाँका/चोरी मुद्दामा २०७२ फागुन ४ गते १ लाख ९१ हजार ८ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय सुनाएको थियो। मुद्दा लागेपनि राजनीतिक पहुँचका आधारमा खाँ लुकीछिपी बस्दै आएका थिए। १३ वर्षदेखि भारतको अलिगढवामा बसेर खाँले अपराधिक क्रियाकलाप गर्दै आएको कपिलवस्तुका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेयले बताए। उनलाई जिल्ला प्रहरी कार्यालयको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको सिनामंगलबाट गत असार २१ गते पक्रेको थियो।

अदालतका श्रेस्तेदार अर्र्यालका अनुसार घटनापछि फरार खाँ विरुद्धको मुद्दा मुल्तबीमा राखिएको थियो। प्रहरीले पक्राउ गरी अदालतमा हाजिर गरेपछि ४ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा ब्युँतिएको अर्यालले बताए। ती ४ मध्ये २ वटा मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ भने २ वटा मुद्दामा तारेखमा राखेर कारबाही प्रक्रिया अघि बढाउन न्यायाधीश खनालले आदेश दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्ना श्रीमान् प्रेम परियारको हत्यामा श्रीमती शान्ता परियारले दिएको जाहेरी तथा शिवपूजन कुर्मीको हत्यामा बाबु ओम प्रकाश कुर्मीले दिएको जोहेरीमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो। प्रेम परियारको हत्याको मुद्दामा श्रवण कुमार मौर्यलाई सर्वस्वसहित जन्मकैद फैसला सुनाइएको थियो। मौर्य कारागारमा छन्।

नसिमले २०६३ जेठ १९ गते कपिलवस्तु फुलिका-३ का धर्मराज बरईका छोरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोप पनि छ। उक्त मुद्दा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुल्तबीमा र २०६४ वैशाख १७ गते कपिलवस्तु नगरपालिका-१ का सन्दीपकुमार गुप्ताको जिप रोकी बन्दुक देखाएर २ लाख डकैती गरेको मुद्दा सर्वोच्चमा मुल्तबीमा रहेको छ।

यस्तै २०६४ फागुन ६ गते कपिलवस्तु मोतिपुरका प्रेम परियारलाई गोली हानी हत्या गरेको, २०६५ भदौ ३० गते कपिलवस्तु नगरपालिका-१० की अकाला कोहारलाई गोली हानी हत्या गरेको र २०६५ कार्तिक ९ गते साविक पिपरा गाविसका तत्कालीन सचिव राममिलन प्रसाद गुप्तालाई गोली हानी हत्या गरेको मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा रहेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तै २०६७ बैशाख १३ गते कपिलवस्तु जिल्ला पकडी ६ का राजेन्द्र प्रसाद तिवारीको हत्या गरेको मुद्दा जिल्ला अदालत कपिलवस्तुमा थियो। यस्तै २०६४ चैत्र ९ गते कपिलवस्तु हथिहवा ३ का शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको मुद्दा कपिलवस्तु जिल्ला अदालतमा पेश भएको तथा २०७४ फागुन ३ गते पिपराका ४ वर्षीय बालक मोहम्मद अहेमानको हत्या गरी फरार भएको मुद्दा प्रहरीको अनुसन्धानमा रहेको छ।

२०६९ सालमा तत्कालीन एमालेको सदस्यता पाएका नसिमले नेकपाका जिल्ला र केन्द्रीय नेतासँग उठबस भएकाले उनी नेपालमा निर्धक्कसँग हिड्ने गरेका थिए। भारतको अलिगढवामा केन्द्र बनाएर उनले आफ्नो अपराधिक जालो फैलाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

२०६३ सालतिर तराईको भूमिगत संगठन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चामा कमान्डर बनेर उनी अपराधमा संलग्न भए। अपराधमा नसिमसहित यशोधरा गाउँपालिका-१ पुन्नीहवाका श्रमणकुमार मौर्य, शुद्धोधन गाउँपालिका हथिहवाका धर्मेन्द्र सिंह संलग्न रहेको प्रहरी उपरीक्षक दीप शमशेर राणाले बताएका छन्। ३ जना नै अहिले कारागारमा रहेको उनले बताए।

सम्बन्धित समाचार 
७ जनाको हत्यामा संलग्न नसिम पूर्व एमालेका सदस्य, मन्त्रीसँग एउटै मञ्चमा

सिरियल किलर नसिमको यस्तो छ, ७ हत्या शृंखला

 
 

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  २२:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्