काठमाडौं- नयाँ वानेश्वर खरिबोट क्षेत्रमा ढल निर्माणका क्रममा ठेकेदार कम्पनीले लापरवाही गरिरहेको भेटिएको छ।
उक्त क्षेत्रमा पुरानो ढलका पाइपलाई निकालेर ठूला पाइप बिछ्याउने क्रममा सडक खनेर १५ दिनदेखि अस्तव्यस्त छाडिँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन्।
ढलका पाइप बिछ्याउने क्रममा बिजुली, टेलिफोन तथा इन्टरनेटको तार काटेर त्यसै छाडिदिने र खानेपानीको पाइप पनि काटेर असरल्ल छाडिएको छ। निर्माणका क्रममा खानेपानीको पाइप काटेर ढलमा मिसाएपछि स्थानीय आक्रोशित भएका हुन्।
हेरौं भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।