• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २२, २०८३ Fri, Aug 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विपद्‌पछि देउवाको तराई-मधेस दौडाहा किन?

64x64
नेपाल लाइभ आइतबार, साउन ५, २०७६  १४:१२
1140x725

सुनसरीमा शनिबार बाढीप्रभावित क्षेत्रको निरीक्षण गर्दै देउवा। तस्बिर : रासस


काठमाडौं- वर्षायामको सुरुवातमै ४ दिनसम्म देशभर अविरल वर्षा भयो। वर्षापछिको बाढी, पहिरो तथा डुवानका कारण ९० जनाको मृत्यु भयो।

गृह मन्त्रालयले जारी गरेको पछिल्लो सूचनाअनुसार हालसम्म ३ हजार ६ सय ६६ जनाको उद्दार गरिएको छ। २९ जना बेपत्ता भएका छन् भने ४१ जना घाइते भएका थिए।

लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुवानका कारण देशभरका जनता प्रभावित भए। पहाडी क्षेत्रमा जनको क्षति धेरै भएको छ भने तराईका जिल्लामा धनको क्षति धेरै हुन पुग्यो।

विपत्तिले निम्त्याएको दुःखदायी परिस्थितिमा देश तथा विदेशबाट पनि नेपालीहरुले सहानुभूति प्रकट गरेकै छन्। कतिले शाब्दिक सहानुभूति प्रकट गरेका छन् भने कतिपयले भौतिक रुपमै राहत तथा उद्धारमा खटिएर मानवीय धर्म र सहानुभूति जताइ रहेका छन्।

राजनीतिक तहबाट प्रकट भएका सहानुभूतिमा विशेष गरि कांग्रेस सभापति शेरबहादुर देउवाको व्यवहार अर्थपूर्ण छ।

देउवा बाढी डुबानले बढी ग्रसित तराई-मधेसका जिल्लाको दौडाहामा छन्। यसको सुरुवात उनले ३० असारमा विज्ञप्ति निकालेर गरेका थिए। जतिबेला अविरल वर्षा रोकिएको थिएन, तर विपत्तिको असर देखिन भने सुरु भइसकेको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

प्राकृतिक विपत्तिको यस समयमा कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने उनले विज्ञप्ति मार्फत जनाएका थिए।

पछिल्ला ४ दिन
देउवा साउन महिनाका पछिल्ला ४ दिन लगातार बाढी प्रभावित तराई-मधेसका जिल्ला निरीक्षणमा छन्।

साउन १ गते  देउवा बाढीपीडितहरुको अवस्था बुझ्न रौतहट पुगे। उनले बाढी प्रभावित रौतहटको गढीमाई नगरपालिकाको लक्ष्मीपुर, धनारी र  दुर्गा भगवति गाँउपालिकाको १, २, र ५ नम्बर वडा तथा सदरमुकाम गौरको स्थलगत निरीक्षण गरे।

निरीक्षणकै क्रममा देउवाले सरकारप्रति असहमति पनि जनाए।

प्राकृतिक प्रकोपका बेला पनि सरकार जनताप्रति संवेदनशील नभएको आरोप लगाउँदै देउवाले विपद्‌का बेला सिंगो देश एकजुट हुनुपर्नेमा सरकार आफ्नै दम्भमा हिँडेको समेत बताए।

रौतहट गृह जिल्ला भएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालप्रति पनि उनले आफ्नो आलोचना सोझ्याएका थिए। जनताप्रति संवेदशील नभई हेलिकोप्टर चार्टर गरी घुम्ने काम गरेको भन्दै उनले नेता नेपालको आलोचना गरेका हुन्।

नेता नेपाल गत बुधबार मन्त्रीहरुको जम्मो टोलीसहित गृहजिल्ला रौतहट पुगेका थिए। अनुगमनमा जाँदा स्थानीय पीडितसँग कुराकानी समेत नगरी हेलिकोप्टरबाटै अनुगमन गरेर फर्किएको भन्दै उक्त टोलीको आलोचना भएको थियो।

साउन २ मा सभापति देउवा महोत्तरीका बाढी तथा डुवान प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गए। बर्दिवास पुगेका स्थानीय पीडितका कुरा सुनेका देउवाले सबै आग्रह/पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए।

साउन ३ गते देउवा तराईको अर्को जिल्ला सप्तरी पुगे। सप्तरीको बाढीबाट अतिप्रभावित क्षेत्रको अनुगमन गर्ने क्रममा उनले सरकामाथि आक्रोस पोखे।

सदनको नियमित एजेण्डा स्थगित गरेर बाढीपीडितलाई सहयोग गरौं भन्ने प्रस्ताव राख्दा सत्ता पक्षले सूचना टाँसेर संसद् बैठक स्थगित गरेको भन्दै उनले आक्रोस पोखेका थिए। 

सरकारमै भएका मधेस केन्द्रित दलले पनि मधेसका जनताको भावनाको दुरुपयोग गरेको उनले आरोप लगाए। चुनावका बेला मधेसी भन्दै मत मागेका नेताहरूले जनता ५ दिनदेखि भोको र अनिदो रहँदा पनि वास्ता नगरेको उनले सप्तरी निरीक्षणका क्रममा आरोप लगाएका थिए।

बाढीपीडितहरुसँग कुराकानी गर्नुका साथै उनी बाढीले कटान गरेका स्थलहरुको समेत निरीक्षण गर्न निस्किएका थिए। सो क्रममा उनले राहत र पुनर्स्थापना तथा दिगोरुपमा समस्या समाधानका लागि संसद्‌मा जोडदार आवाज उठाउने प्रतिवद्धता पनि जनाएका थिए।

साउन ४ गते पनि देउवा बाढी प्रभावित तराईकै जिल्लामा रहे। उनले शनिबार सुनसरीमा बाढीले क्षति पुर्‍याइएका स्थान तथा पीडितहरुसँगै बिताए। उनीहरुका समस्या तथा गुनासा सुने। र राहत तथा पुनर्स्थापनाका लागि सरकारलाई आग्रह समेत गरे।

देउवाको मधेस स्वार्थ 
आफ्ना केही मन्त्रीहरुलाई बाढी प्रभावित क्षेत्रमा पठाए पनि प्रधानमन्त्री केपी शर्मा ओली आफैं भने निरीक्षणमा निस्किएनन्। नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि बाढी प्रभावित जिल्लाको निरीक्षणमा अहिलेसम्म निस्किएका छैनन्।‍

तर, देउवा भने प्रभावित क्षेत्रमा लगातार पुगिरहेका छन्, किन?

बाढी प्रभावितप्रति सहानुभूति देखाउँदै तराई-मधेसको दौडाहामा देउवा निस्कनुमा उनको राजनीतिक स्वार्थ पनि छ।

खासगरी विसं २००३ मा विराटनगर जुट मिलमा औद्यौगिक मजदूरहरूले हडतालको नेतृत्व गरेर स्थापित भएको कांग्रेसको जग भनेकै तराई-मधेस क्षेत्र हो। प्राय: चुनाव तराईकै मतले जित्ने गरेको कांग्रेस भने पछिल्लो समय मैदानी भू-भागमा खुम्चिन पुगेको छ।

खासगरी तराईमा क्षेत्रीय दलको आगमनसँगै कांग्रेसको मतमा कटौती हुन थालेको हो। २०६४ सालको पहिलो संविधानसभा चुनावयता उसको तराईको मत निरन्तर घटिरहेको छ।

समयक्रमसँगै पछिल्लोपटक २०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा कांग्रेसको अवस्था निकै कमजोर बन्न पुग्यो। प्रत्यक्ष तर्फको कूल १६५ निर्वाचन क्षेत्रमध्ये २३ सिट मात्रै जित्न सकेको कांग्रेसले तराईमा १६ सिट मात्रै जित्यो।

जबकि मैदानी भू-भागलाई आधार बनाएका पार्टीहरु राष्ट्रिय जनता पार्टी (राजपा)ले ११ र तत्कालीन संघीय समाजवादी फोरम नेपालले १० सिट ल्याउन सफल भएको थियो।

०६२/६३ को जनआन्दोलजपछि मधेश केन्द्रित राजनीतिमा जमेका यी दुई दलले कांग्रेसभन्दा बढी क्षेत्रमा चुनाव जित्न सफल भए। कांग्रेस र देउवाको स्वार्थ यहींनेर हो।

आफ्नो पकड क्षेत्र तराई आफूहरुबाट फुत्किन लागेको चिन्तामा रहेका देउवाले प्राकृतिक प्रकोपलाई राम्रो अवसरको रुपमा प्रयोग गरेको हुनसक्छ।

विपद्पीडित स्थानीय जनताका घरआँगनमा गएर स्थानीयका दुःखमा सहानुभूति प्रकट गर्ने र उनीहरुका मन जितेर गुमेको साख फर्काउने रणनीति उनको घुमघामको ‘ट्रेन्ड’ले देखाउँछ। यसमा कांग्रेसका केही प्रभावशाली नेताहरु पनि सहमत रहेको बताउँछन्।

कांग्रेसका एक केन्द्रीय सदस्यले नजिकिँदै गरेको पार्टी महाधिवेशनमा आफ्नो पक्षको अवस्था बुझ्नु र सोहीअनुसार आफ्नो पक्ष बलियो बनाउनु पनि उनको अर्को अभिष्ट रहेको बताए।

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १४:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ
भाटभटेनी अब ‘२४/७’ मोडलमा, भक्तपुरबाट सुरु हुँदै चौबीसै घण्टा सेवा
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो कक्षा १२ को पूरक परीक्षाको नतिजा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
थाइल्यान्डको एक विद्यालयमा गोली काण्ड: ६ जना मारिए, आक्रमणकारी १४ वर्षीय बालक पनि मृत फेला शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
जेन-जी आन्दोलनमा जलेको निवास पुनर्निर्माणमा सरकारको २ करोड नलिने नेता कोइरालाको घोषणा शुक्रबार, साउन २२, २०८३
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार? शुक्रबार, साउन २२, २०८३
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सरकारी नयाँ तलबमान स्वीकृत- न्यूनतम २९ हजारदेखि अधिकतम ९० हजारसम्म बिहीबार, साउन २१, २०८३
८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ शुक्रबार, साउन २२, २०८३
निर्मला पन्त हत्या प्रकरणबारे सांसदलाई गृहमन्त्रीको प्रतिप्रश्न: तपाईंहरु सत्तामा हुँदा किन अनुसन्धान नगरेको ? बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
मधेशका शीर्ष नेताहरूसँग बालेनले भने- म संघीयता विरोधी होइन, बोलेको कुरा पूरा गर्छु शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्