काठमाडौँ– प्रहरीले काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार बिहान करिब २ बजेतिर उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा तामाङलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यसअघि पक्राउ परी कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।