दमास्कस- सिरियाको देइर अलजोरमा आइतबारयता गरिएका हवाई आक्रमणमा परी ६९ जनाको मृत्यु गएको सिरियाली मानव अधिकारवादी संस्थाले जनाएका छन्।
विस्थापित सिरियालीहरू रहेको यूफारेट्स नदी र नदीको पूर्वी किनारामा जाँदै गरेका डुंगामाथि हवाई आक्रमण भएको लन्डनस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।
सिरियाली सेनाले देइर अलजोरको राजधानीलाई विद्रोहीको कब्जाबाट छुटाउने क्रममा घेरा तोड्न आक्रमण गरेको हो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।