काठमाडौँ- 'नेपाल भ्रमण वर्ष-२०२०' नजिकिँदै गइरहेका बेला यसको प्रचार-प्रसारलाई व्यापक बनाउन बेलायतमा नेपालबारे प्रचार सुरु भएको छ।
बेलायतस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोड मिलेर लण्डनका ६० बसमा ‘बस ब्रान्डिङ क्यापेन’ सुरु गरेका हुन्।
लण्डनका पार्लामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, तारफालगार स्क्वायर, किङस्टन हाइ स्ट्रिट, अक्सफोर्ड स्ट्रिटमा लगायतमा चल्ने सार्वजनिक बसमा नेपालबारे लेखिएका सामग्री राखिने छ।
३ सातासम्म चल्ने उक्त अभियानमार्फत करिब ४५ लाख मानिसमा उक्त प्रचार पुग्ने आसा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।