काठमाडौंमा जग्गा खरिद-बिक्री गर्दै हुनुहुन्छ, यस्तो छ सरकारी मूल्य

नेपाल लाइभ | २०७६ श्रावण २ बिहीबार | Thursday, July 18, 2019 १४:२९:०० मा प्रकाशित

काठमाडौं- सरकारले मालपोत नियमावली, २०३६ को नियम ५ (ख) को उपनियम ४ बमोजिम काठमाडौं जिल्ला भित्रका विभिन्न क्षेत्रको जग्गाको सरकारी मूल्य तोकेको छ।

जग्गाको सरकारी मूल्य तोक्नुको प्रमुख कारण जग्गा खरिद बिक्रीबाट सरकारकालाई प्राप्त हुने राजस्व बढाउनु हो।

सरकारले क्षेत्रगत रुपमा तोकेको रेटभन्दा कम रकममा कारोबार भएको भनी कर तिर्न पाइने छैन। न्यूनतम सरकारी रेटअनुसार कर तिर्नुपर्ने हुन्छ। तर, सरकारी रेटभन्दा बढी रकममा कारोबार गरे त्यहीअनुसार कर तिर्नुपर्छ। 

सरकारले काठमाडौ महानगरपालिका र काठमाडौंको १० वटै नगरपालिकाभित्रको जग्गाको मूल्य तय गरेको हो।

सरकारले जग्गासँग सडक वा बाटो जोडिएको/नजोडिएको, जग्गाको प्रयोजनको अवस्था, जग्गाको वस्तुगत अवस्थिति, गत आव २०७५/०७६ मा भएको कारोबारको आधार अनुसार चालु आव २०७६/०७७ को लागि जग्गाको सरकारी रेट निर्धारण गरेको छ। नयाँ मूल्य साउन १ गतेदेखि लागू भइसकेको छ।

सरकारले तोकेको रेटमा बल्खुदेखि वनस्थलीसम्मको रिङरोडको दायाँबायाँको प्रति आना ३५ लाख रुपैयाँ रहने गरी मूल्य तोकिएको छ।

यस्तो छ अन्य स्थान सरकारी रेटको विवरण