काठमाडौं- ढुवानी सेवामा कर लगाउने विषयमा अध्ययन गर्न सरकारले कार्यदल गठन गरेपछि नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ईन्धन ढुवानी यथावत रुपमा शुचारु गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले ढुवानी क्षेत्रमा लागु हुने गरी मुल्य अभिवृद्धि कर कार्यान्वयनको विषयलाई लिएर पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुले साउन १ गतेबाट ढुवानी ठप्प पार्ने सरकारलाई चेतावनी दिएका थिए।
ढुवानी सेवामा कर लगाउने विषयमा अर्थमन्त्रालयले छानबिन समिति गठन गरिसकेको भन्दै उनीहरुले तत्कालका लागि आफ्नो विरोध कार्यक्रम स्थगित गरिएको जनाएका छन्।
यो पनि पढ्नुहोस् : ढुवानी सेवामा लाग्ने भ्याटप्रति व्यवसायीको आपत्ति, सरकारले गठन गर्यो छानबिन कार्यदल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।