• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रधानमन्त्री रोजगार कार्यक्रम : २५ हजारले पाए रोजगारी

64x64
नेपाल लाइभ मंगलबार, असार ३१, २०७६  १५:५१
1140x725

काठमाडौं- चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा २५ हजार ६ सयले रोजगारी पाएका छन्। ३० हजार युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यसहित १ सय ४८ स्थानीय तहमा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम २५ हजार ६ सय ५२ जनाले रोजगारी पाएका हुन्।

सो कार्यक्रमबाट २५ हजार युवाले सरदरमा १५ दिनको रोजगारी पाएको जानकारी प्राप्त भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। 

‘प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस आर्थिक वर्ष भित्र १ लाख ६ हजार बेरोजगार युवाहरुलाई रोजगारी दिने सरकारको लक्ष्य हो। कति स्थानीय तहबाट कति संख्यामा युवाहरुले रोजगारी पाए भन्ने पुरै तथ्यांक आइसकेको छैन,’ प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने मन्त्रालयका उपसचिव लोकनाथ भुसालले भने। 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहमा आजसम्म पनि काम भइरहेको भुसालले बताए। 

प्रधानमन्त्री रोजगार कार्यक्रममा हरेक श्रमिकलाई सरकारले निर्धारण गरिएको मजदुरको न्यूनतम पारिश्रमिक अनुसार ज्यालादर निर्धारण गरिएको भुसालको भनाइ छ। 

सरकारले २०७५ साउन १ गतेदेखि नै मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० निर्धारण गरेको छ। सो व्यवस्था अनुसार ३ सय २५ आधारभूत र १ सय ९२  महंगी भत्ता गरी दैनिक न्यूनतम ५ सय १७ रुपैयाँ कामदारले पाउँछन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकै गृहजिल्ला गुल्मीको धुर्कोटबाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् देशैभरका ७ सय ५३ वटै स्थानीय तहका युवा लाभान्वित हुने सरकारले योजना अघि सारेको थियो। 

सोही योजनामार्फत् पाल्पाको रम्भा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, दैलेखको गुराँसे गाउँपालिका, भक्तपुरका सूर्यविनायक, चाँगुनारायण लगायत ४ वटा नगरपालिका, अर्घाखाँचीका स्थानीय तह, भरतपुरका केही स्थानीय तह, खोटाङको रुपाकोट मझुवागढी नगरपालिकालगायत विभिन्न स्थानीय तहका बेरोजार प्रधानमन्त्री रोजगार कार्यक्रमबाट लाभान्वित भएको मन्त्रालयले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘ठ्याक्कै कति वटा स्थानीय तहबाट कति जना बेरोजगार युवाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी पाए भन्ने तथ्यांक मन्त्रालयसम्म आइपुगेको छैन, अझै केही समय लाग्छ,’ उपसचिव लोकनाथ भुसालले भने। 

प्रधानमन्त्री रोजगार कार्यक्रम उत्साहजनक भएको दाबी 
आन्तरिक रोजगारी प्रवर्द्धन गर्न सरकारले अघि सारेको लोकप्रिय प्रधानमन्त्री रोजगार कार्यक्रम केही आलोचित भएको थियो। फूलबारी गोड्ने, बाटोघाटो सफा गर्ने, फूलबारी गोड्ने, चौतारा बनाउने, बाँदर लखेट्ने जस्ता निःशुल्क श्रमदान गर्न सकिने काममा पनि सरकारले ठूलो बजेट खेर फालेको आरोप पनि सरकारमाथि आएको थियो। 

तर प्रधानमन्त्री रोजगार कार्यक्रमले आम युवाहरुमा उत्साह थपेको श्रम मन्त्रालयको दाबी छ। 

‘हामीले कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम उत्साहजनक रुपमा सफल भएको छ, बेरोजगारको चपेटामा रहेका युवाहरुले केही दिनको भएपनि रोजगारी पाए, उनीहरुलाई देशमै केही काम गर्नुपर्छ भन्ने उत्साह जागेको छ,’उपसचिव भुसालले थपे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधानमन्त्री रोजगार कार्यक्रममा भएका आलोचनात्मक टिकाटिप्पणीका बारेमा छानबिनका लागि प्रत्येक स्थानीय तहका रोजगार संयोजकलाई पारदर्शी रुपमा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनको अनुगमन प्रतिवेदन माग गरेको छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रम : कस्ता योजना सम्पन्न? 
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सरसफाई, चौतारा निमार्ण, बाटोघाटो निमार्ण, वृक्षरोपणलगायतका कार्यक्रम अघि सारिएको मन्त्रालयले जनाएको छ। कुन स्थानीय तहमा कुन योजना सम्पन्न भए सम्पूर्ण विवरण स्थानीय तहबाट आउन केही समय लाग्ने बताइएको छ। 

‘यस कार्यक्रममार्फत धेरै उत्साहजनक र राम्रा काम सम्पन्न भएका छन्, छोटो समय भएकाले ठूलाठूला आयोजना तिर गइएन,’ भुसालले जानकारी दिए। 

यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले २ अर्ब ३६ करोड ८० लाख बजेट छुट्याएको थियो। सो रकमबाट कति रकम खर्च भयो, कति बाँकी रह्यो भन्ने तथ्यांक निकाल्न केही समय लाग्ने मन्त्रालयले बताएको छ। 

आगामी आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् ५ लाख बेरोजगार युवाजनशक्तिलाई १ सय दिनको न्यूनतम रोजगारी प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को
सुदूरपश्चिमले लगातार दुई विकेट गुमायो, लुम्बिनीलाई मल्ल र महतोले दिलाए सफलता
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनपीएल–३ : सुदूरपश्चिमको ब्याटिङ ध्वस्त, १० ओभरमै ७ विकेट पतन सोमबार, कात्तिक ९, २०८३
एनपीएल–३ : पहिलो पावर प्लेमा सुदूरपश्चिमको चार विकेट पतन, गत फाइनलको झल्को सोमबार, कात्तिक ९, २०८३
सुदूरपश्चिमले लगातार दुई विकेट गुमायो, लुम्बिनीलाई मल्ल र महतोले दिलाए सफलता सोमबार, कात्तिक ९, २०८३
एनपीएल: सुदूरपश्चिमविरुद्ध लुम्बिनीले टस जित्यो, पहिला फिल्डिङ गर्दै सोमबार, कात्तिक ९, २०८३
एनपीएलको तेस्रो संस्करणको पहिलो खेलमै उपाधि प्रतिस्पर्धी आमनेसामने सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्