काठमाडौं– एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) पक्राउ परेका छन्।
मेजर प्रभवबिक्रम शाहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो। बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षिय बालिकासँग अप्राकृतीक यौन गतिविधि गरेको पीडितका आफन्तले जनाएका छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले जर्बजस्तीकरणी मुद्दामा म्याद थप गरी उनीविरुद्ध अनुसन्धान अघि बढाएको छ।
घटना पुस १४ गतेको हो। बालिकालाई आफन्तको घरको शौचालयमा आफ्ना यौन अंग चलाउने लगाएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर उनलाई पक्राउ गराएका थिए।
नम्बर २३ बाहिनी बाग्लुका कार्यरत मेजर शाह हाल सैनिक हिरासतमा रहेको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए। हाल उनी सैनिक प्रहरीको हिरासतमा छौं, अनुसन्धानका लागि प्रहरीलाई नै बुझाउछौं, उनले भने।
मेजर शाहविरुद्ध जर्बजस्तीकरणी मुद्दा अन्र्तगत बालयौनदुराचारसम्बन्धि कसुरमा कारबाही हुने महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रवी पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।