दमक- झापाको दमकमा एक भुटानी शरणार्थी युवकको शव फेला परेको छ।
भुटानी शरणार्थी शिविरसँगै रहेको हम्सेदुम्से सामुदायिक वनको सडक किनारमा बेलडाँगी–१ शरणार्थी शिविर हट नं २३६ का ३३ वर्षीय रघुनाथ गुरुङ मृतावस्थामा फेला परेका हुन्।
सडक किनारमा गुरुङको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। उनको मृत्युबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।