काठमाडौं– सुन तस्करीको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको पार्किङ एरियामा एक युवक पक्राउ परेका छन्। बिदेशबाट आका यात्रुहरुसँग ३ वटा बाला संकलन गर्दै गरेका अर्घाखाँचीको पाणिनी घर भई काठमाडौँ सामाखुशी बस्ने २३ बर्षीय दुर्गा घिमिरेलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
बैदेशिक रोजगारीबाट फर्किने युवाहरुले ६० ग्रामसम्म सुनका गहना ल्याउन पाउने भएकाहरुले उनीहरुलाई आर्थिक प्रलोभनमा पारी उनले सुन तस्करीमा प्रयोग गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।