एजेन्सी- इजिप्टको उत्तरी भेगमा रहेको सिनाईस्थित अल आरिश सहरमा इस्लामिक स्टेट (आइएस) का लडाकुहरुको आक्रमणमा परी १८ प्रहरीको मृत्यु भएको छ । सोमबार भएको आक्रमणमा आठ प्रहरी घाइते भएका छन्।
सडक किनारमा राखिएको बमले सुरक्षाकर्मीको बख्तरबंद गाडीहरुलाई निशानामा पारेको र त्यसपछि हतियारधारी लडाकुहरुले प्रहरीलाई घेरेर अन्धाधुन्ध गोली हानेको सुरक्षा बलले जनाएको छ।
इजिप्टको गृह मन्त्रालयले घटनाको पुष्टि गरेको छ । सन् २०१३ मा इजिप्टमा राष्ट्रपति मोहम्मद मोर्सीको सत्ता पल्टिएपछि इस्लामिक स्टेटका लडाकुहरुको आक्रमणमा परी अहिलेसम्म सयभन्दा बढी सुरक्षाकर्मीको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।