कायरो- रोहिंग्या मुसलमान समुदायले म्यानमारमा जातीय द्वन्द्व खेप्दै आएको राष्ट्रसंघीय अधिकारीले बताएका छन्।
मानवअधिकार परिषद्को ३६औं बैठकमा बोल्दै राष्ट्र संघको मानवअधिकार प्रमुख जेइद राड अल हुसेनले हिंसा प्रभावित क्षेत्रमा म्यानमारका अधिकारीहरूले अवरोध गरेकाले राष्ट्र संघको तर्फबाट अनुसन्धान गर्न नसकिएको बताए।
अल हुसेनले म्यानमारको राखिन राज्यमा सुरक्षाकर्मीहरूले गरिरहेको क्रूर सुरक्षा कारबाहीको निन्दा समेत गरे।
राष्ट्रसंघीय प्रवक्ताले हिंसामा परी तीन सातायता म्यानमारबाट तीन लाख १३ हजार जनता बंगलादेशमा विस्थापित भएको जानकारी दिए।
बंगलादेशमा विस्थापित भएका तीन लाख रोहिंग्या मुसलमानहरूलाई खाद्यान्न, बस्ने सामग्री, पानी, स्वास्थ्य सामग्री र अन्य सहयोग उपलब्ध गराइरहने राष्ट्र संघले यसअघि नै घोषणा गरेको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।