• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रधानमन्त्रीज्यू, यसरी हुँदैछ नेपाल एयरलाइन्समा फजुल खर्च

64x64
नेपाल लाइभ बिहीबार, असार १९, २०७६  १०:०४
1140x725

काठमाडौं– राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स अहिले चरम आर्थिक संकटमा परेको छ। नेपाल एयरलाइन्सको ऋण मात्रै ३९ अर्बभन्दा बढी भइसकेको छ। एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले विमान उडाएर ऋणको किस्ता र ब्याज तिर्न नसक्ने घोषणासमेत गरिसकेका छन्।

३९ अर्ब ऋण बोकेको पूर्ण सरकारी स्वामित्वको यो संस्थासँग अहिले वार्षिक किस्ताको रुपमा नै करिब ४ अर्बको दायित्व छ। 'वाइडबडी' विमान किन्न नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषसँग लिएको २४ अर्ब ऋको किस्ता तिर्न अहिले एयरलाइन्सले सकिरहेको छैन।

पुस, चैत र असारमा तिर्नुपर्ने किस्ता गरी एयरलाइन्सले नियमित किस्ताबापतको २ अर्ब ४० करोड रुपैयाँ तिर्न सकेको छैन। विमान नेपाल ल्याइएको १ वर्ष भइसक्दा पनि आधा क्षमतामा मात्र चलाएको एयरलाइन्सले दैनिक सञ्चालन खर्चको मात्र जोहो गरिरहेको छ। किस्ता तिर्नसमेत नसकेको भन्दै एयरलाइन्स व्यवस्थापनले सरकारसँग २० अर्ब रुपैयाँ माग गरिरहेको छ।

तर, एयरलाइन्सककै ६१औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ पनि नदिने घोषणा गरे। भएका विमानको पूर्ण क्षमतामा उपयोग नभएको, सम्भावित गन्तव्यमा उडान गर्न कुनै अग्रसरता नदेखाएको आफूले प्रष्ट देखेको भन्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्।

ऋणको किस्ता र ब्याजसमेत तिर्न नसकेको नेपाल एयरलाइन्सको फजुल खर्च भने दैनिक रुपमा बढिरहेको छ। एयरलाइन्सले विमान मर्मत तथा पाइलटको नियुक्तिमा मासिक करोडौं रुपैयाँभन्दा बढी फजुल खर्च गरिरहेको छ।

यसरी गर्दैछ निगमले फजुल खर्च
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानतर्फ २ वटा वाइडबडी ए-३३० र २ वटा एयरबस-३२० विमान छन्। यसैगरी आन्तरिकतर्फ ४ वटा वाई–१२, २ वटा एमए-६० चिनियाँ विमान र २ वटा ट्विनअटर विमान छन्।

निगमका दुई वटा एयरबस-३२० फुलफेजकै हाराहारीमा उडे पनि २ वटा वाइडबडी विमान आधा क्षमतामा मात्रै उड्न सकेका छन्।

यसैगरी आन्तरिक उडान भर्ने विमान भने २० प्रतिशतको क्षमतामा पनि उड्न सकेका छैनन्।

Ncell 2
Ncell 2
nimb
nimb

निगमका दुई वटा वाइडबडी विमान उडानमा अहिले ४ नेपाली ८ विदेशी पाइलट छन्। विदेशी पाइलटलाई निगमले कर सहित मासिक सरदर २० हजार डलर खर्च गर्दै आएको छ। ८ पाइलटकै लागि निमगले सरदर मासिक १ करोड ७६ लाख रुपैयाँ तलबमा खर्च गरिरहेको छ।

तर, वाइडबडी उडानमा रहेका ४ नेपाली पाइलट भने स्थायी नै हुन्। उनीहरुको मासिक तलब न्यूनतम ४५ घन्टाको कर कटाएर २ लाख २५ हजार रुपैयाँ मात्रै हो।

वाइडबडी उडानमा रहेका ८ विदेशी पाइलटको ठाउँमा निगमले नेपाली पाइलट नै उत्पादन गर्न सक्ने भए पनि पाइलट ल्याउँदा पाउने कमिसनका लागि विदेशी पाइलट नै नियुक्ति गरिरहेको छ। यसो भन्दै गर्दा कसरी विदेशी पाइलटको ठाउँमा नेपाली पाइलट ल्याउन सकिन्छ भने प्रश्न उठ्न सक्छ। यसको विकल्प हो, एयरबस-३२० उडाइरहेका पाइलटलाई एक साताको तालिम दिई बढीमा ५ हजार डलर खर्च गर्दै वाइडबडी उडानका लागि तयार गर्न सकिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फेरि, एयरबसको पाइइलटलाई वाइडबडीमा अपग्रेड गर्दा एयरबस-३२० उडाउने पाइलट कम हुने त होइन भने प्रश्न पनि खडा हुन्छ। तर, वाइडबडी उडानमा प्रयोग भएका विदेशी पाइलटको ठाउँमा एयरबस-३२० उडान गरिरहेका पाइलटलाई अपग्रेड गर्दा पनि कुनै समस्या हुँदैन। किनकी दुई वटा एयरबस-३२० उडानका लागि १४ जना पाइलटको आवश्यक पर्छ। तर, एयरलाइन्ससँग एयरबस-३२० उडानमा अहिले २ विदेशीसहित २३ जना पाइलट छन्। त्यसमा पनि दुई विदेशी पाइलटले मासिक २० हजार डलरका दरले तलब खाँदै आएका छन्।

बढी भएका ९ जनामध्ये २ विदेशी पाइलटबाहेक पनि ७ नेपाली पाइलटलाई ए-३३० उडानका लागि एक साताको तालिम गराएर अपग्रेड गर्न सकिन्छ। यसबाट पनि नेपाल एयरलाइन्सको मासिक १ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम जोगिन्छ।

किनकि एयरबस उडान गरिरहेका नेपाली स्थायी पाइलट र वाइडबडी उडान गरिरहेका स्थायी पाइलटको ४५ घन्टाको न्यूनतम तलब समान अर्थात् २ लाख २५ हजार रुपैयाँ मात्रै हो।

योसँगै निगमले अक्टोबरदेखि विमान नै नउडाउने बोइङका ५ पाइलटका लागि पनि  मासिक २ लाख २५ हजार रुपैयाँ खर्च गर्दै आएको छ। निगमसँग रहेको बोइङ पनि बिक्रीका लागि लिलामी सूचना जारी भएको छ। जसका कारण बोइङ उडान गर्ने ५ पाइलटलाई पनि अपग्रेड गरेर ए-३३० वा ए-३२० को पाइलट बनाउन सकिन्छ। यसका लागि प्रतिपाइलट १८ लाख रुपैयाँ खर्च गरे पुग्छ। अहिले विदेशी पाइलटलाई मासिक दिँदै आएको रकमभन्दा पनि कममा बोइङ उडान गरिरहेका पाइलटलाई ए-३३० वा ए-३२० को पाइलट बनाउन सकिन्छ।

यसैगरी ए-३२० मा पाइलटको संख्या बढी हुँदाहुँदै पनि एयरलाइन्स व्यवस्थापनले पाकिस्तानका पाइलट मोहम्मद घानीलाई केही महिना अगाडि मात्रै भित्र्याएको छ। एयरलाइन्स व्यवस्थापनले घानीलाई आइपी पाइलट भन्दै भित्र्याएको हो। जबकि एयरबस-३२० उडानमा आइपी पाइलटको रुपमा नेपाली सुवास रिजाल र भारतीय नागराज यसअघि नै कार्यरत थिए।

एयरबस-३२० को पार्टपुर्जा मर्मत नगर्दा मासिक करोडौं रुपैयाँ खर्च हुँदै
निगमले अहिले अन्तर्राष्ट्रिय उडानमा दुई वटा एयरबस-३२० विमान प्रयोग गरिरहेको छ। यसरी अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुँदै आएको एयरबस (लुम्बिनी नाम दिइएको) विमानको एपियू (विमान स्टार्टमा आवश्यक पार्ट) बिग्रिएको जुलाई ३ सम्म आइपुग्दा १ सय १० दिन भएको छ। यो पार्ट बिग्रिँदा विमान जिपियूमार्फत स्टार्ट गरिँदै आएको छ।

लुम्बिनी एयरबसले दैनिक ४ वटा सेक्टरमा उडान गरिरहेको छ। एपियू बिग्रिएपछि जिपियू प्रयोग गर्दा प्रतिसेक्टर १८ सय डलर खर्च गर्नुपर्छ। प्रतिसेक्टर १८ सय डलरका दरले १ सय १० दिनमा प्रतिदिन ४ सेक्टरको लागि जिपियू प्रयोग गर्दा मात्रै बिहीबारको दररेटअनुसार ८ करोड ७१ लाख २० हजार खर्च भइसकेको छ। यसको मर्मत गर्ने हो भने अधिकतम ५० लाख रुपैयाँ मात्रै लाग्छ।

यसैगरी एयरबस-३२० ‘सगरमाथा’को पनि एपियू बिग्रिएको जुलाई ३ सम्ममा ४० दिन भइसकेको छ। यसले पनि प्रतिदिन ४ सेक्टर उडान गर्दै आएको छ। यसका लागि पनि सोही हिसाबमा खर्च हुँदा एयरलाइन्सलाई ३ करोड १६ लाख ८० हजार रुपैयाँको थप भार परेको छ। एयरलाइन्सले दुई वटै एपियू मर्मत गरेको भए १ करोड रुपैयाँ मात्रै खर्च हुन्थ्यो।

बोइङ उडानका ५ पाइलट बेरोजगार बन्दै
एयरलाइन्सले पुरानो बोइङ बिक्री गर्ने भएसँगै बोइङ उडान गर्दै आएका ५ पाइलट पनि बेरोजगार भएका छन्। उनीहरुको काम कार्यालय आउने र हाजिर गर्ने मात्रै भएको छ। विमान उडाउन नपाएका ५ पाइलटले मासिक न्यूनतम ४५ घन्टाको २ लाख २५ हजार रुपैयाँ भने पाउँछन्। किनकि उनीहरु निगमका स्थायी पाइलट हुन्।

२८ अक्टोबर, २०१८ मा निगमले मर्मतका लागि बोइङ मलेसिया पठाएको थियो। विमान मर्मतपछि १६ जनवरी, २०१९ मा विमान मलेसियाबाट काठमाडौं आउँदै थियो। तर, उडिरहेकै समयमा विमानको 'विङ स्क्रिन' बिग्रन गयो। समस्या आए पनि विमान काठमाडौं विमानस्थलमा अवतरण गरिएको थियो।

त्यसपछि केही दिन विमान ग्राउन्डेड भयो। ग्राउन्डेड भएको विमान प्राविधिक टोलीले मर्मत गरेर उडानयोग्य बनाए। तर, विमान उडान नै नगरी बिक्री गर्ने भन्दै लिलामी सूचना प्रकाशन भएपछि ५ जना पाइलट बेरोजगार भएका हुन। उनीहरुलाई एमए-६०, वाई–१२, ट्विनअटर, एयरबस तथा वाइडबडी विमान उडानका लागि तालिम दिँदै उडानयोग्य पाइलट बनाउन सकिन्छ।

कहिलेकाहीँ मात्रै उड्छ वाई–१२
चीनबाट खरिद गरेर ल्याइएको ४ वटा वाई–१२ विमान पनि कहिलेकाहीँ मात्रै उड्ने गरेको छ। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्ससँग वाई–१२ विमान ४ वटा भए पनि १ सय ८० दिनमा ४० वटा मात्रै उडान गरेको छ।

वाई–१२ विमान उडानकै लागि निगमले ६४ वर्षीय पाइलट फिजियोनाथ नेपाली र ६२ वर्षीय केबी लिम्बुलाई मासिक सरदर ११ लाख रुपैयाँ खर्च गर्दै भित्र्याएको छ। उनीहरुको अहिले तालिम भइरहेको छ। तर, वाई–१२ उडानमै पाइलट अभाव रहेका बेला आवश्यक मात्रामा पाइलट रहेको एयरबस-३२० को तालिममा वाई–१२ विमान उडान गरिरहेका पाइलटलाई पठाउँदा समस्या खडा भएको हो। वाई–१२ विमानका दुई पाइलट सञ्जय वादे र नृपेन्द्र भट्टराईले अन्य पाइलटलाई अपग्रेड तालिममा पठाउँदा आफूहरुलाई अन्याय भएको भन्दै विरोध गरिरहेका छन्।

जबकि वाई–१२ विमान उडानका लागि बोइङ उडान गरिरहेका तर, अहिले बेरोजगार भएका पाइलटलाई तालिम दिएको भए केबी लिम्बु र फिजियोनाथ नेपालीका लागि खर्च गरिएको रकम जोगिने थियो।

एमए-६० का आइपी पाइलट नै नहुने गरी ए-३२० को तालिममा पठाउँदै निगम
नेपाल एयरलाइन्ससँग अहिले २ वटा एमए–६० विमान छन्। त्यसमा एउटा मात्र विमानले उडान भरिरहेको छ। तर, उडान भरिरहेको अवस्थामा एमए-६० का एक मात्रै आइपी (प्रशिक्षक) पाइलट गोपाल सिंह विष्टलाई ए-३२० पाइलट तालिममा पठाउने गरी निमग व्यवस्थापनले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ। साथै एमए-६० उडान गरिरहेका प्रशन्न राणालाई पनि ए-३२० कै पाइलट तालिममा पठाउन लागिएको हो।

योसँगै एम-६० मा पनि पाइलट अभाव हुने अवस्था आएको छ। यसअघि पनि एमए-६० कै दुई जना पाइलट हुने अवस्थामा पुगेका को–पाइलटलाई ए-३२० को को–पाइलट तालिममा पठाइसकिएको थियो। उनीहरु तालिम सकेर आइसकेका छन्। दुई वटा एमए-६० विमान उडानका लागि ५ पाइलट चाहिने भए पनि करारका २ पाइलट राजेन्द्रमान शाक्य र सतिष विक्रम शाह मात्रै छन्। उनीहरुलाई पनि एयरलाइन्सले मासिक ६ लाख रुपैयाँ खर्च गरिरहेको छ।

यसैगरी, ट्विनअटर विमानमा पनि ३ जना करार पाइलट नै राखेर निगमले अनावश्यक खर्च गरिरहेको छ। टिवनअटर विमान उडान गर्ने पेम्बा शेर्पाले ८ लाख, मनेष विष्टले ८ लाख र अभिषेक राईले ६ लाख ५० हजार रुपैयाँ तलब खाँदै आएका छन्।

साथै २०७४ असारमा एयरलाइन्सको स्थायी सेवाका लागि अयोग्य ठहर भई बर्खास्त भएका पाइलट आङनुरी शेर्पालाई पनि एयरलाइन्सले मासिक १५ लाखभन्दा बढी खर्च गर्दै वाई-१२ को आइपी पाइलटको रुपमा खटाएको छ।

सम्बन्धित

  • नेवानिप्रति प्रधानमन्त्रीको प्रश्न- यथास्थितिमा रकम दिन सक्दैनौं, विमान उडाउन ल्याएकाे कि लडाएर राख्न? [भिडियोसहित]
  • नेपाल एयरलाइन्सलाई बोझ बन्दै कार्यकारी अध्यक्ष खरेल

  • जहाज उडाउनै नपाएका नेपाल एयरलाइन्सका १२ पाइलट

  • नेपाल एयरलाइन्सको वाइडबडी 'अन्नपूर्ण' ग्राउन्डेड

  • ​​नियम विपरीत विदेशी पाइलटलाई जहाज उडान गर्न दिँदै नेपाल एयरलाइन्स

  • वाइडबडीले साढे ३ घन्टा आकाशमै फन्को मारेको विषयमा प्राधिकरणले थाल्यो छानबिन

  • नेपाल एयरलाइन्स रोकेर विमानस्थलले दियो ड्रागन एयरलाई उडान अनुमति, यात्रु आक्रोशित

  • नेपाल एयरलाइन्सको जहाजलाई उडान रोक लगाएको विषयमा अध्ययन गर्न छानबिन समिति

प्रकाशित मिति: बिहीबार, असार १९, २०७६  १०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्