• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

जहाज उडाउनै नपाएका नेपाल एयरलाइन्सका १२ पाइलट

हाजिर गर्दै तलब लिँदै
64x64
नेपाल लाइभ मंगलबार, वैशाख १७, २०७६  १६:५०
1140x725

काठमाडौं- नेपाली आकाशमा उडान गर्ने पाइलट अभाव भएका समाचार नसुन्ने नेपाली विरलै होलान्। पाइलट अभाव भएको भन्दै विदेशी पाइलट ल्याएर उडान गर्ने चर्चा पनि बेलाबेला चल्दै आएको छ। नेपाल एयरलाइन्सले समेत यी विषयलाई बहसमा उतार्ने गरेको छ। तर सोही राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्समा १२ जना हवाइ चालक दलका यस्ता सदस्य पनि छन्, जसले जहाज उडान गर्नै नै पाएका छैनन्।  

एयरलाइन्सका ७ जना पाइलट र ५ जना को-पाइलटले जहाज लामो समदेखि जहाज उडान गर्न नपाएका हुन्। अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुँदै आएको जहाज बोइङ-७५७ र वाई–१२ जहाज उडान गर्ने पाइलटले उडान गर्न नपाएको लामै समय व्यतीत भइसकेको छ।

बोइङ उडान गर्ने क्याप्टेनहरु ओमबहादुर गुरुङ, शुक्र शमशेर जबरा, दिपाल शेरचन, राजन मानन्धर र सन्तोष शर्माले जहाज ग्राउन्डेड भएका कारण गत अक्टोबरदेखि जहाज उडान गर्न पाएका छैन्।

यसैगरी वाई-१२ जहाजका पनि दुई जना स्थायी पाइलट सञ्जय वादे र नृपेन्द्र भट्टराईले पनि जहाज उडान गर्न पाएका छैनन्। वाई–१२ जहाजमा नै को–पाइलटका रुपमा काम गर्दै आएका सृजना राउत, लिब्रटी भण्डारी, विजय अवाले रवीन केसी र महेशराज पाण्डे गरी ५ जनाले पनि जहाज उडान गर्न पाएका छैनन्।

जहाज उडान गर्न किन पाएनन् बोइङका पाइलटले?
नेपाल एयरलाइन्सको एउटा बोइङ जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको थियो। तर, निगमले सो जहाज २८ अक्टोबर, २०१८ मा मर्मतका लागि मलेसिया पठायो। मर्मतपछि सो जहाज १६ जनवरी, २०१९ मा मलेसियाबाट काठमाडौं आउँदै थियो। तर, आकाशमा उडिरहेकै बेला ’विङ स्क्रिन’ बिग्रन पुग्यो। आकाशमा नै समस्या आएको भएपनि सो जहाज काठमाडौं विमानस्थलमा सफल अवतरण गर्न भने सफल भयो। 

त्यसपछि यो जहाज केही दिन विमानस्थलमा नै ग्राउन्डेड भयो। ग्राउन्डेड जहाज प्राविधिक टोलीले मर्मत गरेर उडानयोग्य त बनाए तर यतिबेलासम्ममा बोइङ उडान गरिरहेका पाइलटहरुको सिप परीक्षण प्रमाणपत्र (पिपिसी) म्याद सकिइसकेको थियो। यसरी उडान भर्दै आएका केही पाइलट कामविहीन बन्न पुगे। 

ग्राउन्डेड भएको सो बोइङ जहाज निगमले बिक्री गर्ने घोषणा गरिसकेको छ। अब यो जहाजबाट निगमले फेरि उडान भर्ने संभावना कम छ। तर, ५ जना स्थायी पाइलटको भने अफिस आउने र हाजिर गरेर घर जाने  काम मात्रै भएको छ। स्थायी पाइलटका हकमा निगमले मासिक ४५ घन्टा बराबरको सेवासुविधा ग्यारेन्टी गरेको छ। 

यसरी जहाज उडान गर्न नपाएका पाइलटले करबाहेक मासिक २ लाख २५ हजार रुपैयाँ पाउने गर्छन्। अहिले ५ जना पाइलटले जहाज उडान गर्न नपाएपनि न्यूनतम तलब भने पाइरहेका छन्। यी पाइलटले जहाज उडान गर्न पाएका भए उनीहरुको मासिक आम्दानी ५ लाखको हाराहारीमा हुन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

बोइङका ५ जना पाइलटमध्ये दुई जना भने ए-३३० जहाजमा को-पाइलट तालिममा आवश्यक अंक प्राप्त गर्न नसकेर पुनः बोइङमै फर्केका हुन्।

वाई-१२ मा पनि समस्या उस्तै
यसैगरी, नेपाल एयरलाइन्सका वाई-१२ जहाज उडान गर्ने २ जना पाइलट र ५ जना को-पाइलटले पनि जहाज उडान गर्न पाएका छैनन्। निगमसँग ४ वटा वाई-१२ जहाज भएपनि पाइलटको पिपिसी (सिप परीक्षण प्रमाणपत्र) र रुट चेक नवीकरण नहुँदा जहाज उडान गर्न नपाएका हुन्। यसै कारण निगमका ४ वटै वाई-१२ जहाज ग्राउन्डेड छन्। 

वाई-१२ जहाज उडानकै लागि करारमा नियुक्त भएका दुई जना फिजियोनाथ नेपाली र केबी लिम्बूको तालिम तथा परीक्षा समेत सुरु भएको छैन। वाई-१२ जहाजका एक मात्र आइपी पाइलट आङनुरी शेर्पा अमेरिका पलायन भएसँगै यी पाइलटहरुले जहाज उडान गर्न नपाएका हुन्। 

शेर्पाले आफ्नो पिपिसी नवीकरण गरेपनि सिनियर पाइलट वादेको पिपिसी नवीकरण र भट्टराईको रुट चेक नगरिदिँदा दुबै पाइलटले जहाज उडान गर्न पाएनन्। जहाज उडाउन नपाएका पाइलट तथा को-पाइलटले  न्यूनतम तलब भने पाइरहेकै छन्। तर, वादेले पनि पुसदेखिको न्यूनतम तलब पनि पाएका छैनन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

वाई-१२ जहाज उडान गर्ने पाइलटको मासिक न्यूनतम तलब करबाहेक १ लाख ७५ हजार र पाइलटको मासिक तलब ७५ हजार रुपैयाँ बराबर हुन आउँछ।

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह बुधबार, कात्तिक ४, २०८३
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम बुधबार, कात्तिक ४, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
अभिनेता महेश त्रिपाठीको दशैँ अनुभव- एक पटक पिङबाट लडेर बेहोस भएको थिएँ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्