उत्तम काप्री/काठमाडौं- त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल एयरलाइन्सलाई दुबइ उडानमा रोक लगाई विदेशी एयरलाइन्स ड्रागनालाई उडान अनुमति दिएको छ। नेपाल एयरको दुबइ उडानका लागि तयारी अवस्थामा रहेको जहाज रोकी विमानस्थलको टावर कन्ट्रोलले ड्रागनलाई उडान भर्न अनुमति दिएको हो।
नेपाल एयरलाइद्दुको फुल अकुपेन्सी रहेको वाइडबडी जहाजका लागि अन्तिम समयमा रोक लगाएको विमानस्थल कार्यालयको एक उच्च स्रोतले जानकारी दिइयो।
नेपाल एयरलाइन्सले दुबइ उडानका लागि बेलुका ६ बजेदेखि ह्यांगरबाट पार्किङमा जान समय मागेको थियो। नेपाल एयरका लागि अन्तिम समयमा यात्रु हाल्न समय दिइयो तर सबै यात्रु र सामान हाली जहाज उड्न ९ : ४५ बजे डोर क्लोज समेत गरेको थियो।
विमानस्थल कार्यालयले दुबै जहाजलाइ एकैपटक उडान अनुमति दिन नसक्ने भन्दै नेपाल एयरलाइन्सको जहाज रोक लगाएको हो। विमानस्थलले १० बजेपछि रन-वे पीचको काम सुरु हुने भन्दै राष्ट्रिय ध्वजावाहक विमान रोकी विदेशीलाई उडान अनुमति दिएको छ।
उडान बन्द भएपछि यात्रुले अहिले विमानस्थलमा आक्रोशित बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।