काठमाडौं- गुरुङ समुदाय आज नयाँ वर्षको स्वागतमा रमाइरहेको छ। पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागतमा गुरुङ समुदायका नागरिक आज ‘तमु ल्होसार’मा झुमेका छन्।
गुरुङ समाजका अध्यक्ष रेशम गुरुङका अनुसार ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ।
‘तमु ल्होसार’को अवसरमा आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ। यहाँ गुरुङ समुदायको संस्कृति, विभिन्न परिकार लगायत सांस्कृतिक कार्यक्रमको प्रस्तुति भइरहेको छ।
गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा पनि ल्होसारको उल्लास छ। यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यस वर्ष शनिबार नै यो उत्सव परेको छ।
काठमाडौंको टुँडिखेलमा तमु ल्होसारको रौनक-




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।