काठमाडौं– युवतीहरुलाई बेश्यावृत्तिमा लगाएको आरोपमा गोंगबुस्थित एक रेष्टुरेन्टका दुई संचालकलाई प्रहरीले पक्राउ गरेको छ। हेमन्त गैरे र सोनु राईलाई महानगरीय प्रहरी वृत्त महाराजगंजले बिहिबार पक्राउ गरेको हो।
उनीहरुको रेष्टुरेन्टमा काम गर्ने एक युवतीले आफुलाई जर्बजस्ती बेश्यावृत्तिमा लगाएको जाहेरी दिएकी छिन्। पीडितले जाहेरी दिएपछि उनीहरुलाई मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको महाराजगंज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले बताए।
गैरे र राईले रेष्टुरेन्टमा बेश्यालय चलाउदै आएको प्रहरीले जनाएको छ। रेष्टुरेन्टसँगै रहेको कोठामा उनीहरुले बेश्यावृत्ति गराउदै आएका थिए। रेष्टुरेन्टमा काम गर्न राखिएका युवतीहरुलाई नै बेश्यावृत्तिम लगाउदै आएको प्रहरीले जनाएको छ। गोंगबु क्षेत्रमा बेश्यावृत्तिको आरोपमा पटक पटक होटल संचालक तथा कर्मचारीलाई पक्राउ गरेपछि जाहेरी नपर्दा प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएर छाड्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।