काठमाडौं– रौतहटबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७७६ नम्बरको बसमा नागढुङगामा चेकजाँच गर्ने एक शुक्रबार बिहान एक शंकास्पद युवक भेटिए। उनले शरिरमा अस्वभाविक मोटो कपडा लगाएको देखियो। लागूऔषध लुकाएको आशंकामा प्रहरीले खानतालासी लियो।
तर, उनको शरिरमा लागूऔषध नभई पैसाको बिटो थियो। पैसा पनि थोरै होइन ३२ लाख रुपैयाँ थियो । शरिरका विभिन्न भागमा कपडाभित्र लुकाएर उनले त्यसरी पैसा लिएर काठमाडौं आएका थिए। महानगरीय प्रहरी प्रभाग नागढुङगाले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
भारतको सितामडी घर भएका सोनु कुमार चौधरी नाम गरेका ती युवक रौतहटको एक हार्डवेयर पसलका कर्मचारी हुन्। बसमा पैसा चोरी हुनसक्ने भएकाले आफुले त्यसरी शरिरमा लुकाएको उनले बताएको नागढुङगा प्रभागका प्रमुृख इन्सपेक्टर केशबराज भट्टले जानकारी दिए । कारोबारकै रकम बताएपछि स्रोत खुल्न नसकेकाले उनलाई प्रहरीले थुनामै राखिएको छ। पैसाको स्रोत खुलाउन सके फिर्ता दिइने इन्सपेक्टर भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।