• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

प्रतिपर्यटक खर्च १० डलरले घट्यो, बसाइ अवधि पनि कम

64x64
नेपाल लाइभ बुधबार, असार ११, २०७६  १२:५९
1140x725

काठमाडौं– नेपाल भ्रमणमा आउने पर्यटकले गर्ने खर्च २०१७ को तुलनामा सन् २०१८ मा २२ दशमलव ७३ प्रतिशतले कमी आएको छ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पर्यटक आगमनसँगै उनीहरुले गर्ने क्रियाकलापको विवरणमा सन् २०१७ को तुलनमा सन् २०१८ मा प्रतिपर्यटक खर्चमा १० डलरले कमी आएको हो। सन् २०१७ मा नेपाल भ्रमणमा आउने एक विदेशी पर्यटकले प्रतिदिन औसत ५४ डलर खर्च गरेका थिए। तर, यो संख्या सन् २०१८ मा प्रतिपर्यटक प्रतिदिन ४४ डलरमा झरेको छ। यो वर्ष इतिहासकै सबैभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएका थिए।

सन् २०१८ मा नेपाल आउने पर्यटकले कुल ७० करोड ३१ लाख ७९ हजार अमेरिकी डलर खर्च गरेका छन्। यो रकम सन् २०१७ को तुलनामा बढी भए पनि पर्यटक आगमनको हिसाबले कम हो। सन् २०१७ मा प्रतिपर्यटक खर्च ५४ डलरका दरले ६५ करोड ८० लाख ९२ हजार डलर थियो।

सन् २०१८ मा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ पुगेको थियो। यो संख्या सन् २०१७ को भन्दा २४ दशमलव ७७ प्रतिशतले बढी थियो। सन् २०१८ मा हवाई मार्ग हुँदै ९ लाख ६९ हजार २ सय ८७ र स्थलमार्ग हुँदै २ लाख ३ हजार ७ सय ८५ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। तर, सन् २०१७ मा नेपाल भ्रमणमा आएका ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटकमध्ये हवाई मार्ग हुँदै ७ लाख ६० हजार ५ सय ७७ र स्थल मार्ग हुँदै १ लाख ७९ हजार ६ सय ४१ पर्यटक नेपाल आएका थिए।

सन् २०१८ मा नेपाल भ्रमणमा आउने पुरुष पर्यटकको संख्या ६ लाख २४ हजार ९ सय २८ र महिला पर्यटकको संख्या ५ लाख ४८ हजार १ सय ४४ रहेको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

सबैभन्दा बढी ३१–४५ उमेर समूहका
सन् २०१८ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा सबैभन्दा बढी ३१ देखि ४५ उमेर समूहको रहेको छ। यो उमेर समूहका ३ लाख ६० हजार २ सय ३७ विदेशी नेपाल भ्रमणमा आएका थिए। यसैगरी सबैभन्दा कम १५ वर्षभन्दा तलका ५४ हजार ८ सय ७० जना नेपाल भ्रमणमा आएका थिए। यसैगरी १६ देखि ३० वर्ष उमेर समूहका २ लाख ६९ हजार ६ सय ४८, ४६ देखि ६० उमेर समूहका ३ लाख ३ हजार ४ सय ५२ र ६० वर्षभन्दा माथिका १ लाख ७३ हजार २ सय ९९ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

सबैभन्दा बढी भारतीय पर्यटक
सन् २०१८ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय पर्यटक रहेको बोर्डले जनाएको छ। यसैगरी दोस्रोमा चिनियाँ, तेस्रोमा अमेरिका, चौथौमा श्रीलंका र पाचौंमा बेलायतका पर्यटक रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

बिदामा आउने धेरै
सन् २०१८ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामध्ये सबैभन्दा बढी बिदाको समय सदुपयोग गर्न आउनेहरु छन्। बोर्डले सार्वजनिक गरेको तथ्यांकका आधारमा बिदा मनाउने पर्यटकको संख्या मात्रै ७ लाख ३ हजार ८ सय ४३ छ। यसैगरी धार्मिक यात्रामा आउने पर्यटकको संख्या १ लाख ८७ हजार ६ सय ९२ र ट्रेकिङ तथा हिमाल आरोहणमा आउनेको संख्या १ लाख ६९ हजार १ सय ८० जना रहेको बोर्डले जनाएको छ। यसबाहेक अन्य विभिन्न उद्देश्यसहित नेपाल आउने पर्यटकको संख्या भने १ लाख १२ हजार ३ सय ५७ रहेको छ।

सबैभन्दा बढी पर्यटक बोक्नेमा नेपाल एयरलाइन्स
सन् २०१८ मा नेपाल भ्रमणमा आएका पर्यटकमध्ये सबैभन्दा बढी पर्यटक नेपाल एयरलाइन्समार्फत आएका छन। यसैगरी दोस्रो धेरै पर्यटक बोक्नेमा जेट एयरवेज हो। तर, अहिले जेट एयरवेज आर्थिक संकटका कारण बन्द भइसकेको छ। यसैगरी तेस्रो बढी पर्यटक बोक्ने एयरलाइन्समा कतार, चौथौमा फ्लाई दुबई र पाचौंमा एयर इन्डिया रहेको छ।

पर्यटकको बसाइ घट्यो
सन् २०१७ को तुलनामा नेपाल आउने पर्यटकको संख्या २०१८ मा बढे पनि पर्यटकको नेपाल बसाइ अवधि भने घटेको छ। पर्यटकको बसाइ अवधि र खर्च घट्नु भनेको पर्यटनको क्षेत्रमा सुधार नआउनेको संकेत हो। सन् २०१८ मा औसतमा पर्यटकको बसाइ १२ दशमलव ४ दिनमा झरेको छ। यो अवधि सन् २०१७ मा १२ दशमलव ६ दिन रहेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

४ वटा तारेहोटल थपियो
सन् २०१८ मा थप ४ वटा तारेको होटल सञ्चालनमा आएका छन्। योसँग सन् २०१८ सम्ममा आइपुग्दा नेपालमा तारे होटलको संख्या १ सय २९ पुगेको छ। यो संख्या सन् २०१७ सम्ममा १ सय २५ थियो।

यसैगरी पर्यटकीय होटलको संख्या पनि सन् २०१८ मा आइपुग्दा ११ सय २५ वटा पुगेको छ। सन् २०१७ सम्म कुल ३९ हजार ८ सय ३३ होटलमा रहेको बेड संख्या सन् २०१८ को अन्त्यसम्म बढेर ४० हजार ८ सय ५६ पुगेको छ।

यसैगरी सन् २०१८ मा आइपुग्दा ट्राभल एजेन्सी ३५ सय ८, ट्रेकिङ ऐजेन्सी २६ सय ४९, पर्यटक गाइड ४१ सय २६ र ट्रेकिङ गाइडको संख्या १६ हजार २ सय ४८ पुगेको बोर्डले जनाएको छ।

(सबै तस्बिर : welcomenepal.com)

प्रकाशित मिति: बुधबार, असार ११, २०७६  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्