काठमाडौं– स्कुटर चोरी गर्दा गर्दै कोटेश्वरमा एक व्यक्ति समातिएका छन्। पार्किङ गरी राखेको स्कुटर चोरी गर्दै गरेको अवस्थामा बौद्ध बस्ने ओखलढुंगाको रगानी घर भएका ३० बर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट मोवाइल गस्तीमा खटिएको प्रहरी टोलीले शेर्पालाई गएराति काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर जडिबुटी स्थित स्माईला डान्सबार अगाडी पार्किङ गरी राखेको बा.५०प १७७ नम्वरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो। उनी पेशेवर चोर भएको आशंका गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।