काठमाडौं- वैदेशिक रोजगार व्यवसायीको आन्दोलन स्थगित भएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको जानकारी दिएको हो।
वैदेशिक रोजगार व्यवसायीका माग सम्बोधन गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छलफल गर्ने मनसायको पत्र प्राप्त भएको भन्दै संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो।
व्यवसायीले नगद धरौटीको ब्याज पाउनुपर्ने, हाल बन्द रहेको मलेसियाको रोजगारी खुलाइनुपर्नेलगायतका माग राखी आन्दोलन गर्दै आएका थिए।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।