काठमाडौं- आगामी आर्थिक वर्ष २०७६/७७ का लागि प्रतिनिधिसभामा पेस भएको विनियोजन विधेयक पारित भएको छ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक बहुमतले पारित गरेको हो।
आगामी आव को बजेटसँग सम्बन्धित ४ वटा विधेयक प्रतिनिधिसभाबाट पारित भएका छन्।
विनियोजन विधेयक–२०७६, आर्थिक विधेयक–२०७६, राष्ट्र ऋण उठाउने विधेयक–२०७६ र ऋण तथा जमानत (२३औं संशोधन)विधेयक, २०७६ पारित गरिएको हो।
अर्थमन्त्री डा युवराज खतिवडाले गत जेठ १५ गते सो विधेयक प्रतिनिधिसभामा पेस गरेका थिए।
आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्बको बजेट घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।