• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हुम्लाको दु:खान्त सडक राजनीति

64x64
नेपाल लाइभ मंगलबार, असार १०, २०७६  १२:३८
1140x725

वर्तमानका कुनै पनि घटनाले सुखान्त वा दु:खान्त परिणाम मात्र दिँदैनन्। विगतको पुरानो पल वा क्षण उल्ट्याएर मस्तिष्कमा बेजोडले सम्झनाको भुमरी चलाइदिन पनि सक्छ। हालसालै हुम्लाको खर्पुनाथमा ११ यात्रु बोकेर हिँडेको जिप कर्णाली नदीमा खसेको कथा पनि लेखकको निम्ति यस्तै घटना हो। खर्पुनाथवासीलाई शोकमा डुबाएको घटनाले आठ वर्षअघिको विष्णुबहादुर शाहीसँगको भेट सम्झायो, जो सडकसँगको सपना र निराशा दुवैसँग जोडिएको थियो। 

विष्णुसँगको भेट २०६९ सालको शरद ऋतुको समय हुम्लाको सदरमुकाम सिमीकोटमा भएको थियो। हिमाली जिल्ला हुम्लामा चिसो बढिसकेको थियो। त्यहाँको विजय होटलमा भेटिएका थिए, विष्णु। पेसाले विद्यालय निरीक्षक उनीसँग हुम्लाको सुखदु:खको कुराकानी भयो। उनीसँगको भेट अगावै मैले हुम्लावासीको सडकसँग जोडिएको सपना र राजनीतिक दलको हानथापबारे बुझेको थिएँ। कुराकानीको प्रसंगमा सडकको विषय पनि उठ्यो।

'हुम्लामा सडक त ७५ जिल्लामै पुगे मात्र पुग्छ,' हुम्लामा सडक कहिले पुग्छ भन्ने जिज्ञासालाई ठट्यौलो शैलीमा जवाफ दिएका थिए शाहीले। तिनै शाहीका आफन्त पनि यसपालिको दुर्घटना गुमेका छन्।

सडक विकास र समृद्धिको आधार हो। यसको लागि सडक सुरक्षित र सहज पनि हुनुपर्छ। बिनायोजना कोरिएका माकुरीको जालो जस्ता सडकले दुर्घटना मात्र निम्त्याउँछन्, जो ग्रामीण नेपाली सडकको वर्तमान अवस्था हो।

कुराकानी भइरहेको समय मुगु, डोल्पा र हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिनु बाँकी नै थियो। अहिले राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी जिल्ला हुम्ला मात्र हो। यस हिसावले शाहीको भविष्यवाणी वा विश्लेषण शतप्रतिशत सही थियो। तर, हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने सम्भावना जति टाढा थियो, उति नै गाडी चढ्नलाई व्यग्र थियो हुम्लावासीको मन। दुर्गम पहाडी भेगमा बसेर उकाली-ओरालीमा गाडीको कथा मात्र सुन्ने तथा आक्कलझुक्कल मात्र गाडी चढ्न मौका पाउनेलाई यस्तो रहर स्वाभाविक हो। गाडी चढ्ने रहर यात्राको सहजतासँग पनि जोडिएको छ। जीवनमा सहजता खोज्नु सामान्य मानवीय स्वभाव पनि हो। 

हुम्लाको सन्दर्भमा तराई झर्ने वा टाढाको यात्रा तय गर्ने यातायातको साधन हवाइजहाज मात्र हो। हवाई यात्रा आर्थिक हिसाबले सबैको लागि सहज र उपलब्ध हुँदैन। यसै पनि विकट जिल्लामा जीवनयापन सहज हुँदैन। उसमाथि यातायातको अभावमा हुम्लावासीको जीवनशैली निकै कष्टकर छ। यातायातको अभावमा बाहिरबाट पुगेको खाद्य सामग्री निकै महँगो पर्न जान्छ। त्यो समय नै काठमाडौंमा ८० रुपैयाँ पर्ने चिनी त्यहाँ २४० पर्थ्यो।

हुम्लीको सडक–सपनालाई राष्ट्रिय र स्थानीय राजनीतिले पनि नराम्ररी गिजोलेको छ। कर्णाली विकासको नारा हरेक राजनीतिक दलले लगाउँछ। जसरी सपना देखाइन्छ कर्णालीलाई, त्यसरी व्यवहारमा उतार्ने प्रयास गरिँदैन।

यी कारणले हुम्लावासीमा सडकको सपना अझ तीव्र भएको हुन सक्छ। जसको कारण राष्ट्रिय सडक सञ्जालमा नजोडिए पनि उनीहरुले जिल्लाभित्रको कच्ची सडकका साना गाडी चढाउने निधो गरे। अनि ल्याए मान्छे बोक्ने गाडी हेलिकोप्टर चढाएर। यी गाडीको भाडा महँगो थियो। तैपनि मानिसहरु चढेकै थिए। तर दुर्भाग्य! हेलिकोप्टर चढाएर ल्याइएका गाडी भाडाका लागि मात्र महँगा भएनन्। हुम्लाको खर्पुनाथवासीलाई पनि महँगो साबित भयो। 

nimb
nimb
Ncell 2
Ncell 2

हुम्लीको सडक–सपनालाई राष्ट्रिय र स्थानीय राजनीतिले पनि नराम्ररी गिजोलेको छ। कर्णाली विकासको नारा हरेक राजनीतिक दलले लगाउँछ। कर्णाली विकासका योजना बजेट भाषणमा कुनै न कुनै रुपमा आउँछ नै। तर जसरी सपना देखाइन्छ कर्णालीलाई, त्यसरी व्यवहारमा उतार्ने प्रयास गरिँदैन। कर्णालीको बेवास्ताले हुम्ला प्रभावित नहुने कुरै भएन।

सडकको राजनीतिक खिचातानीको घटनाक्रम करिब दुई दशकअघि सुरु भएको पाइन्छ। जिल्ला सदरमुकाम सिमीकोटमा चाँडै सडक पुर्‍याउने उद्देश्यले २०५७ सालमा जिल्ला विकास समितिले चीनसँगको सिमानामा हिल्साबाट सडक खन्न थाल्यो। यो सडक सिमीकोटसम्म ल्याउने योजना थियो।

त्यो समय जिल्ला सभापति तथा कांग्रेस नेता जीवनबहादुर शाही थिए। पछि त्यही बाटो अर्को सिमाना लिमी–लाप्चाबाट पनि खन्न थालियो। सिमीकोट ल्याउने सडक अर्को स्थानबाट खन्नुको उद्देश्य पहिले खन्न सुरु गरेको बाटोमा अवरोध पुर्‍याउनु थियो भन्ने बुझाइ छ यहाँका कांग्रेस नेताहरुको। हुन पनि यो लिमी–लाप्चाबाट खन्न सुरु गरिएको सडकमा कांग्रेस इतरका स्थानीय नेताहरु एक भएर उभिएका थिए।

यस्तै राजनीतिक खिचातानीको परिणाम स्वरुप ८० किलोमिटर सडक दुई दशक बित्दा पनि बनेन। डा बाबुराम भट्टराईले पनि प्रधानमन्त्री हुँदा यो सडक चाँडै पूरा गर्ने बताए। तर, आफूले दिएको आश्वासन पूरा गर्न उनले कति प्राथमिकता दिए भन्ने कुरा त्यसपछिको दिनले बताइसकेको छ। तसर्थ चीनको सीमानाबाट हुम्लाको सदरमुकाम आउने सडक योजनामा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका नेताले आफ्नो राजनीतिक रोटी सेके। तर, हुम्लावासीको सडकको तिर्सना मेटिएन। सडकको तिर्सना मेट्ने प्रयास नै थियो सिमीकोटदेखि दक्षिण-पूर्वतिर खनिएको सडक। त्यही सडकको पछिल्लो दु:खान्त कथा हो, ११ जना यात्रु सहितको जिप कर्णाली नदीमा खसेको खबर। जति दु:खान्त भए पनि नेपालको सडकमा यस्तो दुर्घटना सामान्य नै मानिन्छ। कारण, हाम्रा सडक व्यवस्थित र स्तरीय बनिसकेका छैनन्। 

नेताहरु जताततै सडक निर्माण गरेर राजनीतिक मुनाफा कमाउने सोचमा छन्। तिनै नेता तथा जनप्रतिनिधिले डोजर किनेर आर्थिक मुनाफा पनि गरिरहेका छन्। निर्माणको क्रममा यसको मजबुती र दिगोपनलाई ध्यान दिइएको छैन।

ग्रामीण भेगमा खनिएका अव्यवस्थित सडक र खतरा मोलेर यसमा यात्रा गरिरहेका मानिसले दुई कुराको इंगित गर्छ। पहिलो, सडक निर्माणमा जोडिएको राजनीति र मुनाफा। दोस्रो, मानिस (यात्रु) मा रहेको सहजताको तिर्सना। 

नेताहरु जताततै सडक निर्माण गरेर राजनीतिक मुनाफा कमाउने सोचमा छन्। तिनै नेता तथा जनप्रतिनिधिले डोजर किनेर आर्थिक मुनाफा पनि गरिरहेका छन्। निर्माणको क्रममा यसको मजबुती र दिगोपनलाई ध्यान दिइएको छैन। यस्तो सडकले पर्यावरण मात्र बिगारेका छैनन्। यात्रामा खतरा र जोखिम पनि निम्त्याइरहेका छन्। यद्यपि मानिसहरु यात्रा गरिरहेकै छन्। जोखिमका साथ यस्तो यात्रा रोज्नुमा उनीहरुले वर्षौंदेखि भोगेको दुःखकष्टले भूमिका खेलेको छ। हरेक मानिसले जीवन सहज होस् भन्ने चाहन्छ। जोखिमहरु भए पनि, दुःखको मात्रा बढी नै भोगेका ग्रामीण भेगका मानिसहरुमा यस्तो विकल्प रोज्नु स्वाभाविक छ। उनीहरुले जुन खालको जीवन बाँच्नुपर्छ र जसरी यात्रा गर्नुपर्छ, त्यसको तुलनामा कच्ची सडकको यात्रा जोखिमयुक्त भए पनि सहज भने पक्कै भएको छ। तर तुलनात्मक सहजता मात्र पर्याप्त छैन। यात्रु सुरक्षित ढंगले गन्तव्यमा पुग्नु पनि पर्छ। किनकि जीवनभन्दा ठूलो र मूल्यवान् अरु चिज हुन सक्दैनन्। 

खर्पुनाथको घटना प्रतिनिधि दुर्घटना हो। किनभने पहाडी भेगका अधिकांश ग्रामीण सडक जोखिमयुक्त छन्। यस्ता सडकले तत्काल केही सहजता देलान्। तर निरन्तरको दुर्घटनाले बढ्ने सामाजिक भार समुदाय र राज्य दुवैलाई बोझिलो बन्न सक्छ। तसर्थ तुलनात्मक सहजता दिने सडकलाई सुरक्षित पनि बनाउँदै लग्नुपर्छ।

सडक विकास र समृद्धिको आधार हो। यसको लागि सडक सुरक्षित र सहज पनि हुनुपर्छ। बिनायोजना कोरिएका माकुरीको जालो जस्ता सडकले दुर्घटना मात्र निम्त्याउँछन्, जो ग्रामीण नेपाली सडकको वर्तमान अवस्था हो। दुर्घटना निम्त्याउने सडकले समृद्धिको सट्टा पीडा र शोकको पहाड मात्र बनाउँछ। त्यसैले तीनै तहको सरकारले सडक निर्माणलाई हुम्लाको राजनीतिक दलले झैं राजनीतिक दाउपेच र नाफा-घाटाको विषय बनाउनु हुँदैन। 

भानु बोखिमका थप लेख :

  • चाहना र बहानाको भुमरीमा बाबुराम

  • सार्वजनिक स्थानमा धूम्रपानको मनोविज्ञान

  • आन्तरिक कलहको उपचारमा असफल कांग्रेस

  • जहाजको सपनामा बस नछुटोस्

  • राजनीतिक संस्कारमा प्रचण्डको सैद्धान्तिक विचलन

  • रवीन्द्र अधिकारी : निभ्यो भरभराउँदो दियो

  • विप्लवमाथि प्रतिबन्ध : खुमबहादुरको बाटोमा रामबहादुर

  • गुरिल्ला युद्धको भय

  • अस्थायी मानकमा छल्किएको सुन्दरी प्रतियोगिता

  • संरचनागत हिंसाको दुष्चक्रमा महिलाको जीवन

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्