नेपालगन्ज- पूर्वराजा ज्ञानेन्द्र शाह आज नेपालगन्ज आउने भएपछि समर्थकहरु स्वागतका लागि तम्तयार भएर बसेका छन्।
नेपालगन्ज विमानस्थलको प्रवेशद्वारसम्मै समर्थकहरुको लाम लागेको छ। करिब एक हजारको संख्यामा उनीहरुले 'राजतन्त्र जिन्दावाद', 'राजा आऊ देश बचाऊ' लगायत नारा पनि लगाइरहेका छन्। समर्थकहरुमा राजसंस्थाको पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता-कार्यकर्ता बढी छन्। पूर्वराजाको स्वागतका लागि २ सय ५ सदस्यीय स्वागत समिति नै बनाइएको छ।

पूर्वराजा ज्ञानेन्द्र ७० करोड रुपैयाँको लागतमा नेपालगन्जमा निर्माण गरिएको सोल्टी होटलको उद्घाटनका लागि आउन लागेका हुन्। उनी साँझ ५ बजे नेपालगन्ज विमानस्थलमा अवतरण हुने कार्यक्रम छ।







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।