दाङ– रिसको आवेगमा एक महिलाले दाङमा आफ्नै श्रीमानको चार वटा औंला काटेकी छिन्। ती औंला पोलेर खाएको ती महिलाले बताएकी छिन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ भम्के बस्ने ६४ वर्षिय रिदिनी महताराले बिहिबार बिहान श्रीमानको औंला काटेकी हुन् । ‘तरकारी काट्ने दाउले श्रीमानको चार वटा औंला काटेकी रहेछिन्, औंला पोलेर खाएको उनले बताएकी छिन्,’ दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंह चन्दले नेपाल लाइभसँग भनिन्,‘हामीले महिललाई पक्राउ गरेका छौं।’ घाइते उनका श्रीमानको कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सधैं मदिरा खाएर दुःख दिने गरेका कारण आफुले औंलो काटेको महिलाले प्रहरीसँग बताएकी छिन्। बुधबार बेलुका पनि मदिरा पिएर आएको र झगडा गरेको अनुसन्धानमा खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।