काठमाडौं- काठमाडौंको गौशालास्थित अमादब्लम होटलमा भारतीय नागरिक आदित्य गुरुङको हत्या भएको छ।
बुधबार राति मदिरा खाएर आएका गुरुङ र होटल कर्मचारीबीच विवाद बढ्दै गएपछि कुटपिटका कारण गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले बताए। सोही होटलमा बस्दै आएका गुरुङले मदिराको तालमा होटलको रिसेप्सनिस्टसँग विवाद सुरु गरेपछि त्यसले उग्र रुप लिएको थियो।
कुटपिटबाट गम्भीर घाइते भएका गुरुङको केएमसी अस्पतालमा मृत्यु भएको हो। घटनामा संलग्न भएको आरोपमा कर्मचारीसहित ५ जना पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।