• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
संक्रमणकालीन न्याय : यस्तो छ ४० देशको असफल अभ्यास, नेपालले के सिक्ने?
64x64
नेपाल लाइभ आइतबार, माघ २७, २०७५  १५:२२
1140x725

काठमाडौं– नेपालमा सशस्त्र युद्धपछि विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्यो। तर द्वन्द्वकालीन मुद्दा अझै बाँकी छन्। यस्ता मुद्दा सम्बोधन गर्न गठन भएका अन्तर्राष्ट्रिय संयन्त्रका काम पनि सन्तोषजनक रहेको उदाहरण पाँइदैन। 

करिब ४० भन्दा धेरै देशमा यस्ता आयोग गठन भए पनि त्यसको उच्चतम उदाहरण कतै नभएको अधिवक्ता गोविन्द बन्दी बताउँछन्।

पेरु, अर्जेन्टिना, चेक गणतन्त्र, युगान्डा लगायत देशमा यस्ता संयन्त्रका काम सन्तोषजनक देखिएनन्। साउथ अफ्रिकाको उदाहरण सबैभन्दा सफल भनिए पनि हालसम्म त्यहाँका पीडित न्यायकै लागि संघर्षरत छन्। 

द्वन्द्वकालका घटनाको सत्यनिरुपण गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडितको घाउमा मलम लगाउन पेरु र अर्जेन्टिनामा सत्यनिरुपण आयोग गठन भएका थिए। आयोगमा यस्ता व्यवस्था गरिए, जसले गम्भीर मानवअधिकार उल्लंघनका दोषीले सहजै उन्मुक्ति पाउन सक्थे। अन्ततः दुवै देशका आयोग अन्तर्राष्ट्रिय रूपमा अस्विकार्य ठहरिए। पेरुको क्षमादान कानुनलाई अन्तरअमेरिकी मानवअधिकार अदालतले अस्विकार गर्यो भने अर्जेन्टिनी आयोगलाई त्यहाँकै सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदियो।

विश्वका ४० देशमा द्वन्द्वपछि त्यस अवधिका घटनाको अनुसन्धान गर्न आयोग गठन गरिए पनि एकाध देशमा मात्रै सफल भएको देखिन्छ। आफ्नो जिम्मेवारीमा अन्तर्राष्ट्रिय कानुनअनुसार गर्न नसक्दा उनीहरू असफल हुने गरेका छन्। विश्वमा गठन भएका यस्ता आयोग असफल हुनुको कारण थियो– ती आयोगले पीडितलाई परिपूरण र पीडकलाई कारबाहीको सट्टा आममाफीको व्यवस्थालाई प्राथमिकता दिए, जसले गम्भीर मानवअधिकार उल्लंघनकर्ता समेत चोखिन सक्ने अवस्था सिर्जना भयो।

अफ्रिकामा रंगभेदी शासन अन्त्यपछि नेल्सन मन्डेलाको अग्रसरतामा स्थापित सत्यनिरुपण आयोग केही सफल भएको मानिन्छ। उक्त आयोगमा दक्षिण अफ्रिकाको रंगभेदविरोधी युद्धक्रममा भएका मानवअधिकार उल्लंघनका १४ हजार घटना दर्ता भएका थिए।

आयोगले ती घटना अनुसन्धान गरी विभिन्न सशस्त्र समूहमा संलग्न ८ सय जनामाथि कानुनी कारबाही सिफारिस गरेको थियो। उक्त आयोगलाई रंगभेदविरुद्ध संघर्षमा भएका अपराधमा माफी दिनसक्ने अधिकार थियो, जुन बिनासर्त भने थिएन। माफी खोज्नेले आफूलाई अनिवार्य रूपमा आयोगसमक्ष उपस्थित गराउनुपर्थ्यो, अपराध राजनीतिक उद्योगबाट अभिप्रेरित हुनुपर्थ्यो, शक्तिको समानुपातिक प्रयोग भएको हुनुपर्थ्यो र घटनाका सम्बन्धमा आरोपितले सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्थ्यो। 

आयोगसमक्ष माफी माग्नेको संख्या ६ हजार २ सय ४१ भए पनि १ हजार १ सय ६७ ले पूर्ण र १ सय ४५ ले आंशिक माफी पाएका थिए। माफी माग्नेमध्ये ६ सय ५५ जना पहिले नै थुनामा रहेर प्रचलित कानुनबमोजिम सजाय भोग्नेहरू थिए।

Ncell 2
Ncell 2

सशस्त्र द्वन्द्वका घटना भएका श्रीलंका र पूर्वी टिमोरका सत्यनिरुपण आयोगको प्रयोगलाई भने विफल उदाहरणका रूपमा लिइन्छ। श्रीलंकामा ४० हजार मानिस मारिएको २५ वर्ष लामो गृहयुद्धको अन्त्यपछि अन्तर्राष्ट्रिय दबाबमा सत्य निरुपण आयोग बनाइयो। तर, त्यसलाई लिएर संयुक्त राष्ट्रसंघ, मानवअधिकारवादी अन्तर्राष्ट्रिय संघ–संस्था, अमेरिका, बेलायत लगायत मुलुकले विरोध गरे।

उक्त आयोगलाई फेब्रअरी २००२ देखि मे २००९ भित्रका घटना मात्र अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो। आयोग जनप्रतिनिधि संसदप्रति नभएर सरकारप्रति मात्र उत्तरदायी भएको, अत्याचारका घटना उजुरी गर्न प्रोत्साहित नगरिएको, उजुरी दिने व्यक्तिलाई सुरक्षा प्रत्याभूति नदिइएको, सबै घटना खासगरी अन्तर्राष्ट्रिय फौजदारी अपराधप्रतिको छानबिनमा उदासीनता देखाएको र सबै साक्षीलाई उपस्थित गराई अनुसन्धान नगरिएको भन्दै उनीहरूले विरोध गरेका थिए। हाल युएन लगायत अन्य मानवअधिकारवादी संस्थाको प्रत्यक्ष संलग्नतामा आयोग निर्माण गरी काम चलिरहेको छ।

सन् १९९३ मा दक्षिण अमेरिकी देशमा भएको जातीय द्वन्द्वबाट सुरु सशस्त्र द्वन्द्वको सत्यतथ्य छानबिन गर्न र त्यसलाई अन्त्य गर्न पनि यस्तै आयोग निर्माण भएका थिए। सत्य बाहिर ल्याउन मात्र ती आयोग केन्द्रित भएका थिए। जातीय द्वन्द्व भएका ती देशका आयोग धार्मिक सहिष्णुतालाई आधार मानेर मेलमिलाप गराउनतर्फ केन्द्रित थिए। युद्ध अपराधीलाई उन्मुक्ति दिन भएका गतिविधि रोक्न आवश्यक भन्दै संयुक्त राष्ट्रसंघले सन् २०१० पछि यस्ता आयोग र राष्ट्रलाई सहयोग नगर्ने र युद्ध अपराधमा संलग्न सरकारी र द्वन्द्वरत पक्षलाई कारबाही हुनुपर्ने स्पष्ट अडान राखेको थियो। त्यसपछि निर्माण भएका आयोगले आममाफी नभई कारबाहीका प्रावधान राख्न थालेको देखिन्छ।

रुवान्डा, पाराग्वे, दक्षिण अफ्रिका, अर्जे्न्टिना, बोलिभिया, उरुग्वे, जिम्बावे, चिली, चाँद, ग्वाटेमाला, हाइटी, फिलिपिन्स, सियरालियोन, युगान्डा, ब्राजिल, पूर्वी टिमोर, इथियोपिया, होन्डुरस, श्रीलंकालगायत देशमा द्वन्द्वपछि नेपालमा जस्तै सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन भएका थिए।

shivam cement

shivam cement

नेपालले के सिक्नेरु 
काठमाडौं– नेपालले विभिन्न ४० देशका अनुभवबाट सिकेर छिटो यो प्रक्रिया अन्त्य गर्नेतिर लाग्नुपर्ने अधिकारकर्मीहरुको सुझाव छ। द्धन्द्धकालभन्दा लामो समय पीडितहरु न्यायका लागि पर्खिरहेकाले यसको अन्त्य अब छिटै हुनुपर्ने उनीहरुको बुझाइ छ। 

वरिष्ठ अधिवक्ता गोविन्द बन्दी शर्माले यो प्रक्रिया जुनसुकै रुपमा पनि अन्त्य गर्नुपर्ने बताउँछन्। द्धन्द्धकाल्न मुद्दा समय गयो समाधान आफै हुन्छ भनेर नहुने भएकाले दलहरुको चेत समयमा आउनुपर्ने उनको भनाइ छ। विभिन्न देशहरुका ५० औं वर्षपछि अन्तर्राष्ट्रिय अदालतले सजाय सुनाउन थालेको कुरा मनन गर्दै अब समाधान गर्न ढिलाइ गर्न नहुने उनको बुझाइ छ। 

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पनि यो समास्या छिटै निकास गर्नुपर्ने बताए। देशको कानुन असफल भएका बाहिरी शक्ति आउन सक्ने भएकाले त्यसमा चनाखो हुनैपर्ने उनको भनाइ छ। ‘आपसमा मिलाउँदा जुन सहजता  हामीलाई उपलब्ध हुन्छ त्यो पछि हुँदैन,’ उनले भने, ‘विदेशीहरुको संलग्नतापछि हामी बाध्य भएर त्यसमा पछि लाग्नुपर्ने हुन्छ।’ 

सशस्त्र द्वन्द्वको समयमा भएका मानवअधिकार हननका मुद्दामा राजनीतिक दलको सक्रियता नहुँदा शान्ति सम्झौताको ६ महिनामा गर्ने भनेको कार्य बाँकी रहँदै आएको छ। 

दलहरुले समयमै आयोग गठनदेखि मुद्दा छानबिन गर्न आवश्यक कानुन निर्माण नगर्दा यो प्रक्रिया असफलतातिर जाने अनुमान बढेको छ। अन्तर्राष्ट्रिय कानुनका विज्ञहरूले नेपालले गरेका विभिन्न सन्धि–सम्झौताका कारण यी मुद्दा अन्तर्राष्ट्रियकरण भए झन् जटिलता आउने बताएका छन्।

विभिन्न देशहरुमा भएका हस्तक्षेपका कारण समेत यसमा नेपालले सावधानी हुँदै आफ्नै देशभित्र समाधान गर्नुपर्ने उनीहरुको तर्क छ।

सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय कानुन अनुकूल ऐन बनाउने र विभिन्न समयमा दलहरुका बीचमा यसलाई समाधान गर्ने गलत सहमति हुने हुँदा अधिकारकर्मी र अन्तर्राष्ट्रिय समुदाय झस्कँदै आएको छ।  

देशभित्रका कानुनले न्याय दिन नसके अन्तर्राष्ट्रियस्तरमा लबिङ सुरु हुने भएकाले सत्तारुढ दल र प्रतिपक्षले पनि सत्य निरुपण र बेपत्ता छानबिन आयोग जम्मा केही महिना मात्र अवधि बाँकी रहँदा विचार गर्नुपर्ने अवस्था रहेको अधिकारकर्मीहरुको तर्क छ। देशभित्रकै न्यायिक संयन्त्र असफल हुँदा विभिन्न देशका संक्रमणकालीन मुद्दा अन्तर्राष्ट्रियकरण भएका उदाहरण रहेको तर्फ उनीहरूले सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

श्रीलंका यसको पछिल्लो उदाहारण हो। 

श्रीलंकामा तमिल विद्रोही र सरकारबीच युद्धक्रममा भएका मानवअधिकार हननका घटनामा स्वतन्त्र छानबिन गर्न तत्कालीन सरकारले आनाकानी गरेको थियो। त्यसविरुद्ध संयुक्त राष्ट्रसंघ लगायत अन्य अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले चर्को दबाब दिँदै आएका थिए। पछिल्लो सरकार निर्माण भएसँगै श्रीलंकामा संयुक्त राष्ट्रसंघ र अन्य मानवअधिकारवादी संस्थाको प्रत्यक्ष संलग्नतामा आयोग निर्माण गरी छानबिन कार्य चलिरहेको छ।

त्यस्तै चेक रिपब्लिक, युगान्डा लगायत देशमा पनि त्यहाँको सरकारी संयन्त्र असफल भएपछि हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलिरहेको छ। युगान्डाको नरसंहारसम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत हेगको ट्रिबुनले उनीहरूलाई सजाय सुनाइरहेको छ। 

पछिल्ला वर्ष जसरी युगान्डा लगायत देशका मुद्दा हेग पुगे, त्यसैगरी नेपालका संयन्त्र असफल भए त्यही बाटो लिन सक्ने अन्तर्राष्ट्रिय कानुनका जानकारको तर्क छ।

‘प्राकृतिक रूपमा न्यायिक प्रक्रियालाई दलहरूले सम्झौता गरेर रोके भने त्यसको असर अन्तर्राष्ट्रियकरण नै हो,’ अन्तर्राष्ट्रिय कानुनका ज्ञाता अधिवक्ता राजु चापागाईंले भने, ‘जब स्थानीय संयन्त्रबाट न्याय पाइँदैन, त्यो स्वतः अन्तर्राष्ट्रिय क्षेत्राधिकारमा आकर्षित हुन्छ।’ 

नेपालले अनुमोदन गरेको सन्धि र सम्झौताका कारण यहाँ हुन नसकेको न्यायिक प्रक्रिया विश्वका अन्य देशमा हुनसक्ने अधिकार मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनमा रहेको चापागाईंको तर्क छ।

‘कर्णेल कुमार लामालाई हामीले अनुमोदन गरेको त्यही कानुनको आधारमा बेलायतमा पक्राउ गरी मुद्दा चलाइएको हो,’ चापागाईंले भने, ‘नेपालमा न्यायको सम्भावना कम भयो भने पीडित अन्तर्राष्ट्रिय निकायमा जान्छन्।’ अहिले पनि कतिपय मुद्दा युएनको मानवअधिकार समितिमा छन्। उसले त्यहाँको कमिटीमार्फत नेपाल सरकारलाई आफूले गरेको प्रतिबद्धता पूरा गर्न भनेको थियो तर सरकारले सम्पूर्ण प्रक्रिया असफल पारेपछि उनीहरूले त्यसलाई थप सशक्त पारी पीडितलाई न्याय दिलाउन प्रक्रिया सुरु गर्न सक्ने बाटो खुल्ने उनको तर्क छ।

पूर्व एमाओवादीले आफ्ना कार्यकर्ता, नेपाली सेनामा मान्छे र अन्य दल पनि आफू जोगिने नाममा ज्यादतिका सबै घटनामा माफी दिन खोज्दा खोज्दै आयोग असफल हुने चिन्ता लागेको अर्का अन्तर्राष्ट्रिय कानुनका जानकारी वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले बताए। ‘बाह्रबुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र सर्वोच्च अदालतको दुईपटकको फैसलाका कारण पनि दलहरूले चाहेअनुसार आयोगले काम गर्न सक्नुपर्ने थियो,’ उनले भने, ‘तर विडम्बनै भन्नुपर्छ, आयोग पनि गम्भीर मानवअधिकार उल्लंघनमा संलग्नलाई कारबाही सिफारिस गर्न सक्दैन भन्ने देखिन्छ।’

अन्तर्राष्ट्रिय मानवअधिकार कानुनका ज्ञाता बन्दी तत्कालीन अवस्थामा समाधान गर्ने हिसाबले मात्र आयोगले काम गरे अन्तर्राष्ट्रिय समुदायले उन्मुक्ति नदिने बताउँछन्। ‘नेपाल विश्व समुदायबाट अलग हुनै सक्दैन,’ उनले भने, ‘नेपालले अनुमोदन गरेका सन्धि–सम्झौताले उनीहरूको क्षेत्राधिकार आकर्षित हुन्छ।’ 

यी दुई आयोग असफल भए कुमार लामा प्रकरण अन्य धेरै व्यक्तिमा दोहोरिने सम्भावना प्रवल रहेको बन्दीको तर्क छ। अन्तर्राष्ट्रिय रूपमा क्षमा दिन नसकिने प्रावधानमा माफी वा मेलमिलाप गराएमा त्यसले उनीहरूलाई आउन बाध्य बनाउने उनको तर्क छ।

आयोगले एमाओवादी वा कुनै विशेष दल वा कुनै पक्षको चाहनामा भन्दा अन्तर्राष्ट्रिय कानुन र सर्वेच्चको फैसलाअनुसार काम गर्नुपर्ने उनको तर्क छ। अन्तर्राष्ट्रिय कानुनको ख्याल नगर्दा नेपालपक्ष भएका अन्तर्राष्ट्रिय कानुन, सन्धि–सम्झौता र अदालतको आदेश आकर्षित हुने र द्वन्द्वकालका घटना झन् बल्झने उनको तर्क छ। 

दलहरूको सम्झौताले न्यायिक प्रक्रियामा जाने र पीडित दण्डित हुने कुरामा विश्वास नदेखिको पीडितको संस्था साझा चौतारीका महासचिव रामकुमार भण्डारीले टिप्पणी गरे। सरकार संक्रमणकालीन अवस्था अझ लम्ब्याउने प्रयासमा रहेको उनले बताए।

अधिकारकर्मी चरण प्रसाईंले सरकारको कारण न्याय संकटमा परेको टिप्पणी गरे। न्यायिक प्रक्रियामार्फत किनारा हुनुपर्ने विषयमा दलहरूको सत्ता टिकाउने खेल बनाउनु दुभाग्यपूर्ण र दुखद् रहेको उनले बताए।

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगलाई सरकार, पीडित र अन्तर्राष्ट्रिय समुदायले अपेक्षित विश्वास गरेका छैनन्। २०५२ सालदेखि २०६२ सम्म चलेको द्वन्द्वको समयमा भएका मानवअधिकार हननका घटनाका दोषीलाई सजाय गर्न र समाजमा मेलमिलाप कायम गर्न आयोग गठन भएको थियो। दुवै आयोगले उजुरी संकलन गरिरहेका बेला सत्तारुढ दलहरूले आयोगका काममा हस्तक्षेप हुनेगरी सहमति गरेका छन्।
-अर्काइभबाट

संक्रमणकालीन न्याय : द्वन्द्व पीडितको पीडामाथि फुटबल कहिलेसम्म?

द्वन्द्वकालीन मुद्दा छानबिन गर्ने आयोगको म्याद थपेको थप्यै, असन्तुष्टि जताततै

संक्रमणकालीन न्याय : ११ सरकार फेरिए, फेरिएन पीडितको अवस्था

दोरम्बा र बाँदरमुढे घटना : करिब डेढ दशकदेखि बल्झिरहेको घाउ

प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १५:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्‍याली (तस्वीरहरू)
सम्बन्धित सामग्री
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
चुरे समिति खारेजीः छलफल गरी निर्णय लिनुपर्नेमा जोड वन तथा वातावरण मन्त्रालयले समितिको संरचना खारेज गरेर मन्त्रालयमा गाभ्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएको भन्दै समितिले आपत्ति जनाए... मंगलबार, माघ १५, २०८१
सुन्तला बेचेर बार्षिक २० लाख आम्दानी भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरू गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका... मंगलबार, माघ १५, २०८१
ताजा समाचारसबै
लोकतन्त्रको संरक्षण एवं न्यायपूर्ण समाज निर्माणमा न्याय र कानुन जगतको दायित्व : राष्ट्रपति पौडेल शुक्रबार, वैशाख २६, २०८२
जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर शुक्रबार, वैशाख २६, २०८२
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुको मोटरसाइकल र्‍याली (तस्वीरहरू) शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
नेपाली सीमा क्षेत्रबाट भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्