• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

द्वन्द्वकालीन मुद्दा छानबिन गर्ने आयोगको म्याद थपेको थप्यै, असन्तुष्टि जताततै

64x64
नेपाल लाइभ आइतबार, माघ २७, २०७५  १७:२७
1140x725

काठमाडौं- द्वन्द्वकालीन मुद्दा छानबिन गर्न गठन भएको आयोगको म्याद तेस्रो पटक थप भएको छ। शुक्रबार संघीय संसद्‍का दुवै सदनबाट पारित भएको म्याद थप सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि म्याद थप भएको हो। 

यसअघि सरकारले एक पटक अध्यादेश मार्फत् र एक पटक कानुनले दिएको अधिकार प्रयोग गर्दै म्याद १ वर्ष लम्ब्याएको थियो। 

सरकारले पहिलो पटक २०७३ माघ २६ गते १ वर्ष म्याद थप गरेको थियो। २०७४ माघ २६ गते पुनः सरकारले म्याद थप गरेको थियो। उक्त समयसीमा शनिबार समाप्त हुँदैछ। सोही कुरालाई ध्यानमा राख्दै सरकारले म्याद थपसम्बन्धी विधेयक माथिल्लो सदन राष्ट्रिय सभामा पेस गरेको थियो।

राष्ट्रिय सभामा नियम निलम्बन गर्दै पारित गरेको विधेयक प्रतिनिधि सभामा पेश भई पारित भएको थियो। अहिलेको विधेयकले पदाधिकारीको समय भने २ वर्षको हुने व्यवस्था गरेको छ।  

सशस्त्र द्वन्द्वको एक दशकमा भएका मानव अधिकार उल्लंघनका दोषीलाई कारबाही र पीडितलाई न्याय दिने उद्देश्यले यी दुई आयोग गठन भएका थिए। तर, आयोगले उजुरी लिन बाहेक अन्य कार्य गर्न सकेको छैन। 

यी दुई आयोग २०७१ माघ २७ गते गठन भएका थिए। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता ऐनको दफा ३८ (२) अनुसार सुरुमा म्याद एक वर्ष थपिएको थियो। ऐनमा एक वर्ष म्याद थप्न सकिने व्यवस्था अनुसार थप भएको थियो।  

यी आयोगले उजुरी संकलन गरिसकेका छन्। उजुरी छानबिन गर्न बाँकी नै छ। सत्यनिरुपण आयोगमा करिब ५८ हजार उजुरी दर्ता भएका छन्।

बेपत्ता आयोगमा २८ हजार उजुरी परेका छन्। सत्य निरुपणले उजुरीमाथि विस्तृत अध्ययनका लागि सातवटै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने गरेको  छ।

Ncell 2
Ncell 2
nimb
nimb

 बेपत्ता आयोगले बेपत्ता व्यक्तिहरूको खोजी गर्न आधुनिक प्रविधिको फरेन्सिक ल्याब निर्माणे कार्य अघि बढाएको छ। आयोग बाहेक पदाधिकारीको म्याद थप एक वर्षमा उजुरीमा अनुसन्धान, प्रतिवेदन तयार लगायत थप गरिएको हो। 

सरकारले आवश्यक सहयोग नगर्दा कामलाई तीव्रता दिन नसकिएको गुनासो यी आयोगले गर्दै आएका छन्।  पीडितले पनि म्याद मात्र थप भएको तर आयोगबाट काम हुन नसकेको भन्दै आएका छन्।

सत्य निरुपण आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र अर्का सदस्य लिला उदासीले आफूहरू अब आयोगमा नबस्ने भन्दै राजीनामा समेत दिएका छन्।

उनीहरूको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गर्नुपर्ने हुन्छ। उनीहरूको राजीनामा स्वीकृत भएमा सरकारले नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने छ। त्यसका लागि सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा नयाँ सिफारिस समिति बनाउनु पर्नेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अध्यक्ष र सदस्यले किन राजिनामा दिए?
आयोगको म्याद थप विधेयक राष्ट्रियसभाबाट पारित भएकै दिन सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र एक सदस्यले राजीनामा दिए। अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लिला उदासीले थप भएको अवधिमा काम नगर्ने भन्दै सचिवालयमा राजिनामा बुझाएका हुन्।

तीन वर्षसम्म आयोगमा बसेरे काम गरेका उनीहरूले अन्त्यमा मात्र सरकारले असहयोग गरेको भन्दै असन्तुष्टि पोखे। सरकारले समयमा ऐन, कर्मचारी र आर्थिक स्वायत्तत्ता नदिएको उनीहरूको आरोप छ।

थप भएको अवधिमा बसेर काम गर्ने वातावरण सिर्जना हुन नसक्ने भएकाले आयोगको जिम्मेवारीबाट उनीहरूले आफूलाई अलग गराएको दाबी गरेका छन्। तर, तीन वर्षसम्म उही समस्या रहँदा मौन भई काम गरेका उनीहरूले अहिले किन दिए भन्ने प्रश्न भने पीडितहरूले उठाएका छन्।

तीन वर्षसम्म आयोगमा रहँदा एकदिन पनि पीडितलाई पारदर्शी प्रवेश हुुनपर्ने एजेन्डा उनीहरूले नल्याएको तर म्याद सकिन समयमा मात्र उनीहरु अलग भएको पीडितहरुको बुझाइ छ। 

अन्तरिम प्रतिवेदन बुझाउने तयारीमा बेपत्ता आयोग
व्यक्ति बेपत्ता पार्ने कार्य अपराध हुने कानुन सरकारले हालसम्म जारी नै नगरेपछि बेपत्ता व्यक्तिहरूको अवस्था छानबिन गर्न गठन भएको आयोगले भने अन्तरिम प्रतिवेदन बुझाउने तयारी गरेको छ। 

बेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लीकले आफूहरू एक सातामै सरकारलाई प्रतिवेदन बुझाउने तयारीमा रहेको बताएका छन्। 

‘हालसम्म आयोगले गरेका कामहरु समावेश गर्दै हामी अन्तरिम प्रतिवेदन दिन्छौं,’ उनले भने, ‘त्यसपछि आयोगका पदाधिकारी बसेर राजीनामा दिने विषयमा निर्णय लिन्छौं।’ 

हालसम्म आयोगले २५ सय ११ उजुरीमा विस्तृत अध्ययन गरेको उनले बताए। आयोगले गरेको अध्ययनमा २१ सय ४९ मुद्दा अन्तिम टुङ्गोमा पुगेको र आयोगले ६४ जिल्लाका यी उजुरी प्रतिवेदनमा समावेश गर्न लागेको उनको भनाइ छ। 

११ हिमाली जिल्ला बाँकी रहने भएकाले अन्तरिम प्रतिवेदनपछि निर्णय हुने उनले बताए। 

केही सयमपछि...
१. संक्रमणकालीन न्याय : ११ सरकार फेरिए, फेरिएन पीडितको अवस्था
२. दोरम्बा र बाँदरमुढे घटना: डेढदशकदेखि बल्झिरहेको घाउ
र अरु पनि...

प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १७:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु बुधबार, असोज २८, २०८३
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ जारी बुधबार, असोज २८, २०८३
विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा बुधबार, असोज २८, २०८३
बेली ब्रिज नबन्दा तुइनबाट दशैँको यात्रा (तस्बिरहरू) बुधबार, असोज २८, २०८३
१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा सरकारको साढे ६ अर्बभन्दा बढी लगानी बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्