• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै

64x64
डुक्पा छिरिङ मोक्तान बिहीबार, फागुन २६, २०७८  १६:३१
1140x725

काठमाडौं– सम्झौता भएको झण्डै पाँच वर्षपछि संसद्‌बाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी)अन्तर्गतका परियोजनाका लागि जग्गा प्राप्ति र वातावरण मूल्याङ्कनको काम सुरु भएको छ। 

नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री (हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री) ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेको सम्झौता लामो विवाद र रस्साकस्सीपछि फागुन १५ गते प्रतिनिधि सभाबाट अनुमोदन भएको थियो। सम्झौता अनुमोदन भएपछि मिलेनियम च्यालेञ्ज अकाउन्ट (एमसीए) नेपालले परियोजना कार्यान्वयनको तयारी थालेको हो।

सम्झौता अनुसार अमेरिकी नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)ले उपलब्ध गराउने ५० करोड डलर बाहेक नेपालले थप्ने करिब १३ अर्ब रुपैयाँ जग्गा अधिग्रहणका लागि खर्च हुने छ। 

अमेरिकी अनुदानअन्तर्गतको (५० करोड डलर) रकमबाट ३९ करोड ८२ लाख डलर विद्युतीय प्रसारण लाइन निमार्णमा खर्च हुने छ भने ५ करोड २२ लाख डलर सडक मर्मतमा खर्च गरिने छ। अमेरिकी अनुदानको रकमबाट अहिलेसम्म १ अर्ब ८१ करोड रुपैयाँ रकम खर्च भइसकेको छ। 

५ वर्षको निश्चित कार्यान्वयन अवधि भएकाले आयोजनाले निर्धारित समयमा नै कार्य सम्पन्न गरिसक्नु पर्ने मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका सूचना अधिकारी राजीव दाहालले बताए। समयमा नै काम सम्पन्न नभए अमेरिकाले उपलब्ध गराउने अनुदान रकम फिर्ता जानेछ। ५ वर्षको अवधिको गणना परियोजनाअन्तर्गतको निर्माण कार्य सुरु गरेको दिनदेखि सुरु गरिने छ। 

'सम्झौता संसद्‌बाट अनुमोदन हुन नै धेरै समय लाग्यो। संसद्‌बाट अनुमोदन भइसकेपछि अहिले जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडि बढाउने तयारी भएको छ,' दाहालले भने। वातावरणीय प्रभाव मूल्याङ्कन सकिएपछि विद्युतीय प्रसारण लाइन क्षेत्रमा रुख कटानको कामलाई तीव्रता दिइने दाहालको भनाइ छ। 

परियोजनाअन्तर्गत ३१५ किलोमिटर लामो डबल सर्किटयुक्त ४०० केभी क्षमताको विद्युतीय प्रसारण लाइन निर्माण गरिने छ। प्रसारण लाइनअन्तर्गत नै ३ ठाउँमा ४०० केभी क्षमताको इण्डोर ग्यास इन्सुलेटेड सब–स्टेशन (जीआईएस) निर्माण गरिने छ।

नुवाकोटको बेलकोटगढी अन्तर्गतको रातमाटे, तनहुँको दमौली र नवलपरासी पश्चिममा सब–स्टेशन निर्माण गरिने छ। नुवाकोटको रातामाटे बाहेकका सब–स्टेशन नेपाल विद्युत् प्राधिकरणकै जग्गामा बन्नेछन्।  

Ncell 2
Ncell 2
nimb
nimb

विद्युतीय प्रसारण लाइन १० जिल्लाका ३० पालिका र ९२ वडा भएर जाडिने छ। पछिल्लो अध्ययन अनुसार प्रसारण लाइन करिब ३१५ किमि लामो हुनेछ र ८५६ वटा टावर निर्माण गर्नुपर्नेछ। 

प्रसारण लाइनले ७७७.५ हेक्टर सामुदायिक वन, ३३०.४ हेक्टर कबुलियति वन, ४.४ हेक्टर सरकारी र ४४२.७ हेक्टर अन्य वन तथा निजी जग्गा ओगट्ने (प्रभावित पार्ने) छ। 

नुवाकोटको रातमाटेमा बन्ने सब–स्टेशनका लागि एमसीए नेपालले ३९८ रोपनी जग्गाको लागि १ अर्ब ९२ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकेको दाहालले बताए। प्रसारण लाइनअन्तर्गतका ९०० टावरका लागि भने जग्गा अघिग्रहण गर्ने काम बाँकी रहेको उनले बताए।  

एमसीसीअन्तर्गतको आयोजनाबाट १८७ घर विस्थापित हुनेछन्। 

सडकमा नयाँ प्रविधिको प्रयोग
एमसीसी परियोजनाअन्तर्गत पूर्व–पश्चिम (महेन्द्र) राजमार्गअन्तर्गत ७७ किलोमिटरको सडक खण्डलाई नयाँ प्रविधिको प्रयोगबाट मर्मत र विस्तार गरिने छ। 

दाङको धान–खोलादेखि शिवखोलासम्मको ७७ किलोमिटर सडकलाई मर्मत तथा विस्तार गरिने छ। जसअन्तर्गत धान–खोलादेखि लमहीसम्मको ४० किलोमिटरमा अहिले परीक्षण (पाइलट) परियोजनाका रुपमा काम अगाडि बढाइएको छ। 

धान–खोलादेखि लमहीसम्मको ४० किलोमिटरको सडकखण्डमा पाइलट परियोजनाका लागि अहिले परामर्शदाता (कन्सल्ट्यान्ट) छनोटको काम भइरहेको दाहालले जानकारी दिए।

दाहालका अनुसार सडक १२ मिटर चौडा हुनेछ। जसमा ७ मिटर गाडी गुड्ने क्यारिज् वे (डबल लेन) र साढे २ मिटर दायाँ-बायाँ सोल्डर हुनेछन्। सहरी क्षेत्रमा १-१ मिटर नालीसहित सडकको चौडाइ १४ मिटर हुनेछ। ग्रामीण क्षेत्रमा दुई-दुई मिटर नालीसहित १६ मिटर चौडाइ हुनेछ। 

फुल डेप्थ रेक्लामेसन प्रविधिको प्रयोगबाट सडकको मर्मत तथा विस्तार गरिने छ। जुन नेपालका लागि नौलो प्रविधि हो। यो प्रविधिअन्तर्गत सडकको सबैभन्दा मुनि सिमेन्टको प्रयोग गरेर बेसलाई बलियो बनाइने छ। सिमेन्टको बेस बनाएपछि त्यसमाथि सुपरपेभ भनिने नयाँ अस्फल्ट वेअरिङ कोर्स हालिने छ, जुन परम्परागत अस्फल्टभन्दा बलियो र टिकाउ हुने दाहाल बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डुक्पा छिरिङ मोक्तान
लेखकबाट थप
अपर तामाकोशी र एमसीसी परियोजनाले थातथलो छाड्नुपर्ने चिन्ता
हिमाल आरोहण दलको नेतृत्व गर्ने मायाको अबको रहर– गाउँपालिकाको नेतृत्व
एमसीसी परियोजनामा जग्गाप्राप्ति र वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु, सडकमा नयाँ प्रविधि भित्रिँदै
सम्बन्धित सामग्री
यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । शुक्रबार, असोज २, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख रसुवा बाढीपछि १५ भदौसम्म रोकिएको कार्यक्रम सरकारले एकैपटक १ असोजमा महिनाभरीको विजेताहरू घोषणा गरेको हो । बिहीबार, असोज १, २०८३
घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार? बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वान शुक्रबार, असोज २, २०८३
त्रिभुवन राजपथ र कान्ति राजमार्ग दुईतर्फी सञ्चालनमा शुक्रबार, असोज २, २०८३
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ शुक्रबार, असोज २, २०८३
विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौं : सिंह शुक्रबार, असोज २, २०८३
संसद्मा प्रतिपक्षको भूमिकाबारे प्रभावित हुँदै मन्त्री गौतमले भनिन्‌– मैले देख्न चाहेको संसद् यस्तै हो शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चेतन अयडी हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनाले पाए सफाइ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
गगनलाई खड्काको चेतावनी : अलग-अलग महाधिवेशन रोकिएनन् भने कांग्रेस विभाजन रोक्न कसैले सक्दैन बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्