काठमाडौं– लगातारको गिरावट पछि सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
अघिल्ला दिनहरुमा लगातार रुपमा घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३ हजार ११० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।