• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस विमानस्थलबाट बरामद 

नेपालीमुलका अष्ट्रेलियन नागरिकले पठाएका थिए डिभाइस
64x64
नारायण अधिकारी बुधबार, माघ १२, २०७८  १२:५१
1140x725

काठमाडौं– हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद गरेको हो। 

हङकङमा खरिद गरेर काठमाडौं भित्र्याउन लागिएको क्रिप्टोकरेन्सीको कारोबार गर्न प्रयोग गरिने ३० थान डिभाइस भन्सार कार्यालयले झण्डै डेढ महिना अघि बरामद गरेको थियो। विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद गरिएको पुष्टि गरे।

उनले नेपाल लाइभसँग भने, ‘सुरुमा हामीले केही शंका लागेर ती डिभाइस बरामद गरेका थियौं। पछि सीआईबीले अनुसन्धान गर्दा क्रिप्टोकरेन्सी कारोबार गर्नका लागि ल्याइएको पुष्टि भयो।’

अनुसन्धानका लागि सीआईबीलाई जिम्मा
झण्डै डेढ महिना अघि पेनड्राइभ जस्ता ३० थान डिभाइस भन्सार जाँच पासका क्रममा भेटिएका थिए। ती डिभाइसको बाहिरि भागमा ‘डिजिटल वालेट’ भनेर लेखिएको थियो।

‘अहिलेसम्म यस्तो डिभाइस नदेखेपछि हामीलाई पनि शंका लागेर खोलेर हेर्‍यौं। त्यसपछि बल्ल क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग हुने डिभाइस भन्ने बुझियो’, विमानस्थल भन्सारका एक अधिकृतले नेपाल लाइभसँग भने। 

सानो कार्टुनमा र्‍याप गरेर ल्याइएका ती डिभाइस खोलेर हेर्दा भित्र ब्रोसरमा क्रिप्टोकरेन्सी भन्ने लेखिएको थियो। उक्त ब्रोसरको अध्ययनबाटै ती डिभाइस क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग हुने भन्ने बुझिएको थियो। त्यसपछि बरामद भएका ३० थान डिभाइसमध्ये स्याम्पलका लागि १ थान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अध्ययन अनुसन्धानका लागि भन्सार कार्यालयले पठाएको थियो। 

अनुसन्धानको क्रममा उक्त डिभाइस क्रिप्टोकरेन्सी कारोबार गर्नका लागि काठमाडौं भित्र्याइएको खुलेको सीआईबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) धिरजप्रताप सिंहले नेपाल लाइभलाई जानकारी दिए।

‘हामीले ती डिभाइसको बारेमा अध्ययन गर्‍यौं। ती डिभाइस क्रिप्टोकरेन्सी कारोबारकै लागि प्रयोग हुने देखियो’, डीआईजी सिंहले भने, ‘ती डिभाइस कम्प्युटरमा जडान गरेपछि क्रिप्टोको कारोबार गर्न सकिन्छ भने त्यो डिभाइस जडान भएपछि क्रिप्टोको कारोबार भएको जानकारी समेत लुकाउन मिल्ने हुँदा रहेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यो डिभाइस कम्प्युटमा पेनड्राइभ जस्तै गरी घुसाएपछि कारोबार गर्न सकिने अनुसन्धानबाट खुलेको छ। 

नेपालीमुलका अष्ट्रेलियन नागरिकले पठाएका थिए डिभाइस
उक्त डिभाइस अष्ट्रेलियामा बसेका नेपालीमुलका अष्ट्रेलियन नागरिकले पठाएको खुलेको छ। स्रोतका अनुसार ती डिभाइस नेपालीमुलका अष्ट्रेलियन नागरिकले अनलाइनमार्फत हङकङमा खरिद गरेर नेपालमा पठाएका हुन्। 

स्रोतले भन्यो, ‘हामीले ती डिभाइस बरामद गरेपछि नेपालीमुलका अष्ट्रेलियन नागरिक सम्पर्कमै आएनन्। उनी पोखरेल थरका भन्नेसम्म हामीले पत्ता लगाएका छौं।’ सामान बरामद भएको सूचना पाएसँगै ती व्यक्ति सम्पर्कविहीन भएकाले उनीसँग सम्पर्क गरेर थप अनुसन्धान गर्न नसकिएको भन्सार कार्यालयले जानकारी दिएको छ। 

अनलाइनमार्फत हङकङमा क्रिप्टोकरेन्सी कारोबार डिभाइस खरिद गरेपछि कार्गोमार्फत डिभाइस नेपाल पठाइएको थियो। डिभाइस नेपाल पठाएपछि नेपालीमुलका अष्ट्रेलियन नागरिकले काठमाडौंमा रहेका उनका एक आफन्त महिलालाई फोटो पठाउँदै सामान लिन जान भनेका थिए।

त्यसपछि ती महिला उक्त डिभाइस लिन भनेर विमानस्थल भन्सार कार्यालय पुगेकी थिइन्। ‘सामान जाँचपास गर्ने बेलामा शंका लागेर हेर्दा क्रिप्टोकरेन्सी डिभाइस देखिएपछि हामीले उक्त सामान दिएनौं। पछि अनुसन्धानबाट समेत पुष्टि भएपछि सामान जफत भएको छ’, प्रमुख भन्सार प्रशासक भट्टराईले भने।  

सामान लिन आउने महिलालाई उक्त डिभाइसको बारेमा केही जानकारी नभएको र कारोबार समेत भएको नदेखिएकाले मुद्दा चलाउन नमिल्लने भन्ने सीआईबीको प्रतिवेदनसँगै मुद्दाको प्रक्रिया अघि नबढेको प्रमुख भन्सार प्रशासक भट्टराईले बताए।

नष्ट गर्ने तयारी
नेपालमा क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी भएपछि उक्त कारोबारका लागि आएको डिभाइस पनि गैरकानुनी हुने भएकाले भन्सार कार्यालयले उक्त डिभाइ नष्टको तयारी गरेको छ। राष्ट्र बैंकदेखि प्रहरीको समन्वयमा उक्त डिभाइस नष्ट गर्ने तयारीमा लागेको भन्सार कार्यालयले जानकारी दिएको छ। 

अहिले जफत गरेर शीलबन्द गरिएको र अबको केही दिनमा सरोकारवाला सबैको रोहबरमा नष्ट गर्ने भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  १२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ विमानस्थल सुरक्षा कार्यालयका अनुसार साउन १ गतेदेखि भदौ ३१ गतेसम्मको अवधिमा विदेशबाट नेपाल फर्किने यात्रुलाई प्रयोग गरी सुन भित्र्याउ... बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौलागाईंलाई बिहीबार साँझ मन्थलीबाट नियन्त्रणमा लिएको हो। उच्च पदस्थ व्यक्तिहरूको नाम प्रयोग ग... बिहीबार, असोज १, २०८३
एक अर्ब ३४ करोडभन्दा बढीको हुण्डी कारोबारमा संलग्न मुखिया पक्राउ एक अर्ब ३४ करोडभन्दा बढीको अवैध हुण्डी कारोबारमा संलग्न रहेको भन्दै उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (स... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
लाङटाङ लिरुङ किन भत्कियो ? नयाँ अध्ययनले देखायो तापक्रमदेखि २०७२ को भूकम्पसम्मको सम्बन्ध बिहीबार, असोज १, २०८३
सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पहिलो नम्बरमा रुद्रसिंह तामाङ बिहीबार, असोज १, २०८३
भारतीय समकक्षी सितारमणसँग अर्थमन्त्री वाग्लेको भेट, नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा छलफल बिहीबार, असोज १, २०८३
दुई महिनामा विमानस्थलबाट ४ करोडभन्दा बढीको सुन बरामद, ४५ जना पक्राउ बिहीबार, असोज १, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्