• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रचण्डले भनेजस्तै 'ड्याम्मै' एकता, पाए ४५ प्रतिशत हिस्सा

64x64
नेपाल लाइभ बुधबार, जेठ २, २०७५  १७:१७
1140x725

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच वैशाख ९ मै नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर पार्टी एकताको घोषणा हुने भनिएको थियो। केही सैद्धान्तिकसँगै मूल रुपमा सांगठनिक संरचनामा सहमति जुट्न नसक्दा त्यस दिन पार्टी एकताको घोषणा हुन नसकेको माओवादी नेताहरुले नै स्वीकारेका थिए। 

तर, पार्टी एकता संयोजन समितिले आयोजना गरेको त्यस दिनको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, 'अब हल्ला भएको दिन होइन, थाहा नभएको दिन ड्याम्मै पार्टी एकता हुन्छ।' उनले गत असोज १७ मा जसरी आकस्मिक रुपमै वाम गठबन्धनको घोषणा भएको थियो, त्यसैगरी एकताको घोषणा हुने संकेत गरेका थिए।

हुन पनि प्रचण्डले भनेजस्तै एमाले र माओवादी केन्द्र 'ड्याम्मै' पार्टी एकताको निष्कर्षमा पुगेका छन्। एमाले र माओवादी केन्द्रका निर्णय अनुसार बिहीबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकले दुई पार्टी एक भएको घोषणा गर्नेछ। 

बुधबार बिहानैदेखि एकतालाई निष्कर्ष दिने जिम्मा पाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा व्यस्त रहे। दुवै अध्यक्षबीच सहमति जुटेपछि दुवै पार्टीका बैठकले पार्टी एकता प्रक्रिया निष्कर्षमा पुगेको निर्णय गरे। यो अन्तिम दिनको बैठकहरु र घटनाक्रम प्रचण्डले भनेजस्तै 'थाहा नभएको दिन ड्याम्मै पार्टी एकता'कै शैलीमा थियो।

यसअघि वैशाख ९ मा पार्टी एकता घोषणा नभएपछि एकतामा दरार आएको र प्रक्रिया लम्बिएको धेरैको अनुमान थियो। त्यसमाथि सरकार सञ्चालन र निर्णय प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको भन्दै माओवादी केन्द्रभित्रै असन्तुष्टि बढ्न थालेको थियो। यसलाई पार्टी एकता पर धकेलिएको संकेतकै रुपमा धेरैले बुझेका थिए।

यसैगरी, गठबन्धन घोषणासँगै एमाले ६० र माओवादी केन्द्र ४० को हैसियतमा प्रतिनिधि र प्रदेशसभाको चुनाव लडेका थिए। तर, निर्वाचनको सबै परिणाम आइपुग्दा दुवै दलको अवस्थिति लगभग ७०/३० मा पुगेको थियो। यो प्रतिशतले पनि एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियामा केही भाँजो हाल्ने काम गरेको देखिन्थ्यो। 

एकताका लागि माओवादी अध्यक्ष प्रचण्डले ५०/५० प्रतिशतको शर्त राख्न थालेका थिए भने, एमालेका नेताहरु कुनै हालतमा ५० प्रतिशत दिनै नसकिने बताउन थालेका थिए। यसले दुई फरक राजनीतिक चरित्र बोकेर आएका पार्टीहरु सैद्धान्तिक विषयमा भन्दा संख्यात्मक विषयमा अल्झिएका छन् भन्ने देखाएको थियो। 

पार्टीको निर्देशक सिद्धान्त के हुने, चुनाव चिह्न के रहने, माओवादीले भन्दै आएको 'जनयुद्ध'लाई कसरी सम्झिने र एमालेले छोड्न नचाहेको 'जनताको बहुदलीय जनवाद'लाई कहाँ मिलाउने, महाधिवेशनसम्म कसरी जाने जस्ता विषयमा भन्दा संगठनात्मक संरचनामा हैसियत के हुने भन्नेमा दुवै दल अडिएका देखिन्थे।

Ncell 2
Ncell 2
nimb
nimb

माओवादी केन्द्रका नेताहरुले एकता सम्मानजनक, न्यायोचित र समानताका आधारमा भनेर बारम्बार दोहोर्यािइरहने वाक्यांशले पनि एकतापछिको संगठन संरचनामा कति हिस्सा लिएर बस्ने भन्ने कुरालाई नै संकेत गर्थ्यो। 

एमालेले कम दिन खोज्ने र माओवादीले बढी लिन खोज्ने दाउपेचकै सेरोफेरोमा एकता प्रक्रिया रोकिएको थियो। माओवादी अध्यक्ष प्रचण्डले ५० प्रतिशतको दाबी बार्गेनिङकै लागि गरिरहेका हुन् भन्न सकिन्थ्यो।

गत वैशाख ९ मै एक माओवादी नेताले भनेका थिए, '५० प्रतिशत भनेर ठ्याक्कै ५० नै खोजिएको होइन, तर समानता र सम्मानजनक त हुनुपर्यो् नि।' उनले एमालेका केही नेताहरुको व्यवस्थापनका लागि केन्द्रीय समितिमा केही संख्या बढी छोड्न सकिने तर एमालेका नेताहरुले भनेजस्तो ७०/३० का आधारमा कुनै पनि हालतले एकता नहुने बताएका थिए।

वैशाख ६ मा एकता कार्यदलका सदस्य समेत रहेका एमाले नेता बेदुराम भुसालले नेपाल लाइभलाई प्रतिक्रिया दिएका थिए, 'संख्याको बराबरीमा चाहिँ एकता हुँदैन। एकता हुँदा कहिले पनि बराबरी भएको थिएन। माओवादीसँग मिल्न आएका पार्टीले बराबरी हैसियत पाएका थिए र?'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संख्याको यो बार्गेनिङमा दुवै दलका नेताहरुले खुलस्त बोल्न थालेपछि एकता प्रक्रिया खल्बलिएको हो कि भन्ने आशंका बलियो बन्दै गएको थियो।

अन्ततः दुवै पार्टीको संख्यामा रहेको अडानले एउटा आकार पाएको छ। जसमा माओवादी केन्द्र आफूले चाहेको संख्या नजिक पुगेको मान्न सकिन्छ। माओवादी एकतामा ४५ प्रतिशत हिस्सा लिएर जोडिएको छ। 

नेकपा एमालेका सचिव योगेश भट्टराइका अनुसार एकतापछि बन्ने ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा एमालेले २ सय ४१ र माओवादी केन्द्रले २ सय संख्या पाउनेछन्। यस्तै, ४३ सदस्यीय स्थायी समितिमा एमालेका २५ र माओवादीका १८ सदस्य रहनेछन्। यसको प्रतिशत भने एमाले ५८ र माओवादी केन्द्र ४२ हुन आउँछ।

'प्रतिशत हामीलाई जोड्न नलगाउनोस्, ऐतिहासिक निर्णय भएको छ र हामी एक भएका छौं त्यो महत्वपूर्ण कुरा हो, 'नेता भट्टराईले नेपाल लाइभलाई भने, 'यो एकताले देशलाई अगाडि बढाउँछ र राजनीतिक ध्रुवीकरणको सुरुवात गरेको छ।' उनले आगामी महाधिवेशन पनि सहमतिकै आधारमा हुने सहमित भएको जानकारी दिए।

यता, माओवादी केन्द्रका नेता हरिबोल गजुरेल भन्छन्, 'प्रतिशतको कुरा भन्दा पनि हामीले भनेजस्तै सम्मानजनक र समानताका आधारमा एकता निष्कर्षमा पुगेको छ। उनले थपे, 'नेपाली कम्युनिस्ट आन्दोलनमा यो निर्णय ऐतिहासिक परिघटना हो। २०५२ सालमा सुरु भएको माओवादी आन्दोलन र चुनवाङ बैठकपछि शान्ति प्रक्रियामा आउने टर्निङ पोइन्टभन्दा एकताको निष्कर्ष कुनै सानो घटना होइन।'

प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १७:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्