• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

भोलि एकताको सम्भावना ९९.९ प्रतिशत : माओवादी नेता, भोलि एकता मिति तोकिन सक्छ : एमाले नेता

64x64
नेपाल लाइभ बुधबार, जेठ २, २०७५  १०:३७
1140x725

काठमाडौं– एमाले र माओवादीबीच भोलि नै पार्टी एकता हुने सम्भावना बढेको छ। यद्यपि, दुवै पार्टीका उच्च नेताहरुले भने मिति सम्बन्धमा फरकफरक प्रतिक्रिया दिइरहेका छन्।

माओवादीका नेताहरुले भोलि नै पार्टी एकता हुने र निर्वाचन आयोगमा दर्ता हुने सम्भावना रहेको प्रतिक्रिया दिइरहँदा एमाले नेताहरु भने भोलि पार्टी एकता हुने सम्भावना कम भएकाले मिति भने तोकिन सक्ने बताउँछन्। त्यसरी तोकिने मिति जेठ ६ हुन सक्ने एमालेका एक उच्च नेताले प्रतिक्रिया दिए।

भोलि नै एकता गर्ने सम्भावना भएमा पत्रकार सम्मेलन र ६ गते भएमा संयुक्त सभा गरेर पार्टी एकताबारे जानकारी दिइनेछ।

एकता प्रक्रियामा सुरुदेखि नै सक्रिय एक माओवादी नेताले भोलि पार्टी एकता हुने सम्भावना ९९.९ प्रतिशत रहेको दाबी गरे। उनका अनुसार भोलि नै दुई पटक एकता संयोजन समितिको बैठक बस्नेछ। 'भोलि नै ९९.९ प्रतिशत पार्टी एकता हुन्छ भनेर बुझ्नुस्', ती नेताले भने, 'भोलि नै ८ बजे संयोजन समितिका सदस्यहरु मदन भण्डारीलाई श्रद्धाञ्जली दिन जानेछौं। १० बजे एकता संयोजन समितिको बैठक बस्नेछ। त्यसपछि आ–आफ्नो बैठक फेरि बस्छौं। त्यसपछि संयुक्त बैठक बसेर एकता घोषणा गर्ने र निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता हुन सक्छ।'

उनले दुई पार्टीको संयुक्त भने केही पछि हुने जानकारी गराए।

पार्टी एकताको विषयमा एमालेबाट सक्रिय भूमिका निर्वाह गरेका एक एमाले नेता भने भोलि नै एकता हुने सम्भावना भए पनि त्यो निकै कम रहेको बताउँछन्। 'भोलि बस्ने एकता संयोजन समितिको बैठकबाट एकताको मिति तय हुन सक्छ', उनले भने, 'त्यो मिति जेठ ६ हुन सक्छ।'

उनले दुई पार्टीको संयुक्त सभा गरेर जेठ ६ गते पार्टी एकता घोषणा गर्ने सम्भावना रहेको बताए।

दुवै नेताले पार्टी एकताको विषयमा मिल्न बाँकी भनिएका सबै विषय मिलिसकेको बताए। यद्यपि, मिलेका भनिएको विषयबारे भने खुलाउन चाहेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

आजै बिहान एमाले र माओवादी अध्यक्षबीच करिब दुई घन्टा एक्लाएक्लै छलफल गरेका थिए। आन्दोलनहरुलाई बुझ्ने कुरामा आ-आफ्ना बुझाइ थिए। संगठनात्मक संरचना र नेताहरुको व्यवस्थापनमा केही अलमल थियो, त्यो अब टुंगो नजिक पुगिसक्यो', माओवादी नेता देवेन्द्र पौडेलले भने, 'अब एकताका लागि खासै कुरा बाँकी रहेनन्।'

बैसाख ४ गते बसेको एकता संयोजन समितिको बैठकले विवाद र आशंकाका विषय हल गर्न दुई अध्यक्षलाई जिम्मा दिएको थियो। आजको बैठक त्यही आशंका हटाउनेतिर केन्द्रित भएको बताइएको छ। विशेषगरी एकीकृत पार्टीमा आफ्नो भूमिका के हुने भन्नेबारे माओवादी अध्यक्ष प्रचण्ड अलमलमा रहेको खबरहरु सार्वजनिक भएका थिए। आजको बैठकमा ओलीले प्रचण्डलाई आश्वस्त तुल्याएको माओवादीका अर्का एक नेताले नेपाल लाइभसँग भने।

त्यसो त दुवै अध्यक्षले अचानक पार्टी एकता हुन सक्ने बताउने गरेका थिए। बैसाख ९ गते लेनिन दिवसको अवसरमा काठमाडौंमा आयोजित दुवै पार्टीको संयुक्त कार्यक्रममा प्रचण्डले 'ड्याम्मै एकता हुन सक्ने' बताएका थिए। उनले अब दायाँ-बायाँ गर्ने ठाउँ नभएको बताउँदै भनेका थिए, 'अब हल्ला भएको दिन होइन, थाहा नभएको दिन ड्याम्मै पार्टी एकता हुन्छ। हेर्दै जानुहोला- तपाईंहरूले थाहा नपाएको दिन पार्टी एकता हुन्छ।'

उस्तै अभिव्यक्ति ओलीको पनि थियो। युवा संघ नेपालको २८ औं स्थापना दिवसको अवसरमा मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि दिन दुई दिनको मिति राखेर पार्टी एकताको मिति घोषणा हुन सक्ने बताएका थिए। 'कुनै पनि बेला, हामीलाई धेरै तयारी केही गर्नु छैन। गर्ने भनेपछि गर्ने। हामी दुई वा तीन दिनको समय राखेर पार्टी एकताको मिति घोषणा गर्न सक्छौं र निकट समयमा घोषणा गर्न सक्छौं', उनले भनेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई अध्यक्षबीच फाटो बढेको भन्ने विश्लेषणलाई पनि खण्डन गरेका थिए। उनले यता र उता फर्किएका फोटो राख्ने सञ्चारमाध्यमलाई कताकता फर्किएका छन् भनेर भोलि (बिहीबार) बिहान बालुवाटार आउन आग्रह समेत गरेका थिए। साथै एमालेका नेताहरु कता फर्किएका रहेछन् भनेर बुझ्न बिहीबार बेलुका ४ बजे बालुवाटार आउन अनुरोध गरे।

ओलीले आग्रह गरेको भोलिपल्ट दुई अध्यक्षको भेटवार्ताले एकतामा रहेका आशंकाहरुलाई मेटेका छन्। 

ओलीले 'यता र उता' फर्किएको फोटो बनाउने सञ्चारमाध्यमलाई हेर्न आउन गरेको अनुरोधले आन्तरिक रुपमा दुई अध्यक्षबीच संवाद भइरहेको र त्यो सकारात्मक दिशातिर उन्मुख भएको संकेत हिजोको अभिव्यक्ति र आजको प्रगतिले दिएको छ। 

बिहीबार बिहान १० बजेका लागि एकता संयोजन समितिको बैठक बोलाइएको छ। सोही बैठकबाट पार्टी एकताको आधिकारिक मिति टुंगो लाग्न सक्ने सम्भावना छ।

आजै बोलाइएको एमाले स्थायी कमिटीमा पनि पार्टी एकताको विषयमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिएका छन्। 'बैठकले एकताको मिति नै तोक्न सक्छ', उनले भने।

एमालेले भोलि बिहानका लागि आकस्मिक रुपमा पार्टीको केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ। उसले बैठकका लागि पार्टी एकताको कार्यसूचि तय गरिएको विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्